गुरुपूर्णिमाका अवसरमा गुरुहरुलाई सम्मान
काठमाडौं । नेपालकै दोस्रो ठूलो महेन्द्ररत्न क्याम्पस ताहाचलमा हिजो शनिबार गुरु पूर्णिमाको अवसरमा एक कार्यक्रमका बीच गुरुहरूको सम्मान गरिएको छ । एमएड पहिलो वर्षका अंग्रेजी फ्याकेल्टीका विद्यार्थीहरूले आयोजना गरेको कार्यक्रममा गुरुहरूलाई सम्मान गरिएको हो । कौशल दाहालको संयोजकत्वमा डम्बर खपांगी, पवित्रा कार्की जलमती चौधरी तुलसा झाँक्री सदस्य रहेको एक समितिले सो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा गुरुहरु उमानाथ शर्मा, विकास शर्मा, रामलाल तामाङ र बलराम अधिकारी अतिथि तथा कार्यक्रम सञ्चालक दिपक दुलाल र रिता थापा हुनुहुन्थ्यो । कार्यक्रमको सभापतित्व कुमार पहाडीले गर्नुभएको थियो ।
शुभकामना मन्तव्य राख्नेक्रममा वक्ताहरुले विद्यार्थी तथा अतिथि वर्गले वर्तमान परिपेक्षको शिक्षाको चर्चा र विद्यार्थी र शिक्षकले निभाउनुपर्ने भूमिकाबारे प्रस्ट्याउनुभएको थियो । विद्यार्थीहरू भविष्यका कर्णधार भएकाले असल र नैतिकवान् भई आफ्नो उद्देश्यतर्फ सधैं उन्मुख भएर लागिरहनुपर्ने उहाँहरुको धारणा थियो । पाठ्यक्रम तथा परिवेशअनुसारको व्यावहारिक शिक्षा हुनुपर्ने कुरामा अतिथिहरुले जोड दिनुभएको थियो । नेपालको सन्दर्भमा कुरा गर्ने स्तरभन्दा परिमाणमा मात्रै जोड दिने काम भएकाले परीक्षा प्रणालीदेखि समय सन्दर्भका पाठ्यक्रममा जोड दिनुपर्ने पनि अतिथिहरूको भनाइ थियो । कार्यक्रममा गुरुहरुको सम्झनामा पाँच मिनेट मौनधारण गरिएको थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply