उपकुलपतिमा सम्धीको लबिङ
काठमाडौं । हरेक नियुक्तिमा आफन्त र नातागोता नै खोज्ने चलन बढ्दै गइरहेका बेला विश्वविद्यालय पनि त्यसबाट अछुतो रहने कुरा भएन । उपकुलपतिमा आफन्त नियुक्ति गराउनका लागि केही व्यक्तिहरू कम्मर कसेर लागेपछि विश्वविद्यालय थप धराशायी हुनबाट कसैले रोक्न नसक्ने भन्दै प्राध्यापकहरू चिन्तित छन् ।
विद्यालय तथा कलेज क्षेत्रमा एकाधिकार जमाउन तल्लीन भनेर चिनिने उच्च माध्यमिक विद्यालय संघ (हिसान)का अध्यक्ष उमेश श्रेष्ठ र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का पूर्वअध्यक्ष डा.बाबुराम पोखरेलको आँखा विश्वविद्यालयतिर सोझिन थालेको छ ।
करौडौं रुपियाँ खर्च गरेर सभासद् भएका यी दुई माननीय अहिले आफूअनुकुलका मान्छेलाई पदाधिकारी बनाउन शक्ति केन्द्रमा धाइरहेका छन् । स्रोतका अनुुसार, उनीहरू दुवै जना अहिले डा. तीर्थ खनियाँलाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति बनाउन सक्रिय बनेका छन् ।पोखरेल र श्रेष्ठले खनियाँलाई जसरी पनि उपकुलपति बनाउने र त्यसका लागि आवश्यक सबै काम गर्ने गरी अभियान सञ्चालन गरिरहेका छन् । स्रोतका अनुसार, यी दुईले प्रधानमन्त्री सुशील कोइरालाका विश्वासपात्र दिलेन्द्र बडुलाई साथमा लिएर लबिङ तीव्र बनाएका छन् ।
संविधानमा समेत जो कोहीले निजी विद्यालय खोल्न पाउने व्यवस्था गर्न थालेका यी दुईले विद्यालय तथा कलेज कब्जा गरेपछि अहिले विश्वविद्यालय कब्जा गर्ने तरखरमा रहेको आशंका गरिएको छ । पोखरेलका सम्धीसमेत रहेका खनियाँलाई उपकुलपति बनाउन सकेमा मेडिकल र इन्जिनियरिङ क्षेत्रमा कब्जा जमाउन सकिने योजनाका साथ उनीहरू अघि बढेको स्रोतले बतायो ।पोखरेले पार्टीको सदस्यता नै नलिएर रकमकै भरमा मधेसी जनअधिकारी फोरम (लोकतान्त्रिक) र श्रेष्ठले कांग्रेसलाई रकम बुझाएर २६ जनाको कोटाबाट सभासद् भएका हुन् ।सातमध्ये जेठो विश्वविद्यालय त्रिविमा खनियाँसँगै वर्तमान रेक्टर गुणनिधि न्यौपाने, प्राध्यापक संघका अध्यक्ष बासुदेव घिमिरे, प्रधामन्त्रीका सल्लाहकार वसन्त गौतमलगायत त्रिविमा उपकुलपतिको दौडमा छन् ।
प्रधानमन्त्रीले २७ गतेसम्म ७ वटै विश्वविद्यालयका कुलपति सिफारिस गर्न भने पनि कांग्रेस र एमालेबीच सहमति नहुँदा अझै सिफारिस हुन सकेको छैन । कांग्रेसले प्रधानमन्त्री र शिक्षामन्त्री दुवै आफ्नो पार्टीको भएकाले सात वटै विश्वविद्यालयमा एकलौटी नियुक्ति गर्न खाजेको छ भने एमालेले समान हैसियतको सत्ता साझेदार भएकाले बराबरी हिस्सेदारी हुनुपर्ने अडान राखेको छ । त्रिभुवन विश्वविद्यालय र नेपाल संस्कृत पुराना विश्वविद्यालय एउटै दलले राख्न नहुने र सबैभन्दा ठूलो विश्वविद्यालय त्रिवि लिनेले अर्को एउटामा चित्त बुझाउनुपर्ने एमालेको तर्क छ । त्यस्तै, संस्कृत विश्वविद्यालय लिनेले अन्य नयाँ ३ लिन पाउनुपर्ने तर्क उसले राखेको छ ।
विगतमा कांग्रेस प्रतिपक्षमा हुँदासमेत एमालेले सदासयतापूर्वक दुई विश्वविद्यालयमा उपकुलपति दिएकोमा अहिले त बराबरी हैसियतको भन्दै समान आधारमा भागबन्डा गर्नुपर्ने एमालको तर्क छ । यता, कांग्रेस र एमालेले एकलौटी गर्न खोजेको भन्दै एमाओवादी र फोरम लोकतान्त्रिकले एक–एक पद आफूले पाउनुपर्ने माग राखेका छन् । स्रोतका अनुसार, एमालेले पुन: त्रिभुवन विश्वविद्यालय पाएमा प्रा.डा. उपेन्द्र कोइरालालाई उपकुलपति बनाउने तय छ । तर, त्रिविको उपकुलपतिबाहेकका अरू कुनै पद आफूले स्वीकार नगर्ने उनले नै स्पष्ट पारेका कारण अरू प्राध्यापकहरू आ–आफ्नो दौडमा छन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply