आइक्यानमा भ्रष्टाचार !
काठमाडौं । नेपाली लेखा व्यवसायीहरूलाई नियमन गर्ने निकाय नेपाल चार्टर्ड एकाउन्टेन्टस संस्था (आइक्यान) मा सार्वजनिक खरिद ऐनविपरीत काम भएको पाइएको छ । विद्यार्थीलाई दिइने सूचना प्रविधिको तालिमसम्बन्धी कामलाई लिएर सार्वजनिक खरिद ऐनविपरीत काम भएको सरोकारवालाको आरोप छ ।
प्रक्रिया र नियमविपरीत काम तालिम सञ्चालन गर्ने संस्था छनोट भएपछि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) मा भ्रष्टाचार भएको शंका गरिएको छ । त्यति मात्र होइन, संस्थाका अध्यक्ष प्रकाश लम्सालको कामप्रति रुष्ट केही कर्मचारीहरूले यस विषयलाई लिएर अख्तियारको ढोका ढकढकाउने तयारीसमेत गरिरहेको बताइएको छ ।
आइक्यानले केही समयअगाडि सूचना प्रविधि तालिम सञ्चालन गर्न भन्दै विभिन्न संस्थाबाट सिलबन्दी दरखास्त आह्वान गरेको थियो । उक्त संस्थामा चार्टड एकाउन्टेन्सी (सीए) अध्ययन गर्ने विद्यार्थीहरूले सूचना प्रविधि तालिम लिनुपर्ने व्यवस्था छ । आइक्यानले गरेको सोही आह्वानबमोजिम विभिन्न संस्थाहरूले उक्त तालिम सञ्चालन सिलबन्दी दरखास्त आवेदन दिएकोमा काठमाडौं नयाँ बानेश्वरस्थित प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले सबैभन्दा कम दरभाउ आइक्यानमा पेस गरेको बताइन्छ ।
सोही दरभाउबमोजिम प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई नै उक्त कामको जिम्मा दिएको भन्दै गत फागुन २३ गतेदेखि तालिम सञ्चालन गर्न तयार रहन संस्थाबाट मौखिक जानकारीसमेत आइसकेको प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनको दाबी छ ।
तर, रातारात उक्त निर्णयलाई परिवर्तन गरेर आइक्यानले आफ्ना विद्यार्थीहरूलाई सूचना प्रविधिको तालिम लिन कम्प्युटर पोइन्ट नेपाल (सीपीएन) नामक संस्थामा पठाएको छ । उक्त काम सार्वजनिक खरिद ऐनविपरीत भएको सरोकारवालाहरूको गुनासो छ । आइक्यानका एक कर्मचारी भन्छन्, ‘प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनलाई काम दिने पक्कापक्की भइसकेको थियो । आइटी विभागवाट पनि प्राइमलाई नै काम दिने सिफारिस भएको थियो । तर, कार्यकारी समितिमा उक्त सिफारिसको फाइल पुगेपछि निर्णय एकाएक उल्टिएको थियो ।’
आइक्यान अध्यक्ष लम्सालले सीए कोर्स पढाउने कोचिङ सेन्टरसँग निकट भएकाले नियोजित रूपमै प्राइमलाई उक्त काम नदिने चालबाजी रहेको आरोप छ । यही विषयलाई लिएर आइक्यानका अध्यक्षसँग रुष्ट भएका केही कर्मचारी आइक्यानविरुद्ध अख्तियारमा उजुरी दिने तयारीसमेत गरिरहेका छन् । स्रोतका अनुसार आइक्यान संस्थाभित्र यही कुरालाई लिएर मोटो रकमको चलखेलसमेत भएको छ । यता, प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनका अध्यक्ष नवराज बुर्लाकोटीले यसबारे आफूहरूले पनि आइक्यानमा सोधखोज गरिरहेको बताएका छन् ।’
तर, अध्यक्ष लम्सालले भने कसैलाई टेन्डर दिइनसकेको र हाल प्रक्रिया रोकिएको स्पष्ट गरे । बुधबारसँग उनले ठूलो विषय नभए पनि केही व्यक्तिहरूले निकै ठूलो विषय बनाएर आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताए । यही चैत २३ गते तालिम सञ्चालन गर्न तयारी गर्नू भन्ने जानकारी दिएको तर अन्तिम समयमा विद्यार्थी अन्तै पठाइएको भन्दै प्राइम मल्टिपल एजुकेसन फाउन्डेसनले गुनासो गरेको छ । नियमअनुसार आफूले पाउने काम अरूलाई दिनुमा आर्थिक चलखेल भएको उनीहरूको आशंका छ । आइक्यानमा नियमविपरीत काम गरेको भन्दै अख्तियारमा उजुरी परेपछि अध्यक्ष लम्साल तनावमा रहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
-
पूर्व डीआइजी रमेश खरेलविरुद्ध अख्तियारमा मुद्दा दायर
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
समय आउँछ, मदन–आश्रितको हत्यारा पत्ता लाग्छ : अध्यक्ष ओली
-
३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)
-
बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
-
बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
-
राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
Leave a Reply