राधा ज्ञवालीका नाममा

राधा ज्ञवालीको गुल्मीमा जन्मिए पनि पढाइ र लेखाइ भने भारतको सिलोङमा भयो । उनी हुने–खाने परिवारमा हुर्किन् । संगतले यिनी विद्यार्थी हुँदैदेखि कम्युनिस्ट विचारबाट प्रभावित भइन् । स्नातकसम्म पढेकी ज्ञवालीले जनताका बीचमा जाने अठोट छाडिनन् । उनका गाउँले दाइ सिद्धिनाथ ज्ञवालीमार्फत सुनेर चिनेको हुँ मैले उलाई । पछि ज्ञवाली र उनका परिवार बुटवल बस्न थाले । केही समय खुला रूपमै आफ्नै स्कुल सञ्चालन गरिन् । रूपन्देहीमा २०४७ मा एमाले जिल्ला सचिवालय सदस्य हुँदै, अञ्चल र केन्द्रीय सदस्य भइन् । भूमिगत कालमा अखिल नेपाल महिला संघको सचिव भएर काम गरेको अनुभव छ उनलाई ।
तर, उनको पारिवारिक जीवनयात्रा भने असफल प्रेमीबाट सुरु भयो । विवाहपछि पनि सफल रहेन । विवाहबाट विरक्त भएकी उनलाई जीवराज आश्रितसँग विवाहका लागि पनि प्रस्ताव लगिएको थियो । तर, उनले अस्वीकार गर्दै पत्नी होइन, क्रान्तिकारी योद्धाको रूपमा मैदानमा भेट्ने प्रत्युत्तर फर्काएकी थिइन् । त्यसै गरिन पनि । पछि भूमिगत राजनीतिमा सक्रिय रहेकै अवस्थामा उनको विवाह भयो । छोरी उषाले आमाबावु राधा र दिल साहनीलाई एउटा परिवारको रूपमा प्रत्यक्ष अनुभूत गर्न पाइनन् । दुवै शिक्षित, एउटै पार्टीको कार्यकर्ता, पहाड घर पनि एउटै भेगमा, एउटै ठाउँमा शिक्षा हासिल गरेका र सुपरिचितहरूको विवाहमा बेमेलका मुद्दाको खोजी आफैंमा असजिलो कुरा थियो । यो जोडीको कसैले मेल गराउन सकेन । हामी पनि कोही सफल हुन सकेनौं ।
राधा र साहनीको जोडी मनैदेखि मिलेको देखिएन । कारण्ँ पनि भेटिएन । कसैले बानी मिलेन भने, कसैले संस्कार मिलेन भने, कसैले रुचि मिलेन भने, कसैले वर्ग मिलेन भने र कसैले जात मिलेन भने । कतिपयले स्वाभिमानलाई अघि सारे, कतिले अभिमानलाई कारण देखाए । त्यस समय मानिसहरूले चाहिँदो कुरा काटे । मिल्ने र मिलाउने सम्भावनासमेत रित्तिएपछि स्थायी रूपमै यिनीहरू सधैंका निम्ति छुट्टिए ।
ज्ञवालीकी आमाले जातपात र सम्पत्तिको सवालमा प्रत्यक्ष, अप्रत्यक्ष भए, गरेको घोपपेच पो बेमेलको कारण्ँ हो कि वा माया र सम्मान गर्न आफूबाट कमी भयो कि भन्ने चिन्ता गर्ने अवस्थामा समयले नसच्चिने ढंगले नेटो काटिसकेको थियो । ज्ञवाली आफ्नी छोरी उषाको लालनपालन गर्दै पार्टीको काममा लागिन् भने साहनीले ज्ञानु केसीको साथ लिएर शैक्षिक र साहित्यिक क्षेत्रबाट जनसेवालाई निरन्तरता दिए ।
ज्ञवाली पार्टीमा लागिरहिन् । ०५१ पछि एमाले सरकारमा पुग्दा उनको चर्चा हुन्थ्यो । उनी धेरै पटक राजदूत बन्दैछिन् भन्ने हल्ला पनि चल्यो । नेताको नजिक रहिरहने र आफ्ना कुरा राख्ने परिवारबाटै पाएको संस्कार पनि थियो उनको । स्कुल खोलेर बुटवल बस्दा पनि ठूला नेता आउँदा घरमै अनिवार्य रूपमा बोलाउने र ख्वाएर पठाउने कुरामा निकै ध्यान दिन्थिन् ।
तर, ०५४ सालमा पार्टी फुट्दा ज्ञवाली गौतमतिर उभिइन् । एकै ठाउँमा सामेल भएपछि पनि उनी पूर्वमाले खोज्दै हिँड्ने गरेको गुनासो गर्थे कार्यकर्ताहरू । कुशल गुटबाजका रूपमा चिनिन्छन् उनी । विगतमा माधवकुमार नेपालको सरकार ढाल्नका लागि उनले अपनाएको पक्षधरता सुन्दर र शोभनीय लाग्दैनथ्यो । भाषण्ँ, पत्रिका र बीबीसीसम्ममा सरकारविरोधी वकालत गरेकी थिइन् उनले । आफ्नै सरकार ढालेर प्रधानमन्त्री भएका झलनाथ खनालले भने उनको सम्मान गर्न सकेनन् । उनले दिएको सहायक ऊर्जा मन्त्रीको पद इन्कार गरिन ज्ञवालीले । मैले सामाजिक सञ्जालबाट उनलाई दिएको बधाई खेर गएको थियो त्यतिबेला । उनले फोन बन्द गरेकी थिइन् र शपथ बहिष्कार गरिन् ।
माओवादीलाई उसको पछि लागेर या गल्तीको आलोचना गरेर सच्याउने भन्ने विवाद एमालेभित्र घनीभूत रूपमा चल्यो । बाह्रबुँदे सहमतिदेखि चलेको विवाद माओवादीले संविधानसभाको हत्या गर्ने बेलासम्म चलिरह्यो । एमालेले विचार र व्यवहारमा एउटै दृष्टिकोण्ँ बनाउन सकेन । त्यही चरमा माओवादीले खेलिरह्यो । आफ्नो काम पूरा भएपछि झलनाथलाई पन्छायो । डा.बाबुराम भट्टराई प्रधानमन्त्री बने । त्यतिबेला सभासद् रहेकी उनी ऊर्जा मन्त्री बनिन् । माओवादी निरंकुशताको विरुद्ध १३ दिनमै सरकारबाट फिर्ता हुनुपर्यो । उनले साथीभाइलाई खुसी बाँड्नसमेत पाइनन् ।
जे सुकै कारण्ँले भए पनि ज्ञवाली महिलाका विषयमा लागिपरेकी हुन्छिन् । महिला संघ तथा सञ्जालहरूबाट उनको अभियान चलेको हुन्छ । दोस्रो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा एमाले राम्रो बन्छ कि भनेर परिचालन एवम् पछि निर्वाचन प्रचारमा मेरो संलग्नता रह्यो । ज्ञवाली एमाले रूपन्देहीको इन्चार्ज रहेकीले पनि बाक्लो भेट र सरोकार हुनु स्वाभाविकै थियो । चुनावमा चाहिँ निर्देशकहरूकी नेता थिइन् उनी । सिट बढाउनुको साटो भएको पुरानो गुमाउने अवस्था बन्यो । सफल इन्चार्ज बन्ने सपना अधुरै रह्यो उनको ।
उनी सम्भावना र चुनौतीका सामु उभिएकी छन् । नलिएको ऊर्जा, काम गर्न नपाएको ऊर्जा र हात परेको ऊर्जा मन्न्त्रालय ज्ञवालीले कसरी चलाउँछिन् ? त्यसभित्रको चोरी, ढिलासुस्ती र भ्रष्टाचारलाई तह लगाउने तत्परता र इच्छाशक्तिको परीक्षा पनि होला नै । देशलाई अँध्यारोबाट उज्यालोतर्फ लैजाने श्रेय लिने मौका पनि उनलाई छ । नागरिकहरू ज्ञवाली होइन, गोकणर््ँ विष्ट मन्त्री हुनुपर्ने भनिरहेका छन् । यसको सम्मान गर्ने, विष्टलाई साथ र सहयोगमा लिएर नयाँ सम्भावनाको ढोका खोल्ने कुरामा उनको प्रयत्न देखिने, सुनिने र अनुभव गर्न सकिने ढंगले अघि बढे हुन्थ्यो भन्ने जनचाहना देखिन्छ । ठालुहरूले उज्यालो पाइरहने र जनताले लोडसेडिङ खेप्नुपर्ने विभेदलाई मेटाउने काम गर्लिन् उनले ? अहिले मानिसहरूको यक्ष प्रश्न ऊर्जा मन्त्री ज्ञवालीतिर सोझिएको छ ।
(बुटवल निवासी एमालेका पुराना नेता घिमिरेको यो टिप्पणीलाई हामीले मेची–काली दैनिकबाट लिएका हौं ।)
सम्बन्धित समाचार
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपालीमा
-
अन्नपूर्ण पदमार्गमा मनोरम झरनाको आकर्षण
-
मोफसलका ‘आँखा बा’
-
भक्तपुरको आदर्श मावि पुगिन् यूएसएआईडीकी प्रमुख सामन्था पावर
-
तस्वीरमा उहिलेको पोखरा
-
एमालेसँग एक्लै चुनाव लडने तागत कसैसँग छैन : बिष्णु पौडेल
-
एमसीसी स्वीकार्न अमेरिकाले नेपालमा ‘धम्की कुटनीति’ शुरु गरेको छ, प्रतिरोध गर्छौ : चीन
-
देशको सीमाको विषयमा बोल्न नसके सरकारको वैधता समाप्त हुन्छ : प्रदीप ज्ञवाली
-
एमालेले भारतलाई भन्यो-लिपुलेकमा सडक खन्ने बलमिच्याई रोक
-
चुनावसम्म संसद अवरोध गरिरहन्छौं : ओली
-
नयाँ ढङ्गले राजनीतिक यात्रा शुरु गर्छु : शेखर कोइराला
Leave a Reply