हरेक पटक जनताद्वारा अनुमोदित -शन्तराम बिडारी
द्यार्थी सभासद् दीपक कार्की हरेक निर्वाचनमा जनताद्वारा अनुमोदित व्यक्तित्व हुन् । नेकपा (एमाले)का चर्चित नेतासमेत पराजित भएका बेलामा समेत उनी भने जनताद्वारा पत्याइएका थिए । जनताबाट लगातार पत्याइएकै कारण दोस्रो संविधानसभामा उनी पुनः सभासद् भए ।
२०१६ साल चैत २१ गते भोजपुरमा जन्मिए पनि सपरिवार झापाको गौरादहमा बसाइ स¥यो । गौरादह झरेपछि उनको अध्ययन स्थानीय जनता माविमा हुनथाल्यो र त्यही“बाट एसएलसी उत्तीर्ण गरे । र, दमक बहुमुखी क्याम्पसबाट आईकमसम्मको अध्ययन गर्न भ्याए । तत्कालीन विआन्दोलनको ताप र रापका कारण उनले अध्ययनलाई अगाडि बढाउन सकेनन् ।
स्कुले जीवनमै उनी पढाइभन्दा राजनीतिक गतिविधिमा सहभागी भइसकेका थिए । पञ्चायती दमनको कुनै पर्वाह नगरी उनी तत्कालीन नेकपा (माले)मा संगठित भए । एसएलसी दिएपछि करिब आधा दर्र्जन र क्याम्पसे जीवनमा डेढ दर्जन पटक उनी हिरासतमा बसे । र, क्याम्पस पढ्दै गर्दा राजकाज मुद्दा लगाएर उनलाई दुई वर्ष झापा कारागारमा थुनियो पनि । जेलबाट छुटेपछि उनी गौरादह गाउ“ पञ्चायतका उपप्रधानपञ्चमा चुनिए । उनी पार्टीकै उम्मेदवार थिए । त्यसबेलादेखि जनताले पत्याउन थालेका उनी कहिल्यै पराजित हुनुपरेको छैन ।
०४४ सालबाट उनी सामाजिक काममा सक्रिय हुन थाले । जनताका काम तत्काल गर्ने उनी सामन्तविरोधी गतिविधिमा पनि सक्रिय भए । जनतालाई केही समस्या परे टोल र घरघरमै पुग्थे । गल्ती गर्नेहरू आफ्ना मान्छै नै भए पनि उनी संरक्षण गर्दैनथे । निवेदन बोकेर आउने बूढाबूढीको काम बाटामै बसेर गरिदिन्थे । तसर्थ, उनी त्यतिबेलै ‘जाली फटाहा र दुश्मनका आ“खाका तारो र सर्वसाधारणको प्यारो’ भइसकेका थिए ।
जनप्रतिनिधि भएकै बेलामा तत्कालीन प्रशासनले उनलाई राजकाज मुद्दा लगाएर इलाम कारागारमा चलान ग¥यो । जेलभित्र कैदीबन्दीमाथि गरिने अत्याचारविरुद्ध संघर्ष थालेका उनले निम्न गुणस्तरको चामल दिइरहेकामा मध्यम गुणस्तरको चामल दिलाउन सफल भए । त्यसलगत्तै उनीलगायत चार जनालाई पा“चथर कारागारमा सरुवा गरियो । उनले त्यसबेला पा“चथर र इलाम गरी २० महिना जेलजीवन गुजारे । र, ०४६ सालमा जेलबाट छुटेलगत्तै मालेको झापा जिल्ला तहको एक्सन कमिटीमा आबद्ध भएर उनी जनआन्दोलनमा होमिए ।
तत्कालीन मालेमा युथ लिगबाट प्रवेश गरेका उनी गाउ“ कमिटी, एरिया कमिटी, इलाका र क्षेत्रीय कमिटी हु“दै जिल्ला कमिटीमा आबद्ध भए । ०४६ सालपछि उनी फेरि गाउ“मा पार्टी संगठन र जनताको काम गर्न कस्सिएर लागे । ०४९ सालको स्थानीय निर्वाचनमा गौरादह गाविसको अध्यक्षमा निर्वाचित उनी ०५४ सालको निर्वाचनमा पनि फेरि गाविस अध्यक्षमा निर्वाचित भए । पञ्चायत कालको गाउ“ पञ्चायतको परिषद्मा समेत वामपन्थीहरूको बाहुल्य रहेको गौरादहमा ०५४ सालमा त ४७ सिटमा ४७ जना नै एमालेका प्रतिनिधि विजयी भए ।
०६४ सालको संविधानसभा निर्वाचनमा उनले झापा–६ बाट टिकट पाए । देशैभरि माओवादीको बिगबिगी र झापाका ७ मध्ये ५ क्षेत्र माओवादीले जितेका बेला उनी एमालेका एक्ला विजयी उम्मेदार भए । र, ०७० सालको संविधानसभा निर्वाचनमा कांग्रेसका रामकुमारी पौडेललाई ३ हजार ५८ मतले हराए । ०४४ सालबाट जनताद्वारा अनुमोदन हुन थालेका उनी अहिलेसम्म पनि अनुमोदित छन् ।
नौ वटा गाविस रहेको उनको क्षेत्रमा पुल, कल्भर्ट, बाटो ग्राबेल, कालोपत्रे, स्वास्थ चौकी, सुरक्षा भवन निर्माणलगायतका काम बा“की छन् । उनी त्यही काममा दिलोज्यान दिएर लागिरहेका छन् । उनकै प्रयासमा एउटा गाविस भवनबाहेक अरू स्थापना भएका छन् । खानेपानी, विद्युतीकरणका साथै नदी कटानका समस्या पनि छन् । कन्काई, रतुवा, कमल बन्यानीजस्ता खोलाले दुःख दिए पनि नियन्त्रणका लागि बढी बजेट निकासा गराउन उनी सफल भएका छन् । माओवादी द्वन्द्वका बेला ध्वस्त भएका १५ वटा पुल, कल्भर्ट र ६ वटा गाविस भवन पुनर्निमाण गर्ने काममा पनि उनी लागिपरेका छन् ।
द्वन्द्वकालीन समयमा माओवादीहरू उनलाई बदनाम गराउन चाहन्थे तर जनताले माओवादीलाई कहिल्यै साथ दिएनन् । किनकि, ०५७–५८ तिर लागेका उरन्ठेउला केटाले जेलिएको माओवादीे संगठनले जतिसुकै दुश्प्रचार गरे पनि जनता भने ०४४ सालबाटै उनलाई चिन्दथ्यो ।
०६४ मा संविधान बनाउन भनी नया“ बानेश्वरको संविधानसभा भवन छिरेका उनले ०६६ लाग्दैबाट तत्कालीन संविधानसभाको संरचना र कार्यशैली देखेर संविधान नबन्ने ठोकुवा गरे । त्यो बेला उनलाई संविधानको विपक्षमा रहेको जस्तो गरेर केही मिडियाले प्रचार पनि ग¥यो । अन्नतः उनले जे भनेका थिए त्यही भयो । अर्को दुई वर्ष म्याद थप्दा पनि संविधान बनेन । अहिलेको दलीय सिटको संरचना हेर्दा भने उनी दलहरूले भनेझैं एकै वर्षभित्र नआए पनि केही ढिलो गरी नै भए पनि अवश्य संविधान आउनेमा ढुक्क छन् । यो कार्यकालमा पनि संविधान बनाउन सकिएन भने नेपाल भन्ने देशका लागि अर्को संविधानसभाको निर्वाचन भने आवश्यक नरहेको उनको तर्क छ ।
विभाजनताका संस्थापनको विद्यार्थी राजनीति हा“केर अघि बढेका हिक्मत कार्की उनका आफ्नै सहोदर भाइ भए पनि उनको परिचय दिन हिक्मतको नाम जोडिरहनु आवश्यक छैन । दुवै भाइको परिवार अलग–अलग बसे पनि अलग्गिएको भने छैन अहिलेसम्म । उनको तीन छोरी, आमा र श्रीमतीसहितको छ जनाको परिवार छ । श्रीमती प्रावि तहकी शिक्षिका हुनुहुन्छ भने तीनै जना छोरीहरू अध्ययनमा भिडेका छन् । दुई छोरी इन्जिनियरिङमा स्नातक गर्दैछन् भने एक छोरी बीबीएस पढ्दैछिन् । सधंै जनताको काममा लाग्ने उनको पुख्र्यौली जग्गामा खेतीपाती र सानोतिनो व्यापारबाहेक अन्य आम्दानीको स्रोत छैन । समय र मौसम हेरेर उनी खेतीपातीमा आफैं भिड्छन् तर बढ्दो मह“गी र छोरीहरूका पढाइका कारण खर्च धान्न भने मुस्किल नै छ उनलाई ।
पार्टीको हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गरेका उनलाई पार्टी सरकारमा गए गहनतम् जिम्मेवारी प्राप्त हुने चर्चा चलेको छ अहिले । अहिलेसम्म जिम्मेवारीबाट पछि हट्नुनपरेका कार्की पार्टीले जसरी अघि बढाउ“छ, त्यसैगरी अघि बढ्ने बताउ“छन् । भन्छन्– ‘दिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गरेर देखाउ“छु, तर महŒवपूर्ण कुरा सरकार होइन, संविधान निर्माण हो ।’
Comments are closed.
सम्बन्धित समाचार
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
- अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
- मोफसलका ‘आँखा बा’
- भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
- तस्वीरमा उहिलेको पोखरा
- एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
- एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
- देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
- एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
- चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
- नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला