एमाले संकल्प यात्राको तेस्रो दिन : आज सिलगढीबाट अछामको यात्रा
१६ मंसीर, काठमाडौं । नेकपा एमालेको समृद्धि संकल्प यात्राको तेस्रो दिन आज यात्रा टोली अछामका लागि प्रस्थान गर्दैछ । हिजो डडेलधुराको अमरगढीमा आमसभा सकेर अघि बढेको टोली साँझ डोटीको सिलगढीमा बास बसेको थियो ।
आज सिलगढीबाट टोली अछामतर्फ लाग्ने छ । स्थानीबासिन्दाहरुसँग अन्तरक्रिया गर्दै टोली अघि बढ्ने छ । बिहानको खाना साँफेबगरमा खाएर साँझको बास अछामको मंगलसेनमा हुनेछ । दिउसो मंगलसेनमा आमसभाको तयारी रहेको छ । टोलीले आज १०५ किलोमिटर यात्रा गर्ने छ । हिजो ७० किलोमिटर यात्रा गरेको थियो ।
मध्यपहाडको विकास र समद्धिका लागि एमालेले मध्यपहाडी राजमार्गका २६ वटा जिल्लामा झुलाघाट –चिवाभञ्ज्याङ समृद्धिका संकल्प यात्रा गरेको हो । मंसिर ६ गतेको केन्द्रिीय कमिटीले यस सम्बन्धी सम्पूर्ण कार्ययोजना पास गरेको थियो ।
यही यात्रा मार्फत एमालेले मध्यपहाडमा आफ्नो बर्चश्वलाई थप बलियो बनाउने नीति लिएको छ । जसका लागि यस क्षेत्रमा भइरहेको तिव्र बाह्य बसाँइसराइ,पूर्वाधारको समस्या,कृषी र पर्यटनको प्रर्वद्धन र पहाडलाई विकासका नमुना कसरी बनाउने भनेर बहस गरिने जनाएको छ । मंसिर १४ गतेबाट सुरु भएको यो यात्रा मंसिर २ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर सकिनेछ ।
सम्बन्धित समाचार
-
पर्यटन मन्त्रालयद्वारा नेपाल वायुसेवा निगममा नयाँ नियुक्ति
-
विश्वभर अन्तर्राष्ट्रिय परिवार दिवस : परिवारमैत्री नीतिमा जोड
-
निर्माण व्यवसायी संघको चेतावनी : लागत समायोजन नभए विकास आयोजना ठप्प हुने
-
नेपाली कांग्रेसको निर्देशन : २१ जेठभित्र क्रियाशील सदस्यता नवीकरण अनिवार्य
-
सरकारको ठूलो कदम : २० वर्षदेखिका सार्वजनिक पदाधिकारीको सम्पत्ति जाँच हुने
-
एसईई नतिजाले झस्कायो: चार विद्यालयबाट एक जना पनि पास भएनन्
-
रास्वपाले तोक्यो उम्मेदवारी शुल्क, सभापतिका लागि ५१ हजार
-
२२ मन्त्रालय घटाएर १७ मा सीमित गर्ने सरकारको ठूलो निर्णय
-
ट्राफिक नियम तोड्ने चालक धमाधम कारबाहीमा
-
हर्क साम्पाङको संसद बहिष्कार, ‘देशमा प्रधानमन्त्री नै छैन’
-
हाई-प्रोफाइल चोरी: चोरीका गहना किनेर गलाउने न्यूरोडका व्यवसायी पक्राउ
-
नेपालको आईटी सेवा निर्यातमा ऐतिहासिक वृद्धि, ९ महिनामै रु २१.४४ अर्ब आम्दानी
Leave a Reply