परराष्ट्रमन्त्री आज जेनेभा जाँदै
१४ फागुन, काठमाडौं ।परराष्ट्रमन्त्री डा. विमला राई पौडेल संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषदको बैठकमा भाग लिन आइतवारै जेनेभा जाने भएकी छन्।
परराष्ट्र मन्त्रालयले आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गरी मन्त्री पौडेल त्यसतर्फ प्रस्थान गर्न लागेको जानकारी दिएको हो।
बैठकमा नेपालले मानव अधिकारको क्षेत्रमा हासिल गरेको उपलब्धिहरुको बारेमा सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री पौडेलले बताइन्।
नेपाल उक्त परिषदको सदस्य राष्ट्र हो। सदस्य राष्ट्रको हैसियतले यस क्षेत्रमा आफ्ना प्रगतिबारे अन्तराष्ट्रिय समूदायलाई जानकारी गराउने कार्यक्रम छ।
त्यसैगरी बहुपक्षीय तथा द्विपक्षीय छलफलको माध्यम अन्य मुलुकसँगको सम्बन्धलाई अझै बलियो बनाउने अवसरमा रुपमा पनि बैठकलाई उपयोग गरिने मन्त्री पौडेलले बताइन्।
हाम्रो उपस्थिति अत्यन्तै महत्वपूर्ण हुनेछ। हामीले यस क्षेत्रमा राम्रो काम पनि गरेका छौं । हामीले राम्रो तयारी गरेका छौँ। विशेष गरेर मानव अधिकारको क्षेत्रमा नेपाललाई राम्रै मानिन्छ। मानव अधिकारको क्षेत्रमा राम्रो प्रगति गरेको देशभित्रै पर्छौँ हामी’, उनले भनिन्, ‘त्यो कामलाई हामीले विश्वसामु चिनाउनुपर्ने हुन्छ त्यसका निम्ति पनि हाम्रो उपस्थिति जरुरी छ । त्यहाँ द्विपक्षीय र बहुपक्षीय सम्बन्ध विस्तारको विषयमा पनि छलफल हुन्छ।’
मन्त्री पौडेल त्यही बैठकमा भाग लिएर कतारको दोहामा हुने अतिकम विकसित राष्ट्रहरुको सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले बताइन्।
सम्बन्धित समाचार
-
फुटपाथमा पार्किङ: प्रहरीकै गाडीलाई कारबाही
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
सभामुख देवप्रसाद अर्याल को काफिलामाथि ट्राफिकको कडा एक्सन
-
महिला सहभागिता करिब ४० प्रतिशत, समावेशितामा ऐतिहासिक छलाङ
-
उपसभामुख चुनावमा एमाले तटस्थ बस्ने
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
सारङ्गीसँग रामबहादुर गन्धर्वको पचपन्न वर्ष
-
आईएमई लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा दिवाकर पौडेल
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
-
संसद भवन परिसरमा लघुवित्त ऋणी छिरेकोबारे छानबिन गर्न समिति गठन
Leave a Reply