एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
२० साउन, ललितपुर । नेकपा (एमाले) का उपाध्यक्ष बिष्णु पौडेलले एमाले बाहेक एक्लै चुनाव लड्ने शक्ति कुनै पनि पार्टीसँग नरहेको बताउनुभएको छ । नेकपा (एमाले) ललितपुरले आयोजना गरेको प्रशिक्षण भेलामा उपाध्यक्ष पौडेलले उक्त कुरा बताउनुभएको हो ।
उपाध्यक्ष पौडेलले गत स्थानीय तहको चुनावमा कांगे्रस पनि एक्ले चुनाव लड्न नसकेको बताउनुभयो । पौडेलले भन्नुभयो, “गत स्थानीय तहको चुनावमा कांग्रेसले चुनाव लड्न सकेन, माओवादीले चुनाव लड्न सकेन, माधव नेपालको झुण्डले चुनाव लड्न सकेन, जसपाले चुनाव लड्न सकेन, चुनाव लड्ने एकमात्र पार्टी भनेको एमाले हो । ”
नेकपा (एमाले) आर्थिक, सामाजिक, राजनीतिक रुपान्तरणको संवाहक भएको भन्दै उहाँले उत्पादक शक्तिको हित गर्ने, मजदुर किसान, निम्न पुँजीपति वर्ग र राष्ट्रिय पुँजीपति वर्गको हित एमालेले मात्रै गर्ने वताउनुभयो । नेपालीहरू नेपालमा अल्पमतमा पर्ने गरी काँग्रेस नेतृत्वको सरकारले वैवाहिक अंगीकृत नागरिकताको व्यवस्था गरेर आत्मसमर्पण गरेको उहाँको भनाई थियो ।
“यो गठबन्धन सरकारले आज विवाह गर्ने, भोलि बिहे दर्ता गर्ने, पर्सि नागरिकता प्राप्त गर्ने, निकपर्सी चुनावमा उठ्ने र एक महिनाको चुनाव प्रचारपछि अर्को महिना मन्त्री हुने अर्थात् विवाह गरेर आएको तीन महिनामा संघीय सरकारको मन्त्री समेत हुनेगरी ढोका खोलिदिएको छ”, पौडेलले भन्नुभयो ।
कार्यक्रममा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश इञ्चार्ज काशिनाथ अधिकारी, पोलिटब्यूरो सदस्य तथा ललितपुर ईञ्चार्ज सुशीला नेपाल, केन्द्रीय सदस्य तथा ललितपुर सह इञ्चार्ज हरिकृष्ण व्यञ्जनकार, केन्द्रीय सदस्य बाबुराम थापा, एमाले बाग्मती प्रदेश अध्यक्ष केशव पाण्डे, संघीय सांसद नवराज सिलवाल लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply