नगर विवाद मिलाउन युवाको पहल
काठमाडौं । युवा संघको काठमाडौं जिल्ला कमिटीले नवगठित नगरपालिकाहरूमा भएका विवाद समाधान गर्नका लागि पहल गरेको छ । संघले नगरपालिका सहजीकरण समितिका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारीलाई शुक्रबार ज्ञापनपत्र बुझाउँदै चारबँुदे माग राखेको छ ।
संघका जिल्ला अध्यक्ष नितेश पौडेलले ज्ञापनपत्र बुझाउँदै नगरपालिका घोषणा हुँदा त्यहाँको भौतिक पूर्वाधारको अवस्था, जनसंख्याको चाप, आर्थिक अवस्था, भौगोलिक बनावट र सबै ठाउँका जनताको पहुँचलाई ध्यान दिएर गरिनुपर्नेमा प्राविधिक पाटोको बेवास्ता गर्दै हचुवाका भरमा नगरपालिका घोषणा गर्दा विभिन्न समस्याहरू उत्पन्न भएको अवगत गराउनुभयो ।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले आफ्नो स्तरबाट समस्या समाधानमा भूमिका खेल्ने र मन्त्रिपरिषद्बाट समस्या समाधानका लागि तल्लो स्तरको निर्णयलाई पठाउने बताउनुभयो । टोलीमा संघका केन्द्रीय उपाध्यक्ष दिलुकुमारी पन्तसमेत सहभागी हुनुहुन्थ्यो ।
ज्ञापनपत्रमा नगरपालिकाहरूको बनावट र वडाहरूको विभाजन वैज्ञानिक ढंगबाट नहुँदा थप जटिलता उत्पन्न भएको, विज्ञहरूसहितको प्राविधिक टोली बनाएर त्यसले दिएको सुझावका आधारमा जनताको माग र त्यहाँको आवश्यकतामा आधारित रहेर गरिनुपर्ने भन्दै सहजीकरण समितिको तर्फबाट आवश्यक भूमिका खेल्न माग गरिएको छ । समस्या समाधान नभए बाध्य भएर आन्दोलनका थप कार्यक्रमहरू सञ्चालन गर्ने समेत जनाएको छ ।
नेपाल सरकारले काठमाडौं जिल्लालाई गाविस रहित बनाउने अभिप्रायले हालै नयाँ नगरपालिकाहरू घोषणा गरेको छ । काठमाडौं जिल्ला भित्र ९ वटा नगरपालिकाहरू थपिएका छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply