जिफन्टमा को–को आए ?
काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अध्यक्षमा पुन: विष्णु रिमाल चयन भएका छन् । नेकपा (एमाले)का पोलिटब्युरो सदस्यसमेत रहेका रिमाल सर्वसम्मत महासंघको अध्यक्ष चयन भएका हुन् । राजधानीमा आइतबार राति सम्पन्न जिफन्टको छैटौं राष्ट्रिय महाधिवेशनले आगामी चार वर्षका लागि रिमालको नेतृत्वमा ४७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
महाधिवेशनले उपाध्यक्षहरूमा हरिदत्त जोशी, मधुसूदन खतिवडा, विदुर कार्की र विना श्रेष्ठ तथा महासचिवमा विष्ण्ुा लम्साललाई चयन गरेको छ । उपमहासचिवमा जनक चौधरी र जितेन्द्र जोन्छे चयन भएका छन् । छैटौं महाधिवेशनले पारित गरेको विधान अनुसार निर्वाचित सात जना सचिवमा रमेश बडाल (विदेश विभाग), दीपक पौडेल (शिक्षा विभाग), जितेन्द्र श्रेष्ठ (प्रचार तथा प्रकाशन विभाग), गुणराम आचार्य (आर्थिक विभाग), केशवप्रसाद दवाडी (सामाजिक सुरक्षा विभाग), दिनेश कुमार राई (केन्द्रीय युनियन परिषद्) र कमल गौतम (भोगोलिक संरचना समन्वय कमिटी) निर्वाचित भएका छन् ।
काठमाडौंको राष्ट्रिय सभागृहमा १४ गतेदेखि सुरु महाधिवेशन ४ वटा विशेष प्रस्तावसमेत पारित गर्दै सम्पन्न भएको हो । महाधिवेशनको एमाले अध्यक्ष झलनाथ खनालले उद्घाटन गर्नुभएको थियो भने वरिष्ठ नेता माधवकुमार नेपालले बन्द सत्रमा सम्बोधन गर्नुभएको थियो । महाधिवेशनको आइतबारको बन्दसत्रमा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्नुभएको थियो । उहाँले माओवादी नसच्चिए सिध्यिएर जाने दाबी गर्नुभयो । कम्युनिस्टको टोपी लाएर हिंसात्मक र अवसरवादी सोच राख्ने माओवादी तत्काल नसच्चिए पतन भएर जाने महासचिव पोखरेलको भनाइ थियो ।
महासचिव पोखरेलले ट्रेड युनियन आन्दोलनलाई वैचारिक रूपमा एकताबद्ध बनाएर श्रमिकको हकअधिकारका लागि सुनिश्चित गर्नुपर्ने धारणा राख्नुभएको थियो । जिफन्टको छैटौं महाधिवेशन ‘रूपान्तारण : श्रमशक्तिको विकासबाट’ भन्ने मूल नाराका साथ यही चैत १४ देखि सुरु भएको थियो ।
महाधिवेशनमा प्रवासी नेपाली श्रमिकका प्रतिनिधि, एक तिहाइ महिलासहित स्वदेशका प्रतिनिधि ४ सय ३९ र पर्यवेक्षक १ सय ६६ गरी जम्मा ६ सय ५ प्रतिनिधिको सहभागिता रहेको थियो । महाधिवेशनमा अमेरिका, अफ्रीका, चीन, जापानलगायतका देशबाट पनि ट्रेड युनियनकर्मीहरूले सहभागिता जनाएका थिए ।
यसैगरी युनियन परिषद् संयोजकहरू अम्मर यादव (औद्योगिक क्षेत्र युनियन परिषद् ), कुलबहादुर खत्री यातायात सम्बन्ध क्षेत्र युनियन परिषद् ), राम बुढाथोकी (पर्यटन क्षेत्र युनियन परिषद् )ं, चन्द्रप्रसाद गुरुङ (गैरकृषि अनौपचारिक क्षेत्र), मोहन नेपाल (सहरी अनौपचारिक क्षेत्र), तुलसीप्रसाद सिवाकोटी (शिक्षा सञ्चार तथा सेवा क्षेत्र), उत्तमकुमार श्रेष्ठ (स्वास्थ्य क्षेत्र), भक्तबहादुर विक (कृषि तथा बगान क्षेत्र) चयन भएका छन् । यस्तै, केन्द्रीय सदस्यहरूमा सन्त राई, किशोर धमला, त्रिविक्रम ज्ञवाली, रामनरेश सिंह, कमलेश झा, रामहरि नेपाल, मीना गुरुङ, हरि कार्की, पूर्ण केसी, देवबहादुर वम तथा महिला सदस्यहरूमा गुमादेवी आचार्य, बेलीमैया घले, अमला श्रेष्ठ, सीता लामा, मायादेवी पोडे, कमलादेवी तामाङ, सुकमती याख्खा (देवान), मञ्जु थापा, दीपा भण्डारी, माया गुरुङ, मीना चौधरी, विन्दु श्रीवास्तव, अरुणा थापा र केन्द्रीय युवा कमिटी अध्यक्षमा दामोदर सापकोटा चयन भएका छन् ।
यस्तै, ९ सदस्यीय जिफन्ट गभनिर्ङ काउन्सिलसमेत गठन गरिएको छ । सो कमिटीमा राष्ट्रिय कमिटीबाट अध्यक्ष विष्णु रिमाल, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् सदस्यद्वय मुकुन्द न्यौपाने र ललित बस्नेत, श्रमिक सहकारी केन्द्रीय प्रवद्र्धन कमिटीबाट विनोद श्रेष्ठ, संविधानसभा सदस्यका तर्फबाट चूडामणि जंगली र पेम्बा लामा, वरिष्ठ युनियनकर्मी सञ्जालका तर्फबाट उद्धव केसी, ट्रेड युनियन पोलिसी इन्स्टिच्युटबाट उमेश उपाध्याय र अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओका तर्फबाट विन्दा पाण्डे रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply