स्वास्थ्यको लगानी : बालुवामा पानी !
नुवाकोट । जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले बर्सेनि महिला तथा प्रजनन् स्वास्थ्य र सुरक्षित मातृत्वसम्बन्धी जनचेतना जगाउनका लागि लाखौं रुपियाँ खर्च गरे तापनि उपलब्धि भने निराशाजनक रहेको पाइएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा बिदुरमा आयोजित सुरक्षित मातृत्व तथा नवजात शिशु स्वास्थ्यसम्बन्धी दीर्घकालीन योजनाका उपलब्धि विषयमा आयोजित अन्तक्र्रियामा यस्तो तथ्य सार्वजनिक भएको हो ।
जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित सरोकारवालाहरूसँगको अन्तक्र्रिया कार्यक्रमका सहभागीहरूले खर्चको अनुपातमा उपलब्धि निराशाजनक रहेको बताएका हुन् । नुवाकोटमा जिल्ला अस्पताल, ३ वटा प्राथमिक स्वास्थ्य केन्द्रसहित २२ वटा बर्थिङ सेन्टर अर्थात सुरक्षित प्रजनन् केन्द्र रहे पनि ती केन्द्रहरूको वार्षिक उपलब्धि भने ज्यादै कम रहेको तथ्यांकले देखाएको छ । गर्भवती महिला तथा नवजात शिशुको मृत्यदरलाई घटाउँदै असुरक्षित सुत्केरीबाट हुन सक्ने खतरालाई कमी ल्याउनका लागि नेपाल सरकारअन्तर्गत स्वास्थ्य कार्यालय र स्थानीय निकायद्वारा जिल्लाका विभिन्न स्थानहरूमा निर्माण, व्यवस्थापन तथा सञ्चालन गरिएका बर्थिङ सेन्टरमा गएर चेकजाँच गर्ने र सुरक्षित सुत्केरी गराउने महिलाहरूको संख्या भने निकै कमी रहेको देखिएको हो ।
आगामी सन् २०१५ सम्ममा स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनेको प्रतिशत ४० पुर्याउने सहस्राब्दी विकास लक्ष्यले निर्धारण गरेको छ । तर, १ वर्ष मात्र बाँकी रहँदा नुवाकोटमा भने स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी गराउनेको प्रतिशत लक्ष्यभन्दा आधा अर्थात केवल २२ दशमलब १ प्रतिशत रहनुले सरकारी प्रयास निरर्थक साबित भएको हो । जिल्लाका ३४ वटा गाविसमा स्वास्थ्य संस्थामा गएर सुरक्षित सुत्केरी गराउनेहरूको संख्या शून्य रहेको छ । १४ वटा गाविसका केवल २० प्रतिशतसम्म महिलाहरू मात्र सुत्केरीका लागि स्वास्थ्य संस्थामा जाने गरेको पत्ता लागेको छ ।
त्यस्तै, ९ वटा गाविसका गर्भवतीहरूमध्ये २० देखि ४० प्रतिशतसम्म यसका लागि स्वास्थ्य संस्थामा जाने गरेका छन् । ३ गाविस र १ विदुर नपाका महिलाहरू सहश्राब्दी विकास लक्ष्य अनुसारको ४० प्रतिशतको लक्ष्य हासिल गर्न सफल भएका छन् । समुन्द्रटार, खरानीटार र काउले गाविसलगायत विदुर नपाका ४० प्रतिशत महिलाहरू स्वास्थ्य संस्थामा जँचाई सुत्केरी हुने गरेका छन् । आवश्यक प्रचार–प्रसारको कमी, सबै गाविसमा बर्थिङ सेन्टरको अभाव, बर्थिङ सेन्टरमा कर्मचारीको अभाव र व्यवस्थापनमा देखिएको समस्याले गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा जँचाउन नजाने र सुरक्षित सुत्केरी सेवा लिन असमर्थ रहेको सरोकारवालाहरूको भनाइ छ ।
जिविस, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, सडक कार्यालय, महिला तथा बालबालिका कार्यालय र जिल्ला स्वास्थय कार्यालयका अधिकृत प्रतिनिधिहरू समेतले स्वास्थ्य संस्था र सेवाको सबल पक्ष, दुर्बल पक्ष, अवसर र चुनौतीहरूका विषयमा छलफल गरिएको थियो । सुरक्षित मातृत्व कार्यक्रममा सुत्केरी सामग्री, नगद प्रोत्साहन, आमा कार्यक्रम, न्यानो झोला तथा सुरक्षित गर्भपतनका विभिन्न आकर्षक कार्यक्रमहरू समावेश गरिए तापनि प्रचार–प्रसारको अभावले ती कार्यक्रमहरूले गर्भवती महिलाहरूको ध्यान आकर्षित गराउन नसकेको जिल्ला विकास समितिका सामाजिक विकास अधिकृत पुष्कर शर्मा रिमालको भनाइ छ । नुवाकोटमा एक बिदुर नगरपालिका र ६१ गाविस रहेका छन् ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply