पुस २२ को जनप्रर्दशनका लागि नौ दलको व्यापक तयारी
काठमाडौं । संविधान कार्यान्वयनका लागि जनदबाब सिर्जना गर्न प्रमुख प्रतिपक्षी नेकपा (एमाले) लगायतका नौ राजनीतिक दलले पुस २२ गते गर्न लागेको संयुक्त विरोध प्रदर्शनमा व्यापक जनसहभागिताका लागि तयारी गरेका छन् । तीन तहको निर्वाचन गरी संविधान कार्यान्वयन गरौं भन्ने मूल उद्घोषसहित संविधान संशोधन प्रस्तावविरुद्ध हुन लागेको प्रदर्शनलाई भव्य एवं प्रभावकारी बनाउन एमालेले आवश्यक छलफल, जिम्मेवारी निर्धारण र जुलुस प्रदर्शनको स्थानसमेत तय गरेको छ । एमालेसहित राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी (लोकतान्त्रिक) नेपाल, बहुजन शक्ति पार्टी, नेपा राष्ट्रिय पार्टी, मधेस समता पार्टी नेपाललगायतले गर्ने जनप्रदर्शनका लागि एमालले आफ्ना तर्फबाट आन्तरिक तयारीलाई तीव्र बनाएको छ ।
नेकपा (एमाले) ले महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तयारी तथा समन्वयका लागि कार्यदल गठन गरेर आफ्नो तर्फको तयारीलाई तीव्र बनाएको हो । कार्यदलमा केन्द्रीय सचिवालयका सदस्यहरू– उपमहासचिवद्वय विष्णु पौडेल र घनश्याम भुसाल, सचिवहरू प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, भीमप्रसाद आचार्य, गोकर्णराज विष्ट र योगेश भट्टराई, आर्थिक विभाग प्रमुख विष्णु रिमाल र केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका साथै संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक भानुभक्त ढकाल, तीन नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्य र सहसंयोजक काशीनाथ अधिकारी, सदस्यहरू अरुण नेपाल, सानुकुमार श्रेष्ठ, केदार न्यौपाने, सम्पर्क समन्वय कमिटीका संयोजक छविलाल विश्वकर्मा र सहसंयोजक विजय गुरुङ रहेका छन् । कार्यदलको बैठकले राजधानीभित्रका पार्टी कमिटी, जनसंगठन र सम्पर्क मञ्चहरूलाई उक्त दिन आयोजना हुने प्रदर्शनमा सहभागी हुन निर्देशन दिएको छ । त्यस्तै, उपत्यकामा रहेका नेकपा (एमाले) का सबै संगठित सदस्यले त्यस दिनको विरोध प्रदर्शनमा अनिवार्य रूपले भाग लिन बैठकले निर्देशन दिएको छ । साथै, एक संगठित सदस्यले कम्तीमा पनि अन्य तीन जनालाई विरोध प्रदर्शनमा सहभागी गराउने जिम्मेवारीसमेत दिएको छ । बैठकले पुस २२ गतेसम्म पार्टीको सम्पूर्ण कार्यक्रम विरोध प्रदर्शनको तयारीमा केन्द्रित गर्ने गरी योजना बनाउन उपत्यकाका सबै पार्टी कमिटीहरू, मोर्चा संगठनहरू, सम्पर्क कमिटी तथा मञ्चहरू, पेसागत संघ÷संगठनहरूलाई निर्देशन दिएको छ ।
अध्यक्ष ओलीको अपिल
एमाले अध्यक्ष केपी ओलीले गत आइतबार एक अपिल जारी गर्दै २२ गतेको जनप्रदर्शनमा सहभागी हुन सबैमा आग्रह गरेका छन् । संविधानको कार्यान्वयनका माध्यमबाट राजनीतिक स्थायित्व र आर्थिक समृद्धिका दिशामा अगाडि बढ्नुपर्ने बेला सरकारले गरिरहेको संविधान संशोधनको दुष्प्रयासले मुलुकमा राजनीतिक संकट उत्पन्न भएको भन्दै अध्यक्ष ओलीले पुस २२ गते दिउँसो १ बजे रत्नपार्कमा उपस्थित हुन र जनप्रदर्शनमा सहभागी हुन काठमाडौंवासीलाई अपिल गरेका छन् ।
अपिलमा भनिएको छ– ‘संशोधन प्रस्ताव किन गलत छ भन्ने बारेमा नेकपा (एमाले) को धारणा सार्वजनिक भइसकेको छ । हामी दोहो¥याउन चाहन्छौं– नेकपा (एमाले) लगायत संविधान निर्माणमा मुख्य भूमिका निर्वाह गरेका दललाई निषेध गर्दै अगाडि सारिएको संशोधन विधेयकले राजनीतिक धु्रवीकरण सिर्जना गरेको छ । ०७४ माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गर्न सम्पूर्ण प्रयास केन्द्रित गर्नुपर्ने बेला सुरु भएको असान्दर्भिक संशोधन प्रयासले निर्वाचनलाई अनिश्चित बनाएको छ । संविधानको धारा २७४ (४) र २९६ को किटानी व्यवस्थालाई उल्लंघन गर्दै अगाडि सारिएको प्रस्तावले संविधानको ठाडो उल्लंघन गरेको छ । सर्वोच्च अदालतको आदेशलाई समेत यसले अवज्ञा गरेको छ । अन्तरवस्तुका दृष्टिले पनि संशोधन विधेयक अनुचित छ । यसमा मिलेर बसेको नेपाली समाजमा विभिन्न नाममा विद्वेष ल्याउने र किस्ता–किस्तामा तराई र पहाड–हिमाललाई विभाजित गरेर तथाकथित ‘दुई राष्ट्रियता’ को मान्यता स्थापित गर्ने दुराशय लुकेको छ । बहुसंख्यक जनताले बोल्ने मातृभाषाहरू मात्रै सरकारी कामकाजका भाषा बन्न सक्ने स्पष्ट संवैधानिक व्यवस्थालाई लत्याएर छद्म ढंगले मातृभाषाहरूलाई घात गर्न खोजिएको छ । राष्ट्रिय सभाको संरचना परिवर्तनको प्रयास हानिकारक छ । किनभने, यसले प्रदेशहरूको सन्तुलन र न्यायोचित प्रतिनिधित्वलाई कमजोर पार्छ । नागरिकतासम्बन्धी प्रावधान पनि अनुचित र असान्दर्भिक छ ।
संविधान संशोधन आवश्यकता, औचित्य, राष्ट्रिय हित एवं जनचाहनाका आधारमा मात्रै हुन सक्ने स्पष्ट पार्दै कसैलाई खुसी पार्न र सीमित समूहलाई रिझाउन संविधान बनाउँदा अभिव्यक्त ९० प्रतिशत सांसदहरूको सहमतिलाई नभत्काउन हामीले सरकारलाई बारम्बार आग्रह ग¥यौं । तर, निहित स्वार्थ पूर्तिका लागि गरिएको वाचाकबुल पूरा गर्न अनुबन्धित सरकारले सबै आग्रहलाई लत्यायो र झन्डै मध्यराति संशोधन विधेयक दर्ता ग¥यो । यसका विरुद्ध एक महिनाभन्दा लामो समयदेखि संसद्मा विरोध जारी छ र लाखौं जनताले सडकमा उत्रेर प्रतिवाद गरिरहेका छन् । सत्तारूढ दलका नेता र सांसदसमेत विरोधमा छन् । संसद्को संरचना र आन्दोलनमा अभिव्यक्त जनभावनालाई कदर गर्दै विधेयक फिर्ता लिएर मुलुकलाई सहज अवस्थामा फर्काउनुको साटो सरकार धम्कीको भाषा बोल्दै वातावरणलाई निरन्तर उत्तेजित र थप जटिल बनाउन उद्यत देखिएको छ ।
वर्तमान संकट समाधानको एउटै बाटो हो– असंवैधानिक र जनचाहनाविपरीतको संशोधन विधेयक फिर्ता लिनु र मुलुकलाई निर्वाचनको दिशामा अगाडि बढाउनु । हामीले सरकारलाई बारम्बार भनेका छौं– अविलम्ब तीनै तहको निर्वाचन मिति घोषणा गर ! स्थानीय तह पुनःसंरचना आयोगको प्रतिवेदन तुरुन्त बुझ र राज्य पुनःसंरचनाको विधिवत् आरम्भ गर ! निर्वाचनसम्बन्धी विधेयकहरू यथाशीघ्र संसद्मा प्रस्तुत गर ! र, संविधान कार्यान्वयनको स्पष्ट कार्ययोजना एवं कार्यतालिका अगाडि सार ! यस दिशामा चालिने कुनै पनि कदमलाई सहयोग गर्न हामी तयार छौं । तर, निर्वाचनलाई अन्योल र अनिश्चयमा धकेलेर संविधान संशोधनका नाममा गरिने कुनै पनि जनविरोधी र देशघाती काम किमार्थ स्वीकार्य हुन सक्दैन । ’
संविधान कार्यान्वयन नहुँदा सबैभन्दा ठूलो मार महिला, दलित, सीमान्तकृत समुदाय, श्रमजीवी वर्ग र आम तराईवासी–मधेसी, जनजाति र अल्पसंख्यक समुदायमा परेको भन्दै दुराशयका साथ अगाडि सारिएको संशोधन प्रयासले मिलेर बसेको नेपाली समाजलाई विद्वेष, द्वन्द्व र विग्रहतिर धकेल्ने उल्लेख गरिएको छ ।
५ सय स्वयंसेवक परिचालित हुने
नेकपा (एमाले) सहितका नौ राजनीतिक दलले यही पुस २२ गते राजधानीमा गर्ने जनप्रदर्शनको तयारी बैठक एमालले महासचिव कमरेड ईश्वर पोखरेलको अध्यक्षतामा आइतबार केन्द्रीय कार्यालयमा धुम्बाराहीमा बस्यो । बैठकमा जनप्रदर्शनका तयारीको सन्दर्भमा भएका कामहरूको समीक्षा गर्दै जनप्रदर्शनलाई व्यवस्थित गर्न ५ सय स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको छ ।
बैठकले पुस २२ गते राजधानीमा व्यापक जनप्रदर्शनको तयारीका लागि नेकपा (एमाले) व्यवस्थापिका–संसद्का सदस्यहरूलाई आ–आफ्नो जिल्ला कमिटी तथा सम्पर्क कमिटी र मञ्चहरूसग समन्वय गरी तयारीको काममा जुट्न निर्देशन दिँदै पुस २२ गतेको जनप्रदर्शन तथा त्यसभन्दा अघिका तयारीका सिलसिलामा तोकिएका नाराहरू मात्र प्रचारप्रसार गर्न र प्रदर्शनलाई मर्यादित र व्यवस्थित बनाउन सम्पूर्ण पार्टी कमिटी तथा सदस्यहरूलाई अपिल गरेको छ ।
यस्तो छ प्रचारको तयारी
नौ राजनीतिक दलले आयोजना गर्न लागेको बृहद् जनप्रदर्शनका सन्दर्भमा नेकपा (एमाले) केन्द्रीय प्रचार विभागले केही कार्ययोजना तयार पारेको छ ।
संगठनात्मक तयारीअन्तर्गत पार्टीको ३ नम्बर प्रदेश कमिटी, केन्द्रीय मोर्चा संगठन र सम्पर्क समन्वय कमिटीले संयोजन र कार्यान्वयन गर्नुपर्ने कामहरू छुट्ट्याएको छ, जसमा पुस १० गतेदेखि १५ गतेसम्ममा पार्टी र जनसंगठनका जिल्ला कमिटीसम्मका बैठक तथा भेलाहरूको आयोजना गरी तयारीका कार्ययोजना निर्माण गर्ने । साथै, केन्द्रीय सम्पर्क कमिटी र पूर्वाञ्चल सम्पर्क कमिटीका बैठकहरू गरी तयारीका काम गर्ने, पुस १५ गतेदेखि २० गतेसम्म पार्टीका गाउँ, नगर, वडा तथा टोल स्तरका कमिटी र जनसंगठनका जिल्लाभन्दा तलका सबै कमिटी अनि सबै जिल्ला तथा क्षेत्रीय सम्पर्क मञ्चहरूका बैठक तथा भेला गरी तयारीका काम गर्ने र सबै कमिटीमा विशेष जिम्मेवारीसहित सदस्यहरूको कार्यवभाजन गर्ने रहेको छ ।
प्रचार–प्रसारको काम
त्यस्तै प्रचारप्रसारको कामअन्तर्गत पुस २१ गते मोटरसाइकल ¥याली गर्ने कार्यक्रम रहेको छ, जसको यसको संयोजन अनेरास्ववियु, युवासंघ, खेलकुद महासंघ, जिफन्ट, पेसागत महासंघ र सम्पर्क विशेष कमिटीले गर्ने, कम्तीमा १० हजार मोटरसाइकल सहभागी हुने, उपत्यकाभित्र २० र २१ गते एक निर्वाचन क्षेत्रमा कम्तीमा १० ठाउँमा गरी १ सय ५० ठाउँमा कोणसभा गर्ने, जिफन्ट र अनेरास्ववियुले आफ्नो कार्यथलो र कलेजमा प्रचार सभा (क्लास स्पिच) गर्ने रहेको छ । यस्तै, नौ दल (नेकपा (एमाले), नेकपा (माले), नेमकिपा, राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, नेपाल जनमुक्ति पार्टी (लोकतान्त्रिक), नेपाः पार्टी, मधेस समता पार्टी र दलित जनजाति पार्टी) का अध्यक्षहरूको हस्ताक्षर भएको अपिल घर–घरमा पु¥याउने, सबैले आफ्ना फेसबुक पेज, ट्वीटरमा छोटा भाषा र आकर्षक ढंगले २२ गतेका सन्देश पोस्ट गर्ने, फेसबुक तथा भाइबरमा २२ गतेलाई केन्द्रित गरेर गु्रप बनाउने, प्रचार सन्देशमा कसैलाई अभद्र भाषा प्रयोग नगर्ने, सकारात्मक सन्देश मात्र प्रवाह गर्ने, पुस २० र २१ गते एसएमएस भाइरल चलाउने, प्रत्येक पार्टी सदस्यले कम्तीमा २० जनालाई एसएमएस पठाउने, ‘राष्ट्र र भावी पुस्ताका लागि पुस २२ गतेको विरोध प्रदर्शनमा सहभागी हुनेछु’ भन्ने प्रतिज्ञापत्रमा घरघरमा गएर अन्य ठाउँमा समेत हस्ताक्षर अभियान चलाउने, सिट्ठी जुलुस, दौड जुलुस, प्रतीकात्मक प्रचार शैलीहरू अवलम्बन गर्ने, पुस २० र २१ गते भूगोलका जिल्ला कमिटीहरूले तीनै सहरमा माइकिङ गर्ने र आवश्यकताअनुसार पत्रकार सम्मेलन गर्ने रहेका छन् ।
११ वटा नारा तय
एमालेले प्रतिपक्षी नौ दलको आह्वानमा आगामी २२ गते आयोजित जनप्रदर्शनको मूल नारा तय गरेको छ । सचिवालय सचिव प्रदिप ज्ञवालीको अध्यक्षतामा सोमबार बसेको प्रदर्शन तयारी उपसमितिको बैठकले ‘राष्ट्रघात, विखण्डन र जनविरोधी संशोधनका विरुद्ध राष्ट्रिय एकता † संविधान कार्यान्वयन र निर्वाचनका लागि हाम्रो प्रतिवद्धता †’ भन्ने मूल नारा तय गरेको हो । एमालेसहित विपक्षी नौ दलले २२ गते जनप्रदर्शनसहित आमसभा गर्ने तयारी गरिरहेका छन् ।
बैठकले जनप्रदर्शनका तयारीको सन्दर्भमा भएका कामहरुको समीक्षा गर्नुका साथै प्रदर्शनका लागि अन्य ११ वटा आधिकारिक नाराहरुसमेत तय गरेको सचिव योगेश भट्टराईले बताए । ती नाराहरुलाई आधार मानेर ब्यानरहरु बनाउनसमेत पार्टी पंक्तिलाई निर्देिशत गरेको छ । संविधान संशोधन विधेयक खारेज गर, निर्वाचनको मिति घोषणा गर † संविधानमाथिको प्रतिघात, संशोधनमार्फत् राष्ट्रघात † जस्ता नाराहरु तय गरिएको जारी विज्ञप्तिमा उल्लेख छ ।
कसलाई के र कहाँको जिम्मेवारी ?
पुस १४ मा बसेको मोर्चा संगठनको बैठकले संविधान संशोधन प्रस्तावविरुद्ध नौ राजनीतिक दलहरूले आयोजना गर्ने संयुक्त विरोध प्रदर्शन र सभालाई भव्य एवं प्रभावकारी बनाउन आवश्यक छलफल, जिम्मेवारी निर्धारण र जुलुस प्रदर्शनको स्थानसमेत तय गरेको छ ।
बैठकले आगामी पुस २२ गते निम्न स्थानमा मोर्चा संगठन आबद्ध संगठनहरूलाई जुलुस प्रदर्शनका लागि निम्न स्थान तोकेको छ ः
(१) अनेरास्ववियु– त्रिचन्द्र क्याम्पस (२) युवासंघ नेपाल– सुन्धारा (३) अखिल नेपाल किसान महासंघ– खुलामञ्च (४) नेपाल टे«ड युनियन महासंघ (जिफन्ट)– पुतलीसडक (५) अखिल नेपाल महिला संघ– पद्मकन्या क्याम्पस (६) मुक्ति समाज नेपाल– रत्नराज्य क्याम्पस (७) प्रेस चौतारी नेपाल– हार्दिक होटल अगाडि, बागबजार (८) नेपाल खेलकुद महासंघ– त्रिपुरेश्वर (९) नेपाल बुद्धिजीवी परिषद्– बागबजार (१०) मुस्लिम इत्तेहाद संगठन– घण्टाघर (११) मानवअधिकार एलायन्स– न्युरोड गेट (१२) प्रगतिशील तथा पेसागत कानुन व्यवसायी संगठन (पीपीएलए)– नेपाल ल क्याम्पस (१३) पेसागत महासंघ नेपाल– बाल्मीकि क्याम्पस (१४) लोकतान्त्रिक आदिवासी जनजाति महासंघ– बागबजार (१५) लोकतान्त्रिक अपांग महासंघ– न्युरोड गेट (१६) लोकतान्त्रिक मधेसी संगठन– कमलादी (१७) भूमिहीन तथा सुकुम्बासी संगठन– बाल्मीकि क्याम्पस (१८) नेपाल उद्योग व्यवसाय महासंघ– खुलामञ्च र (१९) राष्ट्रिय जनसांस्कृतिक महासंघ– अद्वैत मार्ग ।
काठमाडौं जिल्लाले विरोध प्रदर्शनलाई व्यवस्थित गर्न निम्नबमोजिम स्थानमा जुटेर जुलुस आरम्भ हुने निर्णय गरेको छ ः
काठमाडौं ः क्षेत्र नं. १– घट्टेकुलो, क्षेत्र नं. २– डिल्लीबजार चारखाल, क्षेत्र नं. ३– डिल्लीबजार पिपलबोट, क्षेत्र नं. ४– कमलपोखरी (जैनभवन अगाडि), क्षेत्र नं. ५– खानी विभाग शंकर होटलअगाडि लाजिम्पाट, क्षेत्र नं. ६– लैनचौर, क्षेत्र नं. ७– सोह्रखुट्टे ठमेल, क्षेत्र नं. ८– वसन्तपुर, क्षेत्र नं. ९– त्रिपुरेश्वर र क्षेत्र नं. १०– न्युरोड नेपाल एयरलाइन्स कार्यालयअगाडि । भक्तपुर– भद्रकाली र ललितपुर– कुपण्डोल ।
त्यसैगरी पोलिटब्युरो सदस्य अरुण नेपालको अध्यक्षता तथा पार्टी महासचिव ईश्वर पोखरेलको प्रमुख आतिथ्यता तथा सचिवालय सचिव प्रदीप ज्ञवालीको आतिथ्यमा बसेको सम्पर्क समन्वय कमिटीअन्तर्गत बाग्मती अञ्चलका सम्पर्क मञ्चहरू र प्रदेश नम्बर तीनअन्तर्गत भूगोलका जिल्ला कमिटीहरूको संयुक्त बैठकले पुस २२ गतेको विरोध प्रदर्शनलाई सफल पार्न उपत्यकाभित्र बस्ने बाग्मती अञ्चलका सबै न्यायपे्रमी जनसमुदायलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ । उक्त बैठकले सम्पर्क समन्वय कमिटीको एकीकृत जुलुस बागबजारस्थित पद्मकन्या क्याम्पसअगाडिबाट सुरु हुनेसमेत निर्णय गरेको छ ।
पार्टी केन्द्रीय सचिवालयद्वारा विरोध प्रदर्शनलाई सफल र सानदार रूपमा सम्पन्न गर्न उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा पुस २२ गतेको जनपरिचालनका लागि क्षेत्र समन्वयकर्ताका रूपमा निम्न नेतालाई खटाउने निर्णय गरिएको छ ।
काठमाडौं ः क्षेत्र नं. १– सावित्रा भुसाल, क्षेत्र नं. २– शंकर पोखरेल, क्षेत्र नं. ३– घनश्याम भुसाल र रामेश्वर फुयाँल, क्षेत्र नं. ४– केशव बडाल र टंक कार्की, क्षेत्र नं. ५– बिन्दा पाण्डे र मिरा ध्वोंजू, क्षेत्र नं. ६– ठाकुर गैरे, क्षेत्र नं.७– प्रकाश ज्वाला, क्षेत्र नं. ८– राजेन्द्रप्रसाद पाण्डे र जीवनराम श्रेष्ठ, क्षेत्र नं. ९– युवराज ज्ञवाली र विनोद श्रेष्ठ, क्षेत्र नं. १०– डा. विजयकुमार पौडेल र सुरेन्द्र मानन्धर । ललितपुर ः क्षेत्र नं. १– पशुपति चौलागाईं र सुशीला नेपाल, क्षेत्र नं. २– महेन्द्रबहादुर पाण्डे, क्षेत्र नं. ३– रघुजी पन्त । भक्तपुर ः क्षेत्र नं. १– सोम मिश्र र क्षेत्र नं. २– परशुराम मेघी गुरुङ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply