ती साथी !
जीवनका उकाली–ओरालीहरूमा साथ दिने साथीहरूलाई फेरि एकपल्ट सम्झें, भर्खर गएको मित्रता दिवसको सन्दर्भमा । मित्रता दिवस पश्चिमाहरूको ‘फ्रेन्डसिप डे’ नै हो, यो आयातीत पर्व हो । र पनि, यसपालि मलाई यो दिनका बारे सोच्दा मात्र पनि मनमा सबै साथीहरू सम्झेर खुसी पस्यो । जीवनमा साथीको महत्त्वबारे अनि आङ्खनै जीवनमा साथीहरूबाट पाएको अमूल्य साथलाई एकपल्ट सररर फर्केर हेर्न मन लाग्यो । देशलाई अनि हामीले देखेको सपनालाई पनि फर्केर हेर्न मन लाग्यो । त्यतिबेलादेखिको यात्राको कुरा गर्ने हो भने हो हामीले एउटा यूग नै बोकेर अगाडि बढेका थियौं । आज देशको अवस्थालाई हेर्दा लाग्छ देश कहाँ पुग्यो ? अनि हामी कहाँ–कहाँ पुग्यौं !
यो पछिल्लो अवधिमा काठमाडौं मोडेल अस्पतालको वार्ड नं ८ मा मेरो पुरानो र घनिष्ट साथी अष्टलक्ष्मीसँग भेट भएको थियो एकैछिन । उनी हतारमा थिइन्, संविधानका सुझाव संकलन र एउटा महिला भेला र टिभिको एउटा अन्तर्वार्ता कार्यक्रमको निम्ति दौडिहाल्नुपर्ने बेला थियो । एकैछिनको भेटमा पनि हामीले देशको निम्ति भइरहेको विषयमा अलिकति कुरा गर्न सक्यौं के यसपालि त संविधान बन्छ नि !
धैरै पछि भेट हुन सकेको साथीसँग महाभूकम्पपछि फोनमा अलि लामै कुरा भएको थियो । समय सँगसँगै उकाली–ओराली त गरिरहेका छौं । सबै आ–आङ्खनै कर्ममा व्यस्त पनि छौं । सधैँभरि कोही साथी पनि सदा साथमा त हुन नसक्ने नै रहेछ ।
अहिले एक किशोरावस्थादेखिको बालसखीकै कुरा गरौं, उनी, अष्टलक्ष्मी शाक्यको पोहोर निस्केको आत्मसंस्मरण ‘मेरो पाइला मेरो अनुभवको’ अगाडिका पानाहरूमा हाम्रो मित्रताको बारेमा पनि चर्चा भइसकेको छ । त्यसैले यहाँ धेरै लेख्नु जररी ठान्दिनँ र पनि अरू साथीहरू भन्दा किन नजिक र बेग्लै भइन् त हामीले जीवन खोजिरहँदा र जीवनबारे महत्त्वपूर्ण निर्णय गर्नेबेला हामी साथ–साथ भयौं । रत्न राज्य कलेजमा सँगै, दुवैको घर झोछेंमा र कलेजको गतिविधिमा पनि सँगसँगै हुँदा यसै पनि हामी नजिक हुने नै भयौं । पछि विचारको क्षेत्रमा नजिक भयौं । हामीले सँगसँगै औपचारिक शिक्षा त्याग गर्यौं र शिक्षक तालिममा जाँदा त्यहाँ पनि सँगसँगै नै भयौं । त्यहाँको शिक्षकहरूको आँखामा समेत हामी जुम्ल्या दिदीबहिनी जस्तो लाग्ने भएर अलमलिन्थे । एउटै बाटो, एउटै विचार धारा, त्यति मात्र होइन झन्डै एउटै खालका साधारण कपडा लगाउँथ्यौं हामीले । पछि उनले भूमिगतको बाटो हिँड्नुपर्ने भएपछि भूमिगत बस्न सुरुआतका दिनहरूको बन्दोबस्तमा गाउँ जानु अगाडि मैले काम गरेको क्षेत्र बालाजुकै मजदुर साथीहरूको घरमा बन्दोबस्त भएको थियो कहिले कहाँ कहिले कहाँ । घरबाट मलाई बेला–बेलामा ज्यादै अप्ठेरोमा पारेका थिए । मैले धेरै झूट बोलेको अवस्था पनि थियो त्यो बेला । त्यति मिल्ने साथीको बारे केही थाहा छैन भनेर ढाँट्नु सजिलो थिएन । पछि उनी गाउँ पुगेपछि पनि भावना र चिठीपत्रमा नजिक भए पनि दूरीले भने त्यहीबेलादेखि हामी टाढा हुन पुग्यौं ।
जीवनको अत्यन्त संवेदनशील समयमा हामी साथ थियौं । जीवनलाई महत्त्वपूर्ण उद्देश्यको निम्ति लाग्ने प्रण गर्दा हामी सँगसँगै थियौं । अग्निपरीक्षा जस्तो अत्यन्त कठिन घडीहरूमा हामी सँगसँगै थियौं । एक आपसको त्यो महत्त्वपूर्ण न्यानो साथले गर्दा नै आज हामीले जीवनको बारेमा बोल्दा निर्धक्कसँग बोल्न सकेका छौं । जीवनप्रति गर्वान्वित हुन पनि सकेका छौं । दूरीले र अवस्थाले धेरै टाढा भइसकेका छौं र पनि जीवनबारे कुरा गर्दा न उनले बिर्सन सकिन् र न मैले नै । उनको बारेमा मैले लेखेकै कुरा पनि धेरै भइसक्यो । यो सम्पूर्ण आकाशमै पनि केही पल्ट त लेखी नै सकें । पोहोर पुस्तक हात लाग्नेबित्तिकै पुस्तककै बारेमा केही कुरा बोलिसकेकी थिएँ ।
ती साथी उहिलेदेखि अहिलेसम्म नै उत्तिकै सक्रिय छिन् । दुईपल्ट मन्त्रीकै पद सम्हालिसकेकी साथी अहिले सभासद् मात्र होइन प्रमुख ठूलो पार्टीकै एक नेत्रीको रूपमा महत्त्वपूर्ण जिम्मा बोकेर बसेकी एक भरपर्दो पात्र हुन् उनी । यसबारे पनि मैले धेरै लेख्नु पर्दैन । यस सन्दर्भमा केही मित्रहरूले उनलाई ममार्फत साथीसम्म कुरा जान्छ कि भनेर आङ्खनो काम धामको निम्ति कुरा गरेका छन् । हाम्रो पुरानो मित्रता बुझ्नेहरूबाटै यस्तो आशा हुनु अस्वाभाविक त होइन तर हामी कामको सिलसिलामा पनि एक आपसमा धेरै टाढा छौं । तथापि उनको कामप्रति सदा सम्मान गर्छु, उनको जाँगर, सक्रियताको सराहना गर्छु । जति नै टाढा भए पनि जीवनका सुरुका गतिविधिलाई त मान्छे कहाँ बिर्सिन सक्दो रहेछ † एक आपसमा साथीहरूकै साथ पाएर पनि हो हामीले एउटा युग बोक्न तयार भयौं । एउटा रमाइलो प्रसंग पनि छ मसँग । एकपल्ट एउटै बाटोमा हिँडिरहेका थियौं तर उनी चिल्लो कालो कारमा थिइन्, म पुलिसले खेड्दै गरेको ट्याम्पोमा थिएँ । उनी प्रमुख अतिथिको रूपमा पुगेकी थिइन् म साधारण सहभागीको रूपमा । कार्यक्रममा अवश्य नै उनी मञ्चमा आशिन भइन्, म पछिल्लो लाइनमा थिएँ । मन्त्री पद छोडेपछि उनी फेरि लोकल बस र कहिले हतारमा कसैको मोटर साइकलको पछाडि बसेर डौडिरहेकी हुन्छिन् ।
दुइ हप्ता अगाडि उनको ९४ वर्षका बुबा बिरामी हुँदा मोडेल अस्पतालमा भएको बेला हाम्रो फेरि भेट भयो झोला भरी संविधानका सुझावहरू बोकेर हिँडेकी साथीसँगको एकैछिनको कुराकानीमा पनि व्यक्तिगत कुराभन्दा देश र संविधानकै कुरा भयो । ‘यति काम सकेपछि बल्ल आनन्द होला’ भनी लामो सास फेरिन् साथीले । महाभूकम्पले झोछेंको माइतीघरलाई चर्काइदिएपछि बिरामी बालाई पनि आङ्खनै घरमा लिएर गएपछि अझै काम थपिएको होला, म बुझ्छु । कान्छी बहिनी सुमीले रात दिन नभनी बाको हेरविचारमा सहयोग गरिरहेकी छिन् । ती बहिनी पनि पहिल्यैदेखि धेरै नै साथ दिने मेरी पनि साथी नै हुन् ।
यो महाभूकम्प पछि राहतको निम्ति उनी सिन्धुपाल्चोक जानेबेला म पनि सँगै जाउँला भनेर कुरा गरें । साथीले कठिन भूमिगत जीवन बिताएको ठाउँ एकपल्ट मैले पनि हेर्नुपर्छ भन्ने लागेर तर जाने बेला मैले खबरै पाइनँ ।
यही मित्रता दिवसको उपलक्ष्यमा मेरो कम्युनिटीमा पनि यसपालि सबै मिलेर ठूलो केक काट्ने र सँगसँगै खाने बन्दोबस्त भइरहेका बेला मैले यी हरफहरू लेखेर ती मेरा साहसी सक्रिय इमानदार साथीलाई पुन: सम्झेर यसरी साथी दिवस मनाएँ । जीवनमा मित्रताको जति महत्त्व छ, मित्रता कायम राख्नु त्यति नै कठिन । जीवनभर एउटै सपना बोक्नेहरू पनि साथ–साथमा हिँड्न नसकिँदो रहेछ । बाँकी सबै मित्रहरू सबैमा हार्दिक नमन !
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply