ओली ठूला कि अजितमान ?
काठमाडौं । आखिर अटेर गर्नेप्रति कसको के लाग्छ र ? लुम्बिनी विकास कोषका सदस्य सचिव अजितमान तामाङले अरू त अरू देशकै प्रधानमन्त्रीको अध्यक्षतामा सम्पन्न एउटा बैठकमा अनुपस्थिति जनाएर आफ्नो अटेरीपन देखाइछाडेका छन् ।
प्रसंग हो, गत सोमबार प्रधानमन्त्री निवास बालुवाटारको एक बैठकको । त्यस दिन नजिकिँदै आएको बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मूल समारोह समितिको बैठक बसेको थियो । सोही बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जयन्ती र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन मनाउन सिंगो देश नै उत्साहित भइरहेको बताए पनि कोषका सदस्य सचिव तामाङ भने बैठकमा अनुपस्थित रहे । अहिले लुम्बिनीमै रहेका तामाङ र योजना प्रमुख इमानसिंह मोक्तानलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने बैठकमा उपस्थित हुन आमन्त्रण गरिएको थियो । तर, सदस्य सचिव तामाङ र मोक्तानले उक्त बैठकलाई महत्त्व नै दिएनन् ।
सदस्य सचिव तामाङ प्रधानमन्त्रीको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकमा अनुपस्थित रहनुको कारण भने मन्त्री आनन्दप्रसाद पोखरेलप्रतिको असन्तुष्टि रहेको बताइन्छ । कोषका पदाधिकारीहरूलाई बेवास्ता गरेर मन्त्री पोखरेलले बच्चुनारायण श्रेष्ठलाई मूल समारोह समितिको सदस्य सचिवमा नियुक्त गरेपछि तामाङलगायत कोषका पदाधिकारीहरू सन्तुष्ट छैनन् । यही विषयलाई लिएर मन्त्री र कोषका पदाधिकारीहरूबीच बेलाबखत तीता प्रसंगहरू चल्ने गरेको बताइन्छ ।
आफू प्रधानमन्त्री सम्मिलित बैठकमा जानु आवश्यक नरहेको आशय झल्काउँदै उनले लुम्बिनीमा कोषका कर्मचारीहरूसमक्ष भने मलाई पनि बोलाएको थियो । तर, प्लेनको टिकट पनि पाइएन र जान पनि त्यति मन थिएन । उक्त बैठकमा सदस्य सचिव तामाङ र योजना प्रमुख मोक्तान अनुपस्थित रहे पनि काठमाडौंमै डेराडन्डा जमाएर बसेका उपाध्यक्ष भिक्षु निग्रोधले भने सो बैठकमा सहभागिता जनाएका थिए ।
मन्त्री पोखरेलले पनि कोषका पदाधिकारीहरूलाई नियमसम्मत ढंगले काममा लगाउन नसक्दा मन्त्री र कोषबीच दूरी बढ्न पुगेको बताइन्छ । सदस्य सचिव तामाङ एमाओवादी नेतृत्वमा सरकार रहेको बेला नियुक्त भएको हुँदा पनि उनले मन्त्रीलाई नटेर्ने गरेको बताइन्छ । वर्तमान सरकारमा एमाओवादी पनि सम्मिलित भएको हुँदा र तामाङको एमाओवादीको उच्च नेतृत्वसँग राम्रै सम्पर्क रहेको हुँदा उनले आफ्नै ढंगले काम गरिरहेको बुझिएको छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply