सशस्त्रमा डीआईजी बन्न विवादितको दौड
काठमाडौं । सशस्त्र प्रहरीको रिक्त ६ जना डीआईजी बढुवाका लागि चलखेल सुरु भएको छ । विवादित र विभिन्न काण्डमा मुछिएका एसएसपीहरू बढुवाको दौडधुपमा अग्रस्थानमा छन् ।
पहिलो नम्बरमा बढुवा हुने दौडमा एसएसी नारायणदत्त पौडेल तीव्र ढंगले लागेका छन् । उनी पूर्व क्षेत्रमा बस्दा युवती काण्ड लागेर बदनाम भएका थिए । पूर्व क्षेत्रको प्रमुख पुष्पराम केसी भएका बेला उनलाई नसिहत दिएर कारबाही गरिएको थियो । उनी ककनीमा रहँदा रासनमा कमिसन काण्ड लागेको थियो । दौडमा रहेका अर्का एसएसपी सञ्जय राणाको त झन् बढुवा हुनै मिल्दैन । सशस्त्र प्रहरी नियमावलीमा एसएसपीभन्दा माथि बढुवा हुन स्नातक तह उत्तीर्ण हुनुपर्ने व्यवस्था छ । तर, राणाको शैक्षिक योग्यता आईए पास मात्र छ । उनलाई बढुवा गर्ने हो भने मन्त्रिपरिषद्बाटै विशेष निर्णय गर्नुपर्ने हुन्छ ।
यसैबीच, आईजी शैलेन्द्र खनालको ठेक्कापट्टा र उठ्तीपुठ्ती सजिलो होस् भनेर आफूनिकटलाई किचन क्याबिनेटमा ल्याएका छन् । उनी एसएसपी, डीआईजी हुँदादेखि सँगै बसेका लेखापाल गणेश लामालाई आईजी भएपछि पनि सँगै लगेका छन् । लामाको मुख्य काम भनेकै बाहिरका सबै ठेक्का र उठ्तीपुठ्ती मिलाउने रहेको बताइन्छ ।
सम्बन्धित समाचार
- आज तीन मन्त्रीले शपथ लिँदै
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- एमालेले पुस ८ गते पत्रकार सम्मेलन गर्ने
- भारतमा ९२ सांसद निलम्बित
- चीनमा शक्तिशाली भूकम्प, एक सयभन्दा बढीको मृत्यु
- चिसो बढ्यो, सतर्कता अपनाउन आग्रह
- एमालेको ‘संकल्प यात्रा’ आज पोखरा पुग्ने
- सुर्खेतमा आज एमालेको जनसभा
- ‘मंसिर ३० मा समानान्तर सरकार, फागुन १ मा गणतन्त्र फाल्छौं’ ः दुर्गा प्रसाई
Leave a Reply