एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
६ फागुन,काठमाडौं । अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) लाई लिएर नेपालमा सत्ता गठबन्धनमा मात्र विवाद बढेको छैन यसलाई दिएर दाता राष्ट्र अमेरिका र चीनले पनि एकअर्काविरुद्ध ‘टिकाटीप्पणी’ शुरु गरेका छन् ।
चीनले एमसीसी पारित गर्न अमेरिकाले नेपाललाई दबाब दिइरहेको आरोप लगाएको छ । आज बेइजिङमा पत्रकार सम्मेलन गर्दै चीनको परराष्ट्र मन्त्रालयले एमसीसीमार्फत् अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरू गरेको आरोप लगाएको छ । चीनले यसको प्रतिरोध गर्ने चेतावनी समेत दिएको छ ।
चिनियाँ परराष्ट्र प्रवक्ता वाङ् वन पिनले भने, अमेरिकाले नेपालसँगको सहकार्यको नाममा ‘धम्की कुटनीति’ शुरू गरेको छ । यसको चीनले प्रतिरोध गर्नेछ । पत्रकार सम्मेलनमा एक पत्रकारले अमेरिकी परराष्ट्र प्रवक्ताले फेब्रुअरी २८ तारिखभित्र एमसीसी पारित गर्न वा पुनर्विचार गर्न, नत्र भने नेपाल-अमेरिका सम्बन्ध प्रभावित हुनसक्ने भनेर दिएको चेतावनीबारे चीनको धारणा माग गरेपछि चीनको परराष्ट्र मन्त्रालयले यस्तो टिप्पणी गरेको हो ।
हाल नेपालका विभिन्न राजनैतिक दलहरूबीच एमसीसीबारे विवाद बढ्दा आन्दोलन चर्किरहेको छ । नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने चीनले बताएको छ ।
परराष्ट्र प्रवक्ता वाङले नेपालको छिमेकी मुलुक र विकास साझेदार मुलुक भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए । उनले नेपालले राष्ट्र तथा जनताको हितका लागि सही छनोट गर्नमा पनि चीनको समर्थन रहने प्रतिक्रिया दिए । एमसीसीको विरोधमा आज पनि काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ता नै उत्रिएका छन् ।
यसैबीच एमसीसीको विरोधमा नेपालमा आन्दोलन चर्किएपछि अमेरिकाले हिंसात्मक गतिविधिलाई स्वीकार्न नसकिने बताएको छ । नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले दूतावासको आधिकारिक सामाजिक सञ्जालमा लेख्दै एमसीसीलाई लिएर हिंसात्मक गतिविधि हुन नहुने बताएका छन् ।
सम्बन्धित समाचार
-
आज बस्दै दस संसदीय समितिका बैठक : बजेट, मानवअधिकार र पूर्वाधारमा छलफल हुने
-
बैंकिङ प्रणालीबाट एक खर्ब रुपैयाँ तान्दै नेपाल राष्ट्र बैंक, तरलता व्यवस्थापन
-
सार्वजनिक यातायातमा ‘ब्रेक’ : सरकारले नयाँ सवारी दर्ता तत्काल रोकेको किन ?
-
राजधानीमा फेरि फर्कियो सबैभन्दा प्रतीक्षित सडक महोत्सव
-
मीमबाट आन्दोलनसम्म : भारतमा “कक्रोच जनता पार्टी” कसरी बन्यो ठूलो ट्रेन्ड ?
-
दैलेखको प्राकृतिक ग्यास परियोजना अन्योलमा, दोस्रो चरणको काम रोकिँदा स्थानीय निराश
-
काठमाडौंमा ‘उबर’को तयारी, डिजिटल यातायात सेवामा नयाँ तरंग
-
‘डाबर मह’ गुणस्तरहीन ठहर, बजारबाट फिर्ता गर्न निर्देशन
-
पठाओ नेपालको नेतृत्व अब यशु थकालीको हातमा
-
बागमतीको अर्थतन्त्र तीव्र गतिमा, मधेसको वृद्धि सबैभन्दा सुस्त
-
प्लेकार्ड र अभद्र व्यवहारले संसद अवरुद्ध — सभामुखको कडा चेतावनी श्रम शक्ति पार्टीलाई
-
राष्ट्र बैंकले बोलकबोलमार्फत ३० अर्ब निक्षेप संकलन गर्ने
Leave a Reply