एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
५ पुस, काठमाडौं । १९ दिनसम्मको मध्यपहाड यात्राका क्रममा देखेका समस्या र ती समस्या समाधानको उपायबारे जानकारी दिन नेकपा एमाललेले यहि पुस ८ गते पत्रकार सम्मेलन गर्ने भएको छ । यसअघि आज अर्थात पुस ५ मा गर्ने भनिएको पत्रकार सम्मेलन हिजो बसेको सचिवालय बैठकले ८ गतेका लागि सारेको हो ।
लामो यात्राको प्रतिवेदन लेखन, अन्य कार्यक्रमहरुको तयारीमा केही समय लाग्ने भएकोले आजको कार्यक्रम आठ गतेलाई सारिएको र ८ गते दिउसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा विशेष पत्रकार सम्मेलन गरेर यात्राबाट एमालेले पत्ता लगाएका मध्यपहाडका समस्या र समाधानका उपायका बारेमा जानकारी गराइने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा हिजो भएको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले एमालेको यात्रालाई अभूतपूर्व रुपमा साथ दिएर अपनत्व लिएको र अध्यक्ष केपी शर्मा ओली सहित पदाधिकारीको अनौपचारिक बैठकले यात्रामा साथ दिने सम्पूर्ण नेता,कार्यकर्ता,शुभचिन्त्कहरुलाई धन्यवाद ज्ञापन गरेको गौतमले जानकारी दिए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- आज तीन मन्त्रीले शपथ लिँदै
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
Leave a Reply