चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
१० पुस, विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावअघिसम्म संसद अवरोध गर्ने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुको प्रश्नको जवाफ दिँदै उनले चुनावबाट अर्को संसद नआएसम्म संसद अवरोध गरिरहने बताएका हुन् ।
संसद अवरोध कहिलेसम्म भन्ने पत्रकारको प्रश्नमा ओलीले सटिक जवाफ दिए– चुनावसम्म ।
चुनाव अगाडिसम्म संसद चल्दैन त भन्ने प्रश्नमा ओलीले अवरोध गरे पनि बलजफती संसद चलाइएको टिप्पणी गरे । ‘चलिरहेको छ त, हामीले विरोध गरिरहेका छौं, संसद चलिरहेको छ । बलजफ्ती गर्ने बानी परेकाले बलजफ्ती गरिरहेका छन्’ उनले भने ।
गत भदौमा आफ्ना १४ सांसदलाई निष्कासनको कारबाही गरेर संसदलाई जानकारी गराउँदा सभामुख अग्निप्रसाद सापकोटाले त्यसलाई मान्यता नदिएको विरोधमा नेकपा एमालेले २३ भदौदेखि लगातार संसद अवरोध गर्दै आएको छ । एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसद सहभागी भई पछि नेकपा एकीकृत समाजवादी गठन भएको थियो ।
सभामुखले कारबाहीलाई मान्यता नदिएर दल विभाजन गर्न सहयोग गरेको भन्दै एमालेले लगातार संसद अवरोध गरेको छ । तर एमालेको विरोधका बाबजुद सभामुख सापकोटाले संसद बैठक सञ्चालन गरिरहेका छन् ।
ओलीले चुनाव जहिजे भए पनि आफूहरु जितेर आउने दावी गरेका छन् । ‘इलेक्सन भएपछि धोवी पाठ लगाइन्छ’ उनले भने । सरकार ढालेर केही समय सूर्यमा ग्रहण लगाए पनि यो धेरै समय नरहने उनले बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- बालुवाटारमा नयाँ गठबन्धनको बैठक जारी
- दुई वर्ष प्रचण्ड नै प्रधानमन्त्री, त्यसपछि ओली
- बालुवाटारमा प्रचण्ड र ओलीबीच एक घण्टा वार्ता
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- राष्ट्रियसभाका अध्यक्षसहित २० सांसदको पदावधि आजदेखि सकिने
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ युवकको मृत्यु
- चितवनमा जनतासँग एमाले कार्यक्रम शुरु
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- त्रिकोणात्मक टी–२० सिरिजमा आज नेपाल र नामिबिया भिड्दै
Leave a Reply