कति पर्खेर मात्र बसिरहने ?
मुलुक अहिले ऐतिहासिक कदम चाल्नुपर्ने निर्णायक बिन्दुमा खडा भएको छ । संविधान निर्माणको काम ढुंगामा अड्किएको हलो जस्तो भएको छ । संविधान निर्माणमा अर्बौं राष्ट्रिय सम्पत्ति खर्चिएको छ । संविधान निर्माण गर्न गएका माओवादी संविधान निर्माणको त कुरै छोडौं, संविधानसभा नै विघटन गरेर फर्के । दोस्रो संविधानसभाको निर्वाचनमा माओवादी नराम्रोसँग पराजित भए । जनताले संविधान निर्माणको जिम्मा एमाले र कांग्रेसलाई सुम्पे । हिमाल, पहाड, तराई –मधेसमा मिलेर बसेका नेपाली समुदायलाई जातीयताका नाममा टुक्र्याउन पाइँदैन भन्ने सन्देश नेपाली जनताले निर्वाचन मार्फत् दिएका थिए । तर, निर्वाचनमा तेस्रो शक्ति बनेको एमओवादी र बहिष्कार गर्ने माओवादीलाई जनताले नै बहिष्कार गरे । माओवादीहरू आफूमाथि आकासै खसेको महसुस गर्न थाले । उनीहरूमा प्रजातान्त्रिक मूल्य र मान्यताको कमी थियो । उनीहरूमा सर्वसत्तावादी चिन्तन कायम थियो । यस कारण पनि केही दिन उनीहरूले निर्वाचनको परिणाम स्वीकार गर्न सकेनन् । क्रमश: उनीहरू संविधान निर्माण कार्यमा सहयोगी भूमिका खेल्नुपर्नेमा आफ्नै हात बलियो पार्ने दाउ र राष्ट्रिय एकतामा खलल पार्ने बाटोमा लाग्न थाले । अहिले ४० दलीय मोर्चाका नाममा अपवित्र गठबन्धन गरी नाटक मञ्चन गरेका छन् ।
यहाँ सोच्नैपर्ने कुरा के छ भने संविधान निर्माणमा दलीय सहभागिता र सहमति नितान्त आवश्यकता हो तर त्यसको पनि एउटा सीमा र समय हुन्छ । विमतिका मत बोक्नेहरूबीच सहमति गर्न निकै कठिन हुन्छ र असम्भव पनि । तर पनि, एमाले र नेपाली कांग्रेसले हदै लचकता अपनाउने काम गरेका छन् । मिलेर जान सहमति खोजे, समय खर्चिए । तर, एमाओवादीलगायत माओवादीहरूले मुलुकको हितभन्दा ठीकविपरीत बाटो समाते । अब पर्खिने बेला टरिसक्यो । अब जनादेशलाई पालन गर्दै राष्ट्रिय हितका पक्षमा साहसी कदम चाल्ने बेला आइसकेको छ । अब पनि सहमतिका नाममा समय खर्चिनु मूर्खता हुनेछ, राष्ट्रलाई नै अभिशाप बन्नेछ । अब पनि फड्को नमार्ने हो भने राजनीतिक दलहरूप्रति जनताको विश्वास पूर्णरूपमा गुम्नेछ । राष्ट्र असफल हुनेछ । नेताहरू असफल हुनेछन् । अन्तराष्ट्रिय स्तरमा नेपालको छवि धमिलिनेछ । भोलिको नेपाल कस्तो हुने प्रश्न खडा हुनेछ । यस्तो विषम परिस्थितिमा प्रक्रियामा गएर संविधान घोषणा गर्नुपर्छ ।
अब अग्निपरीक्षाको घडी नजिक आएको छ । नेताहरूको बीचबाट राजनेता निस्कनु आवश्यक छ । दलको नेताभन्दा माथि उठेर देशको नेता बन्न आवश्यक छ । त्यसको नेतृत्व अहिले एमाले र एमाले नेता केपी ओलीले लिनुभएको छ । केही प्राप्त गर्न केही गुमाउनै पर्छ । खोला तर्नेले तिघ्रा बलिया बनाउनै पर्छ । रगतका खोला बगाउँछौं भन्ने प्रचण्डका धम्कीबाट अब डराउने होइन । रगतको खोलामा त स्वयम् माओवादीहरू बगिरहेका छन् । बाँच्नलाई गुहार मागेका मात्र हुन् । अब दायाँ–बायाँ कुनै दबाबमा नपरी नझुकी केपी ओलीलगायतका नेताहरू अघि बढून् । देशका नेता केपी ओलीलाई सहयोग र समर्थन गरौं । देश बचाउने बाटोमा लागौं ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply