25th September 2017, Monday

E-budhabar

काण्डैकाण्डमा मुछिएका धानुकलाई काठमाडौंको जिम्मा



काठमाडौं । प्रहरी निरीक्षकमा भर्ना भएदेखि नै विवादमा तानिएका एसएसपी रवीन्द्र धानुक काठमाडौं प्रहरी परिसरमा आएका छन् । रूपन्देही प्रमुख रहँदा एसएसपीमा बढुवा भएका धानुक प्रधानमन्त्री तथा गृहमन्त्री दुवैको जोडबलमा काठमाडांै प्रहरी परिसरमा आएका हुन् । एसएसपीको बढुवामा सबैभन्दा पछिल्लो लिस्टमा भएका पनि उनी गृहमन्त्रीकै जोडमा प्रधानमन्त्रीको पनि साथ रहेपछि काठमााडौं परिसरमा आउन सफल भएका हुन् ।
तत्कालीन वडा प्रहरी कार्यालय थानकोटको इन्सपेक्टर हुँदा ९ लाख रुपैयाँ घुस काण्डमा निलम्बनमा परेका एसपी धानुकलाई तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले भनसुन गरी जागिर जोगाइदिएका थिए । धानुकको घुसकाण्डमा तत्कालीन एआईजी ढालमान थापाको संयोजकत्वमा छानबिन समिति नै गठन भएको थियो । सो समितिले नै धानुकले घूस लिएको ठहर गर्दै निलम्बनको सिफारिस गरेको थियो । तर, चन्दले तत्कालीन आईजीपी २०५४ सालमा धु्रवबहादुर प्रधानलाई भनेर रोकेपछि उनको जागिर जोगिएको थियो । डीएसपी बढुवापछि रुकुमको इन्चार्ज भएका धानुकले काभ्रेमा बस्दा पनि उत्तिकै बदनाम कमाएका थिए । भक्तपुरको दुवाकोटमा एक रोपनी जग्गा खरिद गरी राजकुलोसमेत कब्जा गरेको आरोप धानुकमाथि छ । राजकुलो हडप्न खोज्दा विवाद भएपछि डीएसपीको बर्दीको दुरुपयोग गर्दै दर्जनौं प्रहरी ल्याई बन्दुक देखाएर स्थानीयलाई तर्साएका थिए । काभ्रेमा हुँदा घुमुवा राखी तातोपानीदेखि काठमाडौंसम्म रक्तचन्दन तस्करहरूबाट असुलीमा परिचालन गरेका थिए । धानुक कहिल्यै मिसन नगए पनि बानेश्वरको रत्नराज्य लक्ष्मी स्कुलपछाडि डेढ रोपनी क्षेत्रफलमा टोपी खस्ने बंगला बनाएका छन् । जागिर खाँदा कांग्रेस भएर खाएका धानुक एमाओवादीको जोडबलमा काभ्रे अपराध अनुसन्धान महाशाखा हँुदै पुनः अर्को मालदार मानिने सर्लाहीमा सरुवा भएका थिए । उनी अपराधमा मात्र दुईपटक सरुवा भए । अपराधमा पनि उनी जो सम्पर्कमा आए पनि केही काम थियो कि भनेर पैसा कसरी असुल्न सकिन्छ भनेर लाग्ने गरेको उनका सहकर्मीहरू बताउँछन् । तराईमा कार्यरत प्रहरीहरूलाई खाना खाने फुर्सद हँुदैनथ्यो । तराईमा रहेका प्रहरीहरू १४ घण्टे ड्युटीमा खटिँदै आएका छन् तर उनी सर्लाहीमा रहँदा घुमुवा राखेर पैसा असुल्न लगाउँथे । विज्ञानराज शर्मा एआईजी भएका बेला रवीन्द्र धानुक पनि रानीपोखरी आयुक्त कार्यालयमा कार्यरत थिए । त्यहा अर्का एसपी उमाशंकर पन्जियार पनि कार्यरत थिए । त्यतिबेला दुई एसपीको झगडाले प्रहरी संगठनमा यतिबेला निकै चर्चा कमाएको छ । एसपी रवीन्द्र धानुक र उमाशंकर पन्जियारबीच कार्यालयमै झगडा भएको थियो । घटनाको एआईजी विज्ञानराज शर्मा आफंैले छानबिन गरेका थिए । तत्कालीन समयमा सो घटनामा दोषी भने एसपी धानुक देखिएका थिए । उनले एसपी पन्जियारलाई जथाभावी गाली गरेको स्रोत बताउँछ । अश्लील शब्द प्रयोग गरी कार्यालयका अर्को अफिसरकै अगाडि उनले एसपी पन्जियारलाई गाली गरेपछि झगडा सुरु भएको थियो । जुन घटनापछि एआईजी शर्माकोमा पुग्यो । एआईजी शर्माले धानुकलाई कारबाही गरेका थिए । ‘त्यतिबेला एसपीजस्तो पदका मान्छेको सिपाहीको जति पनि बुद्धि रहेनछ,’ आयुक्त कार्यालयका एक अधिकारीले भनेका थिए ।
यसअघि पनि उनी पटकपटक विवादमा तानिएका अधिकारी हुन् । काभ्रे जिल्लाको प्रहरी प्रमुखमा कार्यरत रहँदा अञ्चल प्रहरी कार्यालयको जग्गा खरिदमा कमिसन खाएका थिए । सो घटनामा अख्तियारले एसएसपीलाई मात्र मुद्दा चलाई उनलाई चोख्याएको थियो । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको पीएसओका रूपमा कार्यरत भएकाले चन्दकै सोर्सफोर्समा उनले उन्मुक्ति पाएका हुन् । प्रहरी अधिकारीहरू घुस खान मात्र होइन, सरकारी बजेट पनि मिलाएर खान माहिर छन् भन्ने कुरा तीन वर्षअघि बागमती अञ्चल प्रहरी कार्यालयका लागि खरिद जग्गामा भएको भ्रष्टाचारले प्रस्ट हुन्छ । प्रहरीलाई कामै नलाग्ने र विवादित जग्गा २ करोडमा खरिद गरी आधाभन्दा धेरै रकम प्रहरी अधिकारीले खल्तीमा हाले । व्यापारीलाई करिबकरिब लाख रुपैयाँ दिएर २ करोडमा खरिद गरेको कागज मिलाइ बाँकी रकम प्रहरी अधिकारीले बाँडीचँुडी खाएका थिए । अञ्चल प्रहरी कार्यालय बागमतीका लागि काभ्रेको भैंसेपाटी गाविसमा खरिद गरिएको करिब तीन रोपनी चार आना जग्गामा यसरी भ्रष्टाचार भएको हो । अञ्चल प्रहरी कार्यालयका तत्कालीन प्रमुख एसएसपी प्रेमबहादुर चन्द, जिल्ला प्रहरी प्रमुख एसपी रवीन्द्र धानुक तथा उच्च प्रहरी अधिकारीको मिलेमतोमा सो जग्गा खरिदमा करिब डेढ करोड रुपैयाँ हिनामिना भएको थियो । चन्दलाई कारबाही भयो तर लोकमान सिंह कार्की र चन्दको सम्बन्ध राम्रा भएका कारण धानुक जोगिएका थिए । सस्तो जग्गालाई जग्गाधनीसँग मिली महँगोमा खरिद गरिएको मिलाएर मोटो रकम प्रहरी अधिकारीले बाँडेका हुन् । जिल्लाका प्रहरीदेखि तत्कालीन प्रहरी महानिरीक्षकसम्मको त्यसमा मिलेमतो रहेको स्रोत बताउँछ । २०६७ मा जग्गा खरिद गरिएको थियो । सानो बाटो भएको खोलाकिनारको खेत अञ्चल प्रहरी कार्यालयका लागि खरिद गरिएको छ । खरिद गरिएको जग्गामध्ये २५ प्रतिशत भाग खोलामा पर्छ । प्रहरीका ठूला गाडी जान नसक्ने र खाल्डोमा भएकाले सो जग्गा प्रहरीका लागि उपयुक्त हुनै नसक्ने थियो ।

Leave a Reply

... र यो पनि ...

चक्रपथ

प्रशासकको सहयोगविना मन्त्रीले भ्रष्टाचार गर्न सक्दैन

रणोद्वीप सिंह वा वीर शमशेरको पालाको कुरा श्री ३ लाई मन परेकी एउटी सुसारे थिइन । राणा परम्परामा सुसारे, नानी, मैयाँ साहेब, रानी, महारानीसमेत भनेर विभिन्न श्रेणीमा भित्रिनीहरूलाई- ...
पूरा पढ्नुहोस्

स्रष्टा र सिर्जना

सिर्जना चोरी लाजको पराकाष्ठा

सिर्जनाको चोरी कुनै नौलो विषय रहेन अब । खासगरी, नेपाली गीत–संगीतमा ‘सिर्जना–चोरी’को पहिलादेखिकै निरन्तरता आजपर्यन्त कायम छ । पछिल्लो समय, निर्माणाधीन चलचित्र ‘छक्कापन्जा–२’- ...
पूरा पढ्नुहोस्

नयाँ पुस्तक

कलिला दिमागलाई भूकम्प–जानकारी

२०७२ साल वैशाख १२ गतेको महाभूकम्प नेपाली जनताका मानस पटलबाट अझै मेटिइसकेको छैन । महाभूकम्पको त्रासदीले पछ्याइरहेको छ अझै । महाभूकम्पले थोपरिदिएको पीडा र घाउहरू आजपर्यन्त देख्न- ...
पूरा पढ्नुहोस्

छोटकरीमा