कोरोनाको ४४ लाख डोज खोप लिन जहाज आज चीन जाने
३१ भदौ, काठमाडौं । कोरोना विरूद्धको ४४ लाख डोज खोप लिन नेपाल एयरलाइन्सको जहाज आज राति चीनको बेइजिङ जाने भएको छ।
एयरलाइन्सका महाप्रबन्धक डिमप्रकाश पौडेलले खोप लिन निगमको वाइडबडी-३३० जहाज राति ११ बजे बेइजिङ प्रस्थान गर्ने जानकारी दिए।
उनले खोप लिएर जहाज शनिबार बिहान २ बजे नेपाल आउने बताए। सरकारले चीनबाट पछिल्लो समय खरिद गरेको ६० लाख डोज भेरोसेल खोपमध्ये १६ लाख मात्र आएको थियो।
स्वास्थ्य विभाग अन्तर्गतको खोप शाखा प्रमुख डा. सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिए। जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट आनुदानमा आएको हो।
प्रमुख दाहालले अहिलेलाई चीनबाट ४४ लाख डोज खोप आउने र थप खोप पनि ल्याउन कुराकानी भइरहेको बताए।
अहिलेलाई ४४ लाख डोज आउँछ। थप खोप ल्याउनलाई कुराकानी भइरहेको छ। कसैले दिन्छौं भनेर भनिसकेको छैन। त्यसैले टुंगो नभई के भन्नु, उनले भने।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply