दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकासको कुनै सम्भावना छैन : उपमहासचिव गुरुङ
२१ चैत, सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले दक्षिणपन्थी गठबन्धनको सरकारबाट विकाशको कुनै सम्भावना नरहेको बताएका छन् ।
मङ्गलवार सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै गुरुङले यही गठबन्धनका कारण नेपालको भूराजनीतिक र कूटनीतिक सम्बन्ध जटिल बन्दै गएको बताए ।
उनले भने, दक्षिणपन्थी गठबन्धनको सरकारबाट देश विकासको सम्भावना नरहेको र नेपालको भूराजनीतिक कूटनैतिक सम्बन्ध अवस्था अझै जटिल बन्दै गइरहेको छ । सरकारले आर्थिक, सामाजिक, कूटनैतिक क्षेत्रमा हामी सबै जुट्नु पर्ने र मुलुकलाई सही दिशामा लाग्नु पर्ने आजको आवश्यकता रहेको छ ।
सरकारले आफ्नो हनिमुन पिरियड मन्त्रिमण्डल समेत बिस्तार गर्न नसकेको भन्दै आलोचना गरे ।
उनले कर्णाली सरकारलाई विश्वासको मत दिनु विशेष परिस्थिति भएको बताएका छन् ।
राजनीतिमा वस्तुगत परिस्थिति र सन्तुलनमा हुने भन्दै उनले प्रदेश संसदीय दल र प्रदेश कमिटीले गरेको निर्णय विशेष परिस्थितिको विषय भएको बताएका हुन् ।
एक फरक प्रसङ्गमा उनले एमाले नेता भीम रावलसँग संवाद भइरहेको बताए ।
ग्रासरुट अभियान, स्थानीय, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा उनले गरेको असहयोगका बारेमा छानबिन पनि भइरहेका उनले बताए ।
सम्बन्धित समाचार
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
नेपाल–भारत सीमामा नयाँ भन्सार नियम लागू नहुने, सर्वोच्चको आदेश
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
Leave a Reply