मन्त्री र सचिवका कारण गुम्यो साढे सत्र करोड
काठमाडौं । कृषि विकासमन्त्री रामकृष्ण यादव र सचिव डा. सुरोज पोखरेलको चरम लापरबाहीका कारण किसानहरू अनुदानस्वरूप पाउनुपर्ने प्रांगारिक मल पाउनबाट वञ्चित हुन पुगेका छन् । बाढीपीडित किसानका लागि अनुदानमा प्रांगारिक मल किन्न छुट्ट्याइएको बजेट मन्त्री र सचिवको हेलचेक्र्याइँका कारण गुम्न पुगेको छ ।
गएको वर्षात्मा आएको बाढी, पहिरो र डुबानका कारण पीडित बनेका किसानहरूका निम्ति अनुदानमा प्रांगारिक मल दिने भनेर मन्त्रालयले साढे १७ करोड रुपियाँ छुट्ट्याएको थियो । तर, त्यहीबेला एक मल व्यापारी नरेन्द्र गिरीले काम नपाएपछि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । व्यापारी गिरीले मुद्दा दायर गरेपछि मन्त्रालयले त्यसको उचित ‘रेस्पोन्स’ गर्नुपर्नेमा बेवास्ता गर्दै आयो । मन्त्रालयले न त अदालतलाई कुनै जवाफ पठाउन चाह्यो, न त व्यापारी गिरीसँग समन्वय नै ग¥यो । त्यही कारण, किसानलाई अनुदान दिन भनेर छुट्ट्याएको करोडौं रकम मल खरिद नै नगरी फ्रिज हुन पुगेको छ ।
मन्त्री यादव र सचिव डा. पोखरेलको नालायकीपन यतिसम्म देखिएको छ, अहिलेसम्म धानको समर्थन मूल्यसमेत तोक्ने काम भएको छैन । विगत वर्षहरूमा पुसको पहिलो हप्तासम्म धानको समर्थन मूल्य तोक्ने गरिए पनि अहिले भने मन्त्रालयले त्यस्तो मूल्य तोक्न सकिरहेको छैन । त्यस्तै, यो वर्ष धानको उत्पादन बढेको कुरा सार्वजनिक भए पनि कति उत्पादन भयो भन्नेमा मन्त्रालयले कुनै तथ्यांक निकाल्न सकेको छैन ।
यसरी नै मन्त्री यादवले मन्त्रालयको वैदेशिक महाशाखाको प्रमुखबाट हटाएर कृषि सूचना तथा सञ्चार केन्द्रमा पठाएका सहसचिव लेखनाथ आचार्य पुनः सोही महाशाखाको जिम्मेवारीमा ल्याएका छन् । वैदेशिक महाशाखामा रहेर आफूअनुकूल काम गर्दै आएका आचार्यलाई तीन महिनाअघि केन्द्रमा सरुवा गरिएको थियो । र, वैदेशिक महाशाखाको प्रमुखमा कृषि विभागका महानिर्देशक डिलाराम भण्डारीलाई ल्याइएको थियो । तर, केही दिनअघि भण्डारीले अवकाश पाएका हुँदा सो महाशाखामा पुनः आचार्यलाई ल्याइएको हो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply