दश बुँदे कार्यन्वयन गर्ने कार्यदलको संयोजकको जिम्मेवारी रावललाई नै
११ असोज, काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनमा सहजिकरणको लागि उपाध्यक्ष भीम रावलको संयोजकत्वमा सात सदस्यीय कार्यदल विस्तार गरेको छ । यसअघि महासचिव ईश्वर पोखरेलको नेतृत्वमा रहेको समितिलाई विस्तार गरिएको हो । सोमबार बसेको स्थायी कमिटी बैठकले रावलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।
विशेष गरि १० बुँदे कार्यन्वयन नभएकोमा भीम रावलकै अशन्तुष्टी रहेकाले उनकै संयोजकत्वमा शक्तिसाली कार्यदल बनाइएको हो । कार्यदलमा महासचिव पोखरेल, उपमहासचिव बिष्णु पौडेल, घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, शंकर पोखरेल र लेखराज भट्ट छन् ।
एमाले स्रोतका अनुसार कार्यदलमा शंकर पोखरेल नभएसम्म समाधान नहुने सबै नेताको आशय बुझेपछि पोखरेललाई थपिएको हो ।
सुदूरपश्चिम प्रदेश लगायतका विषयमा छलफल गरेर टुंग्याउन पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिएको भट्टराईले बताए ।
१० बुँदे कार्यन्वनबारे पनि व्यापक छलफल गर्यौं, उनले भने पार्टी अध्यक्षले सकरात्मक ढंगले कार्यन्वयन गर्ने आश्वसान दिनु भएको छ। सबैलाई समेट्ने सकरात्मक जवाफ दिनु भएको छ।
माओवादीबाट आएकाहरुको पनि उचित व्यवस्थापन गर्ने र १० बुँदेलाई रचनात्मक ढंगले कार्यान्वयन सहमति भएको भट्टराईले जानकारी दिए। हिजो सकिएको केन्द्रीय समिति बैठकमा रावलले १० बुँदे कार्यान्वयन नभएको भन्दै असन्तुष्टि जनाएका थिए।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply