काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा पहिचान बोकेको खुला स्थान खुलामञ्च पुनः सर्वसाधारणका लागि औपचारिक रूपमा खुला गरिएको छ। मर्मत–सम्भार तथा हरियाली प्रवर्द्धनसम्बन्धी काम सम्पन्न भएपछि उक्त क्षेत्रलाई पुनः सार्वजनिक उपयोगका लागि सञ्चालनमा ल्याइएको हो।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल ले बिहीबार बिहान एक कार्यक्रमबीच खुलामञ्च उद्घाटन गर्दै यसलाई पुनः समुदाय केन्द्रका रूपमा सञ्चालनमा ल्याइएको जानकारी दिइन्।
महानगरपालिकाले मैदानमा घाँस रोप्ने, संरचनागत व्यवस्थापन गर्ने तथा वातावरणीय सौन्दर्य बढाउने काम सम्पन्न गरेपछि खुलामञ्चलाई नयाँ स्वरूपमा प्रस्तुत गरिएको हो। पुनः सञ्चालनसँगै यो स्थान अब नागरिकहरूको स्वास्थ्य तथा मानसिक सन्तुलनलाई ध्यानमा राख्दै योग, ध्यान, साउन्ड हिलिङजस्ता गतिविधिका लागि उपयोग गरिनेछ।
शहरको केन्द्रभागमा अवस्थित खुलामञ्चलाई स्वच्छ, हराभरा र शान्त वातावरणसहित पुनर्जीवन दिइएको भन्दै महानगरले यसलाई सार्वजनिक उपयोगको खुला स्थलका रूपमा दीर्घकालीन रूपमा संरक्षण गर्ने प्रतिबद्धता जनाएको छ।
खुलामञ्च पुनः खुला भएसँगै राजधानीवासीले आराम, व्यायाम र सामुदायिक गतिविधिका लागि सहज तथा सुरक्षित खुला स्थान पाउने अपेक्षा गरिएको छ।
सम्बन्धित समाचार
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
खानेपानीमा कर लगाउने सरकारी निर्णयविरुद्ध प्रदर्शन
-
जलवायु र खाद्य सुरक्षामा महिलाको भूमिका केन्द्रित विश्व सम्मेलन काठमाडौंमा
-
प्रधानमन्त्री बालेनले बोलाए विशेष मन्त्रिपरिषद् बैठक
-
देशभर लागूऔषध तस्करीविरुद्ध प्रहरीको निगरानी कडा
-
गर्मीसँगै नेपालमा विद्युत् खपत नयाँ रेकर्डमा, निजी क्षेत्र बने मुख्य आधार
-
ऊर्जामन्त्रीको पहलमा ‘११५१’ हटलाइन अब सक्रिय समस्या समाधान केन्द्र
Leave a Reply