चिकित्सा शास्त्र र शिक्षण अस्पताल टाट पल्टाउने को–को छन् ?- सविन शाक्य
दिनानुदिन घाटा बेहोर्दै गइरहेको त्रिवि शिक्षण अस्पताल प्रा.डा. गोविन्द केसीको आन्दोलनपछि झनै टाट पल्टिने स्थितिमा पुगेको छ । डा. केसीको कारण लाखौं सेवाग्राहीले उपचार सेवा त पाएनन् नै, उल्टै सरदर दैनिक २० लाखको दरले आम्दानी हुने स्रोत पनि रोकिएको छ । उनको नाटकीय शैलीको आमरण अनशनका कारण करिब साढे चार करोड घाटा हुनपुगेको छ । शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा.डा. ईश्वर लोहनीले अस्पतालमा कार्यरत सम्पूर्ण चिकित्सकहरूको तलब–भत्ता कटाएर घाटा मिलान गर्ने बताएका छन् । हिजो त्रिवि शिक्षण अस्पतालमा सेवाग्राहीहरूलाई उपचार गर्छौं भनेर उपचार सेवा गर्न खोज्दा चिकित्सकहरूलाई सेवा दिन रोक लगाउने र अहिले सबै चिकित्सकको तलब–भत्ता काट्ने कुरा कत्तिको न्यायसंगत हो ? यदि त्रिवि शिक्षण अस्पताल टाट नै पल्टेको हो भने टाट पल्टाउने समूह को–को हुन् ? यसका पहिचान गरेर उनीहरूबाटै त्रिवि शिक्षण अस्पताल प्रशासनद्वारा क्षतिपूर्ति मागिनुपथ्र्यो । यस्तो स्थिति उत्पन्न हुनुमा प्रा.डा. केसी र उनका आसेपासेहरू जिम्मेवार छन् । सम्पूर्ण चिकित्सकहरूको तलब–भत्ता काट्ने निमित्त कार्यकारी निर्देशक प्रा.डा. लोहनीको भनाइ कत्तिको उचित छ ?
नयाँ मेडिकल कलेजले सम्बन्धन पाएको अवस्थामा नयाँ चिकित्सकहरूको आवागमन मात्रै बढ्दैन, पुराना चिकित्सकहरूबीच पनि प्रतिस्पर्धी बढेर ‘टफ कम्पिटिसन’ हुन्छ । तसर्थ आफ्नो आम्दानी घट्ने हँुदा नयाँ चिकित्सक नै आउन नदिन मेडिकल माफियाहरूको गोटी बन्न पुगेका प्रा.डा. केसीले सम्पूर्ण चिकित्सा क्षेत्रलाई एकतन्त्रीय रूपमा अघि बढाउन खोजिएकाले यस खाले रणनीति नयाँ चिकित्सकहरूको ढोकासमेत बन्द गरिदिएको छ । विश्व स्वास्थ्य संगठनले तोके अनुसार मुलुकका लागि करिब ३८ हजार चिकित्सकहरू आवश्यक पर्दछ तर अहिले केवल चार–पाँच हजार चिकित्सकहरूले सम्पूर्ण सेवाहरू दिन बाध्य गरिएको छ र सिंगो चिकित्सा क्षेत्रलाई ‘मोनोपोली’ ढंगले चलाई आफनो पकडमा राख्न खोजिएको छ । तर अब भने कुत्सित षड्यन्त्रको पर्दाफास हुँदै गएको छ । अर्काको आङमा जुम्रा हिँडेको देख्ने तर आफ्नो आङमा भैंसी हिँडेको नदेख्ने प्रवृत्ति मौलाएको छ । डेढ वर्षअघि मेडिकल काउन्सिल अफ इन्डियाका पदाधिकारीहरूको टोली नेपाल आई आईओएमलाई एमडी, एमबीबीएस कोर्सको सम्बन्धन र मान्यता दिनुपूर्व अनुगमन गर्न आउँदा आईओएमले खडे बाबाहरू खडा गरेका थिए । अर्थात् सम्पूर्ण नक्कली काम र दस्तावेजहरू तयार पारी नियमविपरीत सम्बन्धन प्राप्त गर्नेजस्ता निकृष्ट कार्य भ्रष्ट नहुने भन्न मिल्दैन । बरु आईओएम र त्रिवि शिक्षण अस्पतालका प्राय: प्राध्यापक र चिकित्सकहरू मिलेर नियमविपरीत कार्य गर्ने तर पूर्वाधारयुक्त र पूर्वाधार पूरा गर्ने प्रतिवद्धता जनाएका कलेजहरुलाई सम्बन्धन दिन नहुने ? यस्तो अर्थहीन तर्कको कुनै महत्व छैन । अहिले चालु सम्पूर्ण मेडिकल कलेजहरूले सम्बन्धन लिँदा के पैसाको चलखेल नगरिकनै सम्पूर्ण मापदण्ड र प्रक्रिया पुर्याएका थिए ? कुनै पनि नयाँ मेडिकल कलेजहरूले सम्बन्धन लिनका लागि पैसाको चलखेल गरी मापदण्ड र प्रक्रिया नपुर्याइकन सम्बन्धन लिन खोजेका हुन् र ? यस्ता अनगिन्ती प्रश्न अहिले सतहमा तैरिइरहेका छन् । प्रा.डा.शशी शर्मा त्रिवि आईओएममा डिन हुनलायक नभएको र भ्रष्ट हो भन्ने प्रमाण कसैले पेस गर्न सकेका छैनन् । कसैलाई पनि बिनाप्रमाण माफिया, भ्रष्ट भनेर आरोप लगाउनु कतिसम्म उचित कार्य हो ?
नवनियुक्त आईओएमका डिन प्रा.डा. राकेश श्रीवास्तव डिनमा नियुक्त भएको दिनदेखि अहिलेसम्म मुस्किलले १२/१५ पटक हाजिर भएका छन् । उनी अस्पतालमा भन्दा बबरमहलस्थित आफ्नै निजी क्लिनिकमा व्यस्त रहन्छन् । यतिमात्रै होइन त्रिवि शिक्षण अस्पतालमा आउने सेवाग्राहीहरु र अस्पतालकै कर्मचारीहरूलाई समेत बबरमहलस्थित आफ्नै क्लिनिकमा बोलाई उपचार सेवा र कार्यालयको काम गर्दै आइरहेका छन् । यस्ता डिनबाट अस्पतालको हित होला भनेर सोच्नु मुर्खता सिवाय केही हुँदैन । के प्रा.डा. केसीले खोजेको, रोजेको यस्ता नैतिक पतन र गैरजिम्मेवार चिकित्सकहरूबाट आईओएम, त्रिवि शिक्षण अस्पताल कसरी उभो लाग्छ ? जबकि डिन श्रीवास्तवले प्रा.डा. केसीको सम्पूर्ण माग पूरा नभएसम्म डिनको पदमा आफूले पदबहाली ग्रहण नगर्ने र प्रा.डा. केसीले पनि अनशन नतोड्ने बताएका थिए । के अहिले ती सबै माग पूरा भएका हुन् त ?
अर्को एउटा रमाइलो प्रसंग पनि छ, पूर्वकार्यकारी निर्देशक प्रा.डा. भगवान कोइरालाले आफ्नो कार्यकाल रहँदा त्रिविले डिन नियुक्त गर्दा वरिष्ठताको क्रमलाई आधार बनाएर डिन नियुक्त गर्नुपर्ने रटान रट्दै आएका थिए । तर, त्रिवि परिषद्लाई घुर्की देखाउने नियतले राजीनामा दिँदा त्रिवि परिषद्ले उनको राजीनामा स्वीकृत गरिदिएपछि उनको बोली फेरिएको छ । उनी अचेल आईओएम, त्रिवि शिक्षण अस्पतालमा वरिष्ठताका आधारमा नभई सक्षमताका आधारमा डिन वा कार्यकारी निर्देशक नियुक्त गर्नुपर्छ भनेर भन्दै हिँड्न थालेका छन् । हिजो आईओएमको डिन पदमा प्रा.डा. शशी शर्मा र त्रिवि शिक्षण अस्पतालको कार्यकारी निर्देशकमा प्रा.डा. रतिन्द्र श्रेष्ठलाई नियुक्त गर्दा उनको अडान कहाँ पुगेको थियो ? प्रश्न डा.कोइरालातिरै सोझिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश सुशीला कार्कीको इजलासले प्रा.डा. शशी शर्माको रिटमाथि फैसला गर्दा अस्पताल जस्तो अत्यन्तै संवेदनशील क्षेत्रमा शान्ति सुरक्षामा खलल नपुर्याउने उद्देश्यले उक्त रिटलाई खारेज गर्नुपरेको निर्णय सुनाइएको थियो । प्रा.डा. केसीको आमरण अनशनले गर्दा देशैभरि सम्पूर्ण चिकित्सा क्षेत्र र लाखांै सेवाग्राहीले उपचार सेवा पाएनन् । यसबाट कुनै किसिमको शान्ति सुरक्षा र मानव अधिकारमा खलल नपर्ने, अहिले प्रा.डा. शर्माको रिटमाथि फैसला गर्नुपर्दा अस्पतालको शान्ति सुरक्षामाथि कसरी खलल पर्न गयो ? यो दोधारे मापदण्ड कानुनको कुन पुस्तकमा व्याख्या गरिएको छ ?
यतिबेला त्रिवि शिक्षण अस्पतालका माफियासँग नजिक केही व्यक्तिहरूले प्रा.डा. प्रकाश सायमीलाई फेरि पुरानै स्थानमा ल्याउन भित्री रूपमा चलखेल गर्न थालेका छन् । हिजो डिन पदबाट स्वेच्छाले राजीनामा दिएका, प्रा.डा. सायमी त्रिवि शिक्षण अस्पतालको शल्यचिकित्सा विभागमा प्रमुख रहँदा आफ्नो कार्यकाल पूरा नहँुदै उक्त विभागबाट आफ्नो कार्य असक्षमताका कारण बीचैमा राजीनामा दिएका थिए र चिरफारसम्बन्धी अस्पताल मनमोहन कार्डियोथोरासिक भास्कुलर बहुउद्देश्यीय सेन्टरमा कार्यकारी निर्देशक रहँदा पनि कार्य असक्षमताका कारण चार वर्ष कार्यकाल पूरा नहँुदै ६ महिनामै पदत्याग गरी बाहिरिएका थिए । सन् १९८९ मा क्यानडामा एमडीजीपीमा पढ्न जाँदा ३ वर्षे कोर्स पूरा नगरी २ वर्षमै पढाइ छाडेर आएका थिए उनी । यस्ता असक्षम व्यक्तिलाई पुन: त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आईओएममा कुन र के आधारमा पुन: ल्याउन खोजिएको हो ? उनी कत्तिको क्षमतावान् हुन् भन्ने स्पष्ट रूपमा देखिसकेको अवस्थामा फेरि चिकित्सा माफियाहरूको चलखेललाई चुपचाप हेरेर बस्ने स्थिति छैन । उनीहरूको स्वार्थबमोजिम चिकित्सा क्षेत्रलाई अघि बढाउँदै लैजाने हो भने मुलुकका लागि योभन्दा ठूलो दुर्भाग्य सायदै अरू केही हुन सक्ला †
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply