दस्तावेज बनाउने काइदा !
काठमाडौं । आफूले पाएको दस्तावेज लेखनको जिम्मा अर्कैलाई दिने, अनि त्यही अर्कैले लेखेर ल्याइदिएको दस्तावेजलाई मस्यौदा कमिटीमा छलफलै नगराई पास गराउने प्रयास एमालेमा असफल भएको छ । सोमबारको स्थायी समिति बैठकमा महासचिव ईश्वर पोखरेलले मस्यौदा कमिटीमा छलफल गर्नु पर्दैन भन्नासाथ उपाध्यक्ष वामदेव गौतम जंगिए– ‘किन पर्दैन ? त्यसो हो भने मेरो अलग्गै प्रतिवेदन जान्छ ।’
दुई घन्टाअघि मात्र सूचना गरेर हतार–हतार बैठक डाकिनुको कारण चाहिँ हडबडमै मस्यौदा पारित भयो भनेर सिधै केन्द्रीय कमिटीको बैठकमा लैजाने, त्यहाँ हुलमुलमा छलफल हुँदैन भनेर अब सिधै महाधिवेशनमा छलफल गरौंला भन्ने गरी सैद्धान्तिक बहसलाई तुहाउने योजना रहेछ । तर, अरू कुरामा जे भन्यो, त्यही हुन्छ भन्दै आएका अध्यक्ष झलनाथ खनालले बैठकमा चर्केर भने– ‘हुँदैन, मैले भनेपछि हुँदैन । तपाईंले जे भन्यो, त्यही मात्र हुन्छ ?’ त्यसपछि खनालले आजै रातिसम्म भए पनि यहीँ छलफल गरौं भनेका थिए । तर, गौतमले ‘कहाँ हुन्छ, मेरो कार्यक्रम छ, अहिले भ्याइँदैन’ भने पनि उनले आफैं भोलिसम्ममा सम्पादन गरिसक्ने र मस्यौदा कमिटीमा छलफल भएपछि मात्रै केन्द्रीय कमिटीको बैठकमा लैजाने प्रस्ताव गरी बैठकमा बिट मारेका थिए ।
बैठकमा उपाध्यक्ष गौतमले नेपाली समाज पुँजीवादी भइसकेको भन्दै अर्धसामन्ती अवस्थामै रहेको भनेर आएको विश्लेषण आफूलाई मान्य नहुने बताएका थिए । उच्च स्वरका धनी गौतमले भने– ‘कुरा यही हो । यसमा सहमति हुँदैन भने म अलग्गै प्रतिवेदन लिएर महाधिवेशनमा जान्छु ।’
गौतम बैठकमा सधैंझैं एक घन्टा ढिलो पुगेका थिए । बैठक चल्दै गर्दा कताबाट हो, फोन आएर निकैबेर बाहिर गएर व्यस्त भएका उनी बीच–बीचमा आउने जाने गरिरहेका थिए । अध्यक्ष खनालले बैठक टुंग्याउन लागेपछि वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष गौतम कार्यक्रममा जानु छ भन्दै बाहिरिएका थिए । दुवै जना बाहिरिएपछि भित्र छिरेका ओलीले कहाँ बैठक सक्न मिल्छ, संसदीय दलको विधान पारित गर्नुपर्छ भनेर आफू अनुकूल हुने गरी विधान पारित भएको घोषणा गर्न लगाएका थिए ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply