आईजीको नाम भजाएर डीएसपीको फुर्ती
काठमाडौं । जनताको जीउधनको सुरक्षा गर्नु प्रहरी प्रशासनको पहिलो कर्तव्य हो । तर, प्रहरीले नै साधारण जनताको ज्यानमाथि नै धावा बोल्छन् भन्ने त्यसलाई के भन्ने ? रामेछापको इज्चार्ज भएर गएको ६ महिना नबित्दै डीएसपी अमरेन्द्रबहादुर सिंह ठकुरीका कारण स्थानीय जनता त्रसित बन्न पुगेका छन् ।
रामेछाप र सोलुखुम्बुको सिमाना भएर बग्ने लिखु खोलामा सभासद् तथा व्यापारी मोती दुगडको लगानीका लिखु जलविद्युत् आयोजनासहित तीनवटा जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । ती आयोजनामा स्थानीयको अवरोध आउन नदिन भन्दै उनले डीएसपी ठकुरीलाई खरिद गरेको बुझिएको छ । दुगडले त्यहाँ स्थानीयका कुनै किसिमका जायज÷नाजायज माग नआउन भन्दै डीएससी ठकुरीलाई २० लाख नगद र ५ लाखबराबरको त्यहीको हाइड्रो पावरको सेयर दिएको बुझिएको छ । त्यति मात्र होइन, यो कामका लागि रामेछामको उमाकुण्ड गाउपालिकाअन्र्तगतको इलाका प्रहरी कार्यालयका इन्सपेक्टर राजकुमार तामाङलई पनि खरिद गरिएको स्रोतको दाबी छ । इन्सपेक्टरको कार्यक्षेत्र रामेछापको उमाकुण्ड भए पनि उनी खोलापारि सोलुको लिखुपिके गाउँपालिकामा अड्डा जमाएर बस्ने गरेका छन् । स्थानीयको मुखमा बुजो लगाउन इन्सपेक्टर तामाङलाई १० लाख नगद र ३ लाख बराबरको सेयर दिइएको स्रोतको दाबी छ । आफू आइजी सर्वेन्द्र खनालको खास मान्छे हुँ भन्दै अहिले डीएसपी ठकुरी र इन्सपेक्टर तामाङले जिल्लामा आतंक मच्चाएका छन् । दुगडको हाइड्रको प्रभावित क्षेत्रका जनतालाई यहाँ कोही कुनै माग राखेर अवरोध गर्न आयो भने बन्दुकले उडाइदिन्छु भन्दै डीएसपी ठकुरीले थर्काउने गरेको स्थानीयले बताएका छन् ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply