मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले लिए शपथ

११ माघ, जनकपुरधाम । मधेश प्रदेशमा माओवादी केन्द्रका दुई सांसदले आज (बुधबार) पद तथा गोपनियताको शपथ खाएका छन् । माओवादी केन्द्रका समानुपातिक तर्फका सांसद रजि हैदर र रुवी कर्णले बुधबार शपथ ग्रहण गरेका हुन् । उनीहरु दुबै जनालाई सभामुख रामचन्द्र मण्डलले शपथ खुवाएका छन् । गत पुस १५ गते मधेस प्रदेशमा सहभागी १० दलका १०५ सांसदले शपथ लिएका थिए ।
सांसद हैदर र कर्णले प्रदेशसभा सचिवालयमा शपथ लिएका हुन् । उनीहरुले शपथ ग्रहण गरेसँगै यस प्रदेशमा माओवादी केन्द्रको सांसद संख्या ९ पुगेको छ । महोत्तरीबाट निर्वाचित भएको हैदर र सप्तरीबाट निर्वाचित भएको कर्णको निर्वाचित भएको घोषणा लगायतका बाँकी निर्णय र कामकारवाही कार्यान्वयन नगरी यथास्थितीमा राख्न सर्वोच्च अदालतले गरेको आदेशका कारण शपथ ग्रहणबाट बञ्चित भएका थिए ।
उनीहरुलाई शपथ ग्रहण नगराउन सर्वोच्च अदालतले गत मंसिर २९ गते अन्तरीम आदेश दिएको थियो । पार्टीकै अन्य सदस्यले समानुपातिक तर्फको क्रम संख्यामा भएको विवादका कारण परेको उजुरी उपर कारवाही गर्दै सर्वोच्चले यस्तो आदेश गरेको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
दिल्लीमा देउवाको दौडधुप
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
Leave a Reply