मन्त्री र सचिवको जातीय प्रेम !
काठमाडौैं । गृह मन्त्रालयका सचिव प्रेमकुमार राई प्रशासनिक वृत्तमा इमानदार भनेर चिनिन्छन् । तर, उनी गृह मन्त्रालयमा सरुवा भइसकेपछि भएका प्रहरीका सरुवाबढुवाले उनको छविमाथि नै प्रश्न उठ्न थालेको छ । मलेसिया वैदेशिक रोजगारीमा जानेहरूसँग चर्को शुल्क लिएर सिन्डिकेट कायम गर्ने बायोमेट्रिकका दोषीमध्येका देवान राईलाई छाड्न प्रहरीलाई दबाब दिएको घटनाबाट उनी विवादमा आइसकेका छन् । मेरिडियन नामक स्वास्थ्य संस्था ३९ बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्नेमध्येको एक हो । उनीसहित बायोमेट्रिक स्वास्थ्यमार्फत मलेसिया जाने कामदारसँग ५ अर्बभन्दा बढी ठगी गर्ने २३ व्यवसायीलाई प्रहरीले पक्राउ गरेको थियो । त्यसमा देवान राई पनि परेका थिए । राई राष्ट्रपति विद्यादेवी भण्डारी संरक्षक रहेको रामप्रसाद राई प्रतिष्ठानको महासचिव हुन् । प्रतिष्ठानलाई यो वर्ष पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले २ करोड ५० लाख बजेट पनि छुट्ट्याएको छ । तिनै राई ठगी अभियोगमा पक्राउ परेपछि गृहसचिव राईले २० हजार रूपैयाँ धरौटीमा छाड्न दबाब दिएको कुरा बाहिर आयो ।
प्रहरीका सरुवामा पनि सचिव राईले राई थर भएकालाई राम्रो ठाउँमा लान दबाब दिएको खुलेको छ । डीएसपी श्याम राईलाई महानगरीय प्रहरी वृत्त बौद्ध, इन्सपेक्टर राजकुमार राईलाई बूढानीलकण्ठ प्रभागको इन्चार्ज र रामकुमार राईलाई बेलबारी इलाका प्रहरी कार्यालयको इन्चार्जमा सरुवा गरेका छन् । राजकुमार राईले इन्सपेक्टर पास हुन एमाले नेता डीबी कार्कीलाई घुस दिएपछि उनको राजनीतिक जीवन नै चौपट भएको छ । उनले प्रहरीका सरुवा बढुवामा राई थरलाई विशेष जोडका साथ मौका दिनुपर्ने दबाब दिएका यी उदाहरण हुन् । गृहमन्त्री रामबहादुर थापाले मगर भएकै कारण ओम रानाजस्ता विवादितलाई कास्कीको प्रहरी प्रमुख र कृष्ण पल्ली मगरलाई ३२ नम्बरबाट १३ नम्बरमा एसपी बढुवा गरेका छन् । गृहमन्त्री मगर र सचिव राई हुँदा देखाएको यो जातीय प्रेम कर्मचारीबीच चर्चाको विषय बन्ने गरेको छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply