सभामुखमा महरा !
काठमाडौं । प्रतिनिधिसभा समामुखमा वाम गठबन्धनका नेता कृष्णबहादुर महरा बन्ने करिब निश्चित भएको बताइन्छ । वाम गठवन्धनका दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सभामुख माओवादीलाई दिने सहमति भएअनुसार माओवादीले महराको नाममा छलफल अघि बढाएको बुझिएको छ ।
पूर्वसभामुख ओनसरी घर्तीलाई नै दोहो¥याउने भन्ने विषय पनि माओवादीभित्र छलफलमा आए पनि घर्तीका पति वर्षमान पुनले नै त्यसलाई अस्वीकार गरेको बुझिएको छ । यसपटक पुन आफंै कुनै शक्तिशाली मन्त्रालय लिने र पत्नीलाई सभामुख नबनाउने लबिइङमा रहेको बताइन्छ । माओवादीभित्र प्रभावशाली मानिने महरा दाङबाट प्रतिनिधिसभामा विजयी भएका हुन् । उनलाई छाड्नकै लागि एमालेले शंकर पोखरेललाई प्रदेश पठाएर मुख्यमन्त्री बनाएको हो ।
बरु महराको विकल्पका रूपमा देव गुरुङको नाम अगाडि सारिएको छ । महराले पनि बन्न अस्वीकार गरेर गुरुङ वा अमिक शेरचनलाई सभामुख बनाउने कि भन्नेबारे माओवादी केन्द्रका शीर्ष नेताहरका बीचमा अनौपचारिक छलफल भएको स्रोतले बतायो ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply