नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
२९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी पहिले जस्तो बेथितिले चल्न नदिने बताएका छन् । काठमाडौंमा बुधबार भएको कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शेरबहादुरजीलाई बधाई, यो कार्यकाल चार वर्षे हो । चार वर्षे कार्यकालको सफलताको कामना छ । यो आन्तरिक लडाइँ हो । स्वस्थ प्रतिष्पर्धाबाट विजयी हुनुभएको हो । जसरी पहिलो कार्यकाल साढे पाँच वर्ष पार्टी बेथितिको हिसाबले चल्यो, त्यसरी चल्न थाल्यो भने सशक्तरुपमा प्रस्तुत हुन्छौं ।
उनले आफू पराजित भए पनि यसलाई स्वाभाविक रुपमा लिएको बताए । निर्वाचन भएपछि कोही जित्छ कोही हार्छ । मैले यसलाई स्वाभाविक रुपमा लिएको छु । कुनै कुण्ठा पनि छैन । कसले के गर्यो, किन गर्यो भन्ने चिन्ता पनि छैन, उनले थपे, अब गाउँघरमा बस्दा ढुक्कले म नेपाली कांग्रेसको हुँ भनेर बस्न सक्नु हुनेछ । म निरन्तर तपाईंहरुको घर दैलोमा पुग्नेछु । आगामी महाधिवेशनमा सफलता प्राप्त गर्नेछौं । भागबण्डा र गुटबन्दीमा लाग्दैनौं । हामीले हाम्रो काम गर्दै जानेछौँ । उहाँहरुलाई राम्रो काम गरेर सोच्न बाध्य बनाउछौं ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply