माधव नेपाललाइ पाटिमा लिन सकिदैन अरू पार्टीमा फर्किए हुन्छ : ओली

७ कात्तिक, झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा गएका नेता कार्यकर्तालाई एमालेमा फर्किएर काम गर्न आग्रह गरेका छन् ।
आज झापामा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले नेता नेपाललाई भने एमालेले नलिने बताए । माधव नेपाल बाहेक अरू पार्टीमा फर्किए हुन्छ । माधव नेपाल जस्ता अपराधी तत्वलाई फेरि नेकपा एमालेले लिंदैन । यो पार्टी भनेको देश बनाउन हिंडेका साथीहरूको पार्टी हो, ओलीले भने, माधव नेपाल जस्ता देशी विदेशी तत्वहरुको सेवामा उनीहरूसँग साँठगाँठ गरेर, कम्युनिस्ट आन्दोलनलाई समाप्त पार्नेहरूका लागि यो पार्टीले लिँदैन । उनले अझै पनि नेता नेपालसँग ‘के पछि लागेको’ भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन बनाउँदैमा अस्थिर र विध्वंशकारी तत्वलाई जनताले निर्वाचनमा भोट नदिने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले अध्यक्ष ओलीले गठबन्धन दलको असली नियत जनताले देखिसकेको बताएका हुन् ।
कांग्रेस नेतृत्वको गठबन्धन सरकार साढे तीन महिना नपुग्दै ढलपल गरिरहेको बताउँदै एमाले अध्यक्ष ओलीले भने, एमाले नेतृत्वको सरकारलाई चौतर्फी घेराबन्दीमा पारेर पनि हटाउन तीन वर्ष लागेको सबैलाई थाहा छ । आफै भन्नुस् यो सरकार कति कमजोर छ । अध्यक्ष ओलीले राजदूत फिर्ता गरेर प्रधानमन्त्री विदेश भ्रमणमा जानु लज्जास्पद भएको टिप्पणी गरे ।
सम्बन्धित समाचार
-
सुक्खाबन्दरगाहद्वारा तीन महिनामा १२ अर्ब ७५ करोड राजस्व सङ्कलन
-
जीर्णोद्वारपछि चिटिक्क गलकोट दरबार, बढ्न थाले पर्यटक
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
एमालेले पारित गर्यो वार्षिक कार्ययोजना
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- माओवादीको चेतावनीपछि सभामुखले बोलाए दलका प्रमुख सचेतकलाई छलफलमा
-
रनबहादुर विकको ३२ वर्षे ‘भेडीगोठ यात्रा’
-
निगुरो टिपेर लाखौं कमाई
-
संविधान दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
मोदीलाई परराष्ट्रमन्त्री राणाले दिइन् प्रधानमन्त्री ओली पठाएको नेपाल भ्रमणको निम्तो
Leave a Reply