एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
मंसिर २१, काठमाडौं । ‘समृद्धिका लागि संकल्प यात्रा’ मा रहेको प्रमुख प्रतिपक्षी नेकपा एमालेको टोली आज (बिहीबार) पोखरा आइपुग्दैछ ।
मध्यपहाडी यात्राको क्रममा रहेको सबैभन्दा ठूलो सहर पोखरा महानगरमा यात्रा टोली आज बास बस्नेछ । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गोतमका अनुसार हिजो गुल्मीको आमसभा सकेर टोली बागलुङ को गलकोटमा बसेको छ ।
आज बिहान गलकोटबाट हिंडेर ससदरमुकाम बागलुङ बजारमा खाना खाने र पर्वतको कुश्मा जनसभा र स्थानीय नेता–कार्यकर्ता तथा शुभेच्छुकहरुसँग अध्यक्ष केपी शर्मा ओलीले अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ । आजको यात्रामा टोलीले १२० किलोमिटर दूरी पार गर्नुपर्ने छ । हिजो करिब १५० किलोमिटर दूरी पार गरेको थियो ।
मध्यपहाडका सामाजिक आर्थिक, साँस्कृतिक अवस्थाका बारेमा प्रत्यक्ष अवलोकन, स्थानीयबासीसँग अन्तरक्रिया गरेर त्यहाँका समस्याको पहिचान र समाधान उपायको खोजीमा मंसिर १४ गतेबाट एमालेले मध्यपहाडी राजमार्गको यात्रा सुरु गरेको हो ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित मंसिर १४ गते राजमार्गको पश्चिमी विन्दु बैतडीको झुलाघाटबाट सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्जयाङ मा टुंगिनेछ । यात्रा अवधिभर अध्यक्ष ओली सहभागी हुनेछन् । यात्रामा करिब २ सय जनाको केन्द्रीय टोली छ भने अन्य नेता– कार्यकर्ताहरु आफ्नो आफ्नो प्रदेशमा सहभागी भइरहेका छन् ।
सम्बन्धित समाचार
-
चार महिनाको किचलो सकियो, अदालतले टुङ्ग्यायो कांग्रेस विवाद
-
त्रिविमा अध्ययन बिदा दुरुपयोग: अर्बौं रकम उठ्न बाँकी
-
नेपालमा इन्धन मूल्यवृद्धि: विरोधदेखि मौनतासम्म
-
हिरक जयन्तीलाई ऐतिहासिक बनाउने तयारी, भण्डारीको नेतृत्वमा गम्भीर छलफल
-
नेप्सेको नयाँ सर्किट नियम: बजारमा नयाँ अध्यायको सुरुवात
-
त्रिभुवन विश्वविद्यालयले मिचिएको जग्गा फिर्ता ल्याउने प्रक्रिया सुरु
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
संविधानविपरीत भन्दै स्थानीय तहको ढुवानी कर हटाउन सरकारको आदेश
-
बिरामीलाई झट्का: अब हप्तामा २ दिन अस्पतालको ओपिडी सेवा बन्द!
-
एटीएम, कार्ड र डिजिटल बैंकिङ्गमा कडाइ: सुरक्षा र सीमामा राष्ट्र बैंकको नयाँ नीति
-
स्वास्थ्य मन्त्रालयमा उच्च तहका कर्मचारीको व्यापक सरुवा, काज प्रणालीमा कडाइ
-
हिप–हपबाट प्रधानमन्त्रीसम्म: बालेनको यात्रा अब ‘टाइम १००’ सम्म
Leave a Reply