ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बितेका २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने १ हजार ६८७ जना चालकलाई कारबाही गरेको जनाएको छ।
कार्यालयका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख ३१ हजार ५०६ राजस्व दाखिला भएको छ। ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा विशेष निगरानी तथा चेकजाँच अभियान सञ्चालन गरेको जनाएको छ।
कारबाहीमा परेकामध्ये मादक पदार्थ सेवन गरेर सवारी चलाउने ८५ जना रहेका छन् भने नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १६३ जनालाई पनि कारबाही गरिएको छ। त्यसैगरी ट्राफिक सङ्केत बत्ती उल्लङ्घन गर्ने १४२ तथा तीव्र गतिमा सवारी चलाउने ११७ चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
यस्तै, ‘लेन’ अनुशासन पालना नगर्ने ६६, निषेधित क्षेत्रमा हर्न बजाउने ८६, सडक पेटीमा पार्किङ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२१ तथा अन्य विभिन्न नियम उल्लङ्घन गर्ने ८०४ जनालाई कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले सवारी चालकलाई नियम पालना गर्न आग्रह गर्दै दुर्घटना न्यूनीकरणका लागि नियमित अनुगमन र कारबाहीलाई थप कडाइ गरिने जनाएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
Leave a Reply