१८ मंसिर २०८०, सोमबार ०३:२६
बुधवार साप्ताहिक, नयाँबानेश्वर, काठमाण्डौं
सुर्खेतमा आज एमालेको जनसभा
१८ मंसीर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज सुर्खेतको वीरेन्द्रनगरमा हुने जनसभालाई सम्बोधन गर्ने भएका छन् । एमालेले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङः समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियान अन्तर्गत आज दिउँसो १ बजे सुर्खेतको पार्टी कार्यालय परिसरमा हुने जनसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने भएका हुन् ।
जनसभालाई सम्बोधनपछि अध्यक्ष ओली काँक्रेविहार क्षेत्रको अवलोकन र थारु समुदायले आयोजना गर्ने साँस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ । अध्यक्ष ओलीले बेलुका ५ बजे सिद्धार्थ होटलमा उद्योगी, व्यापारी र बुद्धिजीवीसँग भेटघाट गर्ने कार्यतालिका छ ।
सोही होटलमा बेलुका साढे ६ बजे पार्टी कार्यकर्ता र वीरेन्द्रनगरको कार्यपालिकाको टोलीसँग भेट गर्ने कार्यक्रम तय भएकोएमाले सुर्खेतले जनाएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply