राष्ट्रसंघ प्रतिनिधिमण्डलद्घारा भेट
काठमाडौं । संयुक्त राष्ट्र संघको राजनीतिक मामिला हेर्ने एसिया–प्यासिफिक विभाग प्रमुख मारी यामासितासहितको टोलीले नेकपा (एमाले) का नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । आइतबार बेलुकी नयाँबानेश्वरस्थित होटल अर्यालमा भएको भेटवार्तामा उहाँहरूबीच नेपालमा जारी संविधान निर्माण प्रक्रिया, त्यसमा दलहरूको तर्फबाट प्रस्तुत भइरहेका विचारहरू तथा सहमतिका प्रयत्नहरूबारे छलफल भएको थियो ।
भेटमा पूर्वप्रधानमन्त्री नेपालले दलहरूबीच भइरहेका सहमति प्रयासहरू, संघीयता, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीका सन्दर्भमा विभिन्न दलहरूले राखेका धारणाहरू तथा नेकपा (एमाले)का दृष्टिकोणहरू बारेमा जानकारी गराउनुभएको थियो । राष्ट्रसंघीय टोलीका प्रमुख यामासिताले नेपालका राजनीतिक दलहरूलाई समझदारी निर्माण गरी संविधान निर्माण गर्न सफलता मिलोस् भन्ने शुभकामना दिनुभएको थियो । प्रतिनिधिमण्डल प्रमुख यामासिताले ‘बाँकी रहेको छोटो अवधिमा संविधान निर्माण गरी जारी गर्न सकिन्छ भन्ने कुरामा कत्तिको आशावादी हुनुहुन्छ ?’ भन्ने प्रश्नको जवाफमा नेता नेपालले आफूले विभिन्न चरणमा एमाओवादी अध्यक्ष प्रचण्डसँग गरेका विविध खाले बैठकले आपसी दूरी घटाउन र समझदारी निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेको र अन्तिम समयसम्म पनि समझदारी कायम हुने कुरामा आफू आशावादी रहेको कुरा उल्लेख गर्नुभयो ।
राष्ट्रसंघीय टोलीमा टोली प्रमुख मारी यामासितासहित नेपालका लागि राष्ट्र संघका आवासीय प्रतिनिधि जामी मेगोल्ड्रिक तथा नेपालका लागि राष्ट्रसंघीय राजनीतिक मामिला प्रमुख योन मेडिना भिभान्कोको सहभागिता रहेको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply