वैशाखमा युवा संघको नवौं महाधिवेशन
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको नवौं महाधिवेशन आगामी वैशाखमा हुने भएको छ । गत वुधबार सम्पन्न संघको केन्द्रिय कमिटी बैठकले आगामी ९ वैशाखबाट १२ गतेसम्म मकवानपुरको हेटौंडामा नवौं महाधिवेशन गर्ने निर्णय गरेको हो । संघको आठौं महाधिवेशन फागुन २०६९ मा वुटबलमा सम्पन्न भएको थियो ।
संघका प्रवक्ता प्रभात विक्रम कटुवालले संविधान कार्यान्वयनका लागि दबाब अभियानकै रुपमा नवौं महाधिवेशन सम्पन्न गर्ने निर्णय भएको जानकारी दिए । ‘अबको मुख्य कार्यभारका रुपमा संविधान कार्यान्वयनका लागि व्यापक दबाब सृष्टि गर्दै महाधिवेशन गर्ने निर्णय भएको छ, कटुवालले भने । बैठकले अध्यक्ष राजिव पहारी संयोजक रहेको महाधिवेशन तयारी मूल व्यवस्थापन समिति गठन गरेको छ ।
तीन केन्द्रिय सदस्यमाथि कारबाही
बैठकले संगठनको हितविरुद्ध काम गर्ने तीन केन्द्रिय सदस्यलाई अनुशासनको कारबाही गरेको छ । पार्टी नेताको चरित्र हत्यामा संलग्न भएको भन्दै केन्द्रीय सदस्य बालिका खड्का, नयाँ शक्तिमा प्रवेश गरेका अन्जन भट्ट र नेकपा मालेमा प्रवेश गरेका माधव विष्टलाई संघको साधरण सदस्यसमेत नरहनेगरी निष्काशन गरिएको हो ।
जिम्मेवारी हेरफेर
संघको बैठकले जिम्मेवारी हेरफेरसमेत गरेको छ । बैठकले काठमाडौं अध्यक्ष नितेश पौडेललाई केन्द्रिय सदस्य मनोनित गरी इन्चार्ज बनाएको छ । त्यस्तै, संगठन विभाग प्रमुखको जिम्मेवारी सचिव माधव बास्तोला, प्रचार विभाग प्रमुखमा हस्तबहादुर शाही, युवा परिचालन विभाग प्रमुखमा दर्शन लामा र राजधानी संयोजकमा वचनबहादुर सिंहलाई जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्य रामजी सापकोटा सचिवालयमा मनोनित भएका छन् ।
विवाद समाधानका लागि मध्यमार्गी प्रस्ताव
संघको बैठकले उपाध्यक्ष दिलु पन्तसहितको असन्तुष्ट समूहले अन्तर जिल्ला समन्वय कमिटी विभाग खारेजका लागि अघि सारेको माग समाधान गर्न मध्यमार्गी प्रस्ताव पारित गरेको छ । संघका प्रवक्ता कटुवालले विभागका सन्दर्भमा पार्टीबाट नयाँ निर्देशन आए सोही अनुसार निर्णय गर्ने जिम्मेवारी बैठकले स्थायी समितिलाई दिएको बताए । नेपाल पक्षधर पन्तसहितको असन्तुष्ट समूहले विभाग खारेज गर्ने पार्टी निर्देशन पालना नभएको भन्दै उद्घाटनकै दिन बैठक बहिष्कार गरेको थियो । ‘अहिलेलाई महाधिवेशनबाटै विधान परिवर्तन गरौं भन्ने हाम्रो धारणा हो, तर पार्टीले निर्देशन कार्यान्वयन गर्न नयाँ निर्देशन दिए सोही अनुसार निर्णय हुनेगरी सबै जिम्मेवारी स्थायी समितिलाई दिइएको छ ।’ कटुवालले भने ।
सम्बन्धित समाचार
- साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
- कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
- दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
- टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply