वैकल्पिक ऊर्जामा कार्यकारीका लागि दौडधुप तीव्र
काठमाडौं । दर्जनौं दातृ संस्थाहरूको अर्बौं रकम ब्रह्मलुट गर्ने संस्था वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्रमुख हुन तीव्र दौडधुप सुरु भएको छ । चार वर्षअघि केन्द्रको कार्यकारी निर्देशक भएका रामप्रसाद धितालको पदावधि सकिएसँगै सो पदमा जान शक्तिकेन्द्रहरूसँग दौडधुप सुरु भएको हो । ऊर्जा मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा सो पदमा नियुक्तिका लागि भदौ २ गते आवेदन आह्वान गर्ने तयारी गरेको बुझिएको छ ।
पदावधि सकिनु केही दिनअघि यसअघिका कार्यकारी निर्देशक केन्द्रका निर्देशक नवराज ढकाललाई निमित्तको जिम्मेवारी दिएर हिँडेकाले केही दिनयता ढकालले चलखेल बढाएका हुन् । उनी विगत लामो समयदेखि केन्द्रको योजना शाखामा बसेर नांगो ढंगले लुटतन्त्र मच्चाउने व्यक्तिका रूपमा चिनिन्छन् । सो शाखामा बस्दा ढकालकै नेतृत्वमा विभिन्न परियोजना स्वीकृत हुनुका साथै विभिन्न ठूला टेन्डरहरूमा ठूलो अंकमा आर्थिक चलखेल हुने गरेको थियो । विगतमा अकूत कमाइ आर्जन गरिसकेका ढकाल योपटक जति नै खर्च गरेर भए पनि केन्द्रको कार्यकारी निर्देशक बनी छाड्ने अभियानमा हिँडेको उनीनिकट स्रोतले बतायो । ढकालबाहेक कार्यकारी निर्देशकको दौडमा यूएनडीपीमा काम गर्ने एक व्यक्ति र अन्य निर्देशकहरू पनि रहेको बताइएको छ । ढकालले विगतमा लामो समयदेखि केन्द्रको साधनस्रोतको दोहन गर्नुका साथै विदेश जाने विभिन्न कार्यक्रममा पनि अरूको नाम काटेर आफैं जाने गरेका थिए । अहिले पनि सबैभन्दा बढी विदेश जाने कर्मचारीका नाममा उनकै नाम पर्छ । सरकारले अनावश्यक विदेश भ्रमणमा रोक लगाइसकेपछि पनि निमित्त कार्यकारी निर्देशक ढकाल केही दिनअघि फिलिपिन्स पुगेका थिए । उनले केन्द्रमा आफ्ना नातागोता पर्ने तीन कर्मचारीलाई समेत भर्ती गरेका छन् । केन्द्रमा यो अवधिमा भएका डरलाग्दो भ्रष्टाचार र अनियमितताको प्रमुख योजनाकार पनि ढकाल नै भएको केन्द्रका कर्मचारीहरू बताउँछन् । पछिल्लो समय केन्द्रको बेरुजु मात्र ५ अर्बभन्दा बढी छ । उक्त बेरुजु र अनियमितताबारे व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा छानबिन गरी बेरुजु तिर्न निर्देशन दिए पनि अहिलेसम्म नतिरिएको बताइन्छ । त्यसो त डा. गोविन्द पोखरेलको पालादेखि नै केन्द्रमा व्यापक अनियमितता हुँदै आएको थियो ।
लघु जलविद्युत्, सौर्य ऊर्जा, बायोग्याँसजस्ता क्षेत्रको विकासका लागि विभिन्न दातृ निकायको अनुदान र नेपाल सरकारको आन्तरिक स्रोतबाट प्राप्त बजेटको ठूलो हिस्सा भ्रष्टाचार हुने गरेको र त्यही सेटिङबाट काम गर्न केही माफियाको योजनामा ढकाल कार्यकारी निर्देशक हुन कस्सिएको स्रोतले बतायो । वैदेशिक सहयोगमा सञ्चालित यस केन्द्रका विभिन्न आयोजनाको काम पारदर्शी नभएपछि दाताहरूले हात झिक्ने तयारी गरेको समेत थाहा भएको छ । २०७० सालयता डेनमार्क र नर्वे सरकारको सहयोगमा ऊर्जा क्षेत्र सहयोग कार्यक्रम, विश्व बैंक र यूएनडीपीको सहयोगमा ग्रामीण जीविकोपार्जनका लागि नवीकरणीय ऊर्जा कार्यक्रम, नेदरल्यान्ड र जर्मनीको सहयोगमा बायोग्याँस सहयोग कार्यक्रम कार्यान्वयन हुँदै आएको छ । त्यसो त ती कार्यक्रमहरूमा सधैंजसो कमिसनको खेल र बोलकबोलमा बढी रकम पेस गर्नेलाई ठेक्का दिने गरेको कुरा यसअघि नै सार्वजनिक भइसकेको छ । यता पछि हुने कार्यकारी निर्देशक आफैं भएकाले काम मिलाइदिउँला र त्यसका लागि मन्त्री, सचिव तथा केही उच्च तहका नेताहरूलाई कमिसन बुझाउनुपर्र्छ भन्दै निमित्त कार्यकारी निर्देशक ढकालले ठेकेदारहरूसँग पनि रकम मोटो रकम उठाइसकेको थाहा भएको छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply