एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन

६ फागुन,काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई लिएर नेपालमा सत्ता गठबन्धनमा मात्र विवाद बढेको छैन यसलाई दिएर दाता राष्ट्र अमेरिका र चीनले पनि एकअर्काविरुद्ध ‘टिकाटीप्पणी’ शुरु गरेका छन् ।
चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । आज बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरू गरेको आरोप लगाएको छ । चीनले यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।
चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ शुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ । पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो ।
हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसीबारे विवाद बढ्दा आन्दोलन चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने चीनले बताएको छ ।
परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए । उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए । एमसीसीको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता नै उत्रिएका छन् ।
यसैबीच एमसीसीको विरोधमा नेपालमा आन्दोलन चर्किएपछि अमेरिकाले हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दूतावासको आधिकारिक सामाजिक सञ्जालमा लेख्दै एमसीसीलाई लिएर हिंसात्मक गतिविधि हुन नहुने बताएका छन् ।
सम्बन्धित समाचार
-
अर्थमन्त्री र युएसएआईडीका प्रशासकबीच भेटवार्ता
-
प्रधानमन्त्री र युरोपेली युनियनकी आयुक्तबीच भेटवार्ता
-
राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका कुमार दसौंदी निर्वाचित
-
एमालेले सबै केन्द्रीय सदस्यलाई दुई महिनासम्म पालिकामा खटाउने
-
एमसीसी परियोजना कार्यन्वयन गर्न उपप्रधानमन्त्री पौडेलसँग सामन्थाको आग्रह
-
नेपाललाई थप मानवीय सहायता उपलब्ध गराउँछु : आइएफआरसी महासचिव चापागाईं
-
सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित
-
ओलीसँग डेढ घन्टा छलफल गरेर बालकोटबाट बाहिरिए प्रचण्ड
-
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक भोलि बस्दै
-
राष्ट्रियसभाको उपनिर्वाचनका लागि मतदान सुरु
-
टर्की–सिरियामा भूकम्प : ज्यान गुमाउनेको संख्या करिब ८ हजार पुग्यो
-
लमजुङको बुलबुलेलाई केन्द्र विन्दु बनाएर भूकम्पको धक्का
Leave a Reply