डीएसपी असुली धन्दामा
काठमाडौं । महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेका डीएसपी वीरेन्द्र शाहीले असुली धन्दा तीव्र पारेका छन् । उनले केन्द्रीय निर्देशिका विपरीत घुमुवा राखेर दसैंको मुखमा व्यापारीहरूबाट पैसा उठाउन थालेको थाहा भएको छ ।
यसअघिका डीएसपी गणेश चन्दलाई असक्षमको पगरी गुथाउन लगाएर ७ महिनाअघि कर्मचारी नेतृत्वको सरकार हुँदा सोह्रखुट्टे आएका उनले त्यसयता लगातार उठ्ती धन्दा जारी राखेको बताइन्छ । डोटीमा जन्मिएका उनले पश्चिम क्षेत्रको साइनो लगाएर उपत्यकाका डीआईजी विश्वराजसिंह शाही, केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका डीआईजी हेमन्त मल्ल ठकुरीलगायतको नाम बेचेर उठ्ती धन्दा जारी राखेको स्रोतको दाबी छ । शाही शासनका गृहमन्त्री दानबहादुर शाहीको नातामा भतिजो पर्ने डीएसपी शाही दानबहादुर मन्त्री हुँदा पीए बसेर असुलीमा लागेका थिए । अकुत सम्पत्ति आर्जनको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन भए पनि अख्तियारमा कार्यरत रहेका डीएसपी अजय केसीले उनको मुद्दा तामेलीमा राखेका थिए ।
शाही सीमा प्रहरी कार्यालय लार्चा, सिन्धुपाल्चोकमा इन्स्पेक्टर भएर काम गर्दा रक्तचन्दन, डलर र सुन तस्करी गरेरै करोडौं आर्जन गरिसकेको स्रोतको दाबी छ । उनलाई त्यो बेला नुवाकोट सरुवा गरिए पनि संगठनले खटाएको स्थानमा नगई उनी कमाइ हुने स्थानमै बसेका थिए । बानेश्वर वृत्तमा बसेर असुली जारी राखेका शाही पछि मिसन गएका थिए ।
महाराजगञ्ज वृत्तमा बसेका उनी नयाँ बसपार्कको प्रभाग प्रमुख भएर बसेका थिए । खटाएको स्थानमा नजाने र पैसा भनेपछि मरिहत्ते गर्ने उनको शैलीकै कारण ३५ जना इन्स्पेक्टरको बढुवा भए पनि १७औं नम्बरका उनको भने बढुवा भएको थिएन ।
दोस्रो चरणमा बढुवा भएका उनको मोरङमा पदस्थापन भयो । विश्व पोखरेल मोरङ हुँदा सबै आर्थिक कारोबार र उठ्तीपुठ्ती हेर्ने जिम्मेवारी पनि बानेश्वर वृत्तमा सँगै रहेका आधारमा पोखरेलले शाहीलाई दिएका थिए । त्यहाँ घुमुवा राखेर अकुत असुली गरेका डीएसपी शाहीले प्रबन्धका डीआईजी केशबहादुर शाही र हेमन्त मल्ललाई प्रयोग गरेर उपत्यकाको सबैभन्दा बढी कमाइ हुने स्थान सोह्रखुट्टे वृत्तमा आउने मौका पाए ।
अचेल सोह्रखुट्टेका डीएसपी शाहीले प्रत्येक डान्सबार, डिस्कोबाट व्यापारी राम गिरीमार्फत पैसा असुली गरिरहेको थाहा भएको छ । पैसा उठाउनका लागि भनेरै डीएसपी शाहीले घुमुवा असई बेद केसीलाई प्रयोग गरिरहेको बताइन्छ । बूढानीलकण्ठ पासीकोट–५ मा करोडौं पर्ने महल भएका उनले आफ्ना छिमेकी गोकर्ण थापामार्फत मिटर ब्याजमा पैसा लगानी गरिरहेको थाहा भएको छ । थापाको महाराजगञ्जमा रहेको अटो सेन्टरमा पनि डीएसपी शाहीले नै लगानी गरेको बताइन्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply