आन्दोलनरत युवाको अपमान
युवा संघ नेपालले संगठनको आन्तरिक लोकतान्त्रिकरणको थालनी र बहुपदीय नेतृत्वको विकासका लागि २०६९ मंसिर १५ र १६ गते प्रथम विधान सम्मेलन सम्पन्न गर्यो र विधान सम्मेलनबाट आफ्नो सांगठनिक ढाँचा परिमार्जन गरी आठौ राष्ट्रिय महाधिवेशनको तयारीमा लाग्यो । सार्वभौम प्रतिनिधिहरूको मान्डेटलाई आत्मसात् गर्दै विधान सम्मेलनबाट पारित विधानलाई आठांै राष्ट्रिय महाधिवेशनमा पेस गरी अनुमोदित गर्ने व्यवस्था गरियो । सोही अनुसार सम्पूर्ण कमिटी र सदस्यहरू निर्वाचित मात्र राख्ने, कुनै मनोनीत संरचना र पद नराख्ने, राष्ट्रिय युवा परिषद्, लेखा आयोग, अनुशासन आयोग साथै निर्वाचित रूपमा अञ्चल कमिटीको व्यवस्था साथै केन्द्रीय कमिटीको संख्या १३५ र सचिवालय ४५ जना बनाउने निर्णय भयो । प्रथम बैठकमा हाम्रा विधान सम्मेलन र राष्ट्रिय महाधिवेशनले तय गरेका युवा आन्दोलनका कार्यदिशा र कार्यक्रमलाई थप विस्तृत कमिटीमा छलफलसहित जिम्मेवारी बाँडफाँट र कार्ययोजना निर्माण गरियो । त्यस बैठकमा कुनै फरक मत थिएन, जिम्मेवारी बाँडफाँटमा केही असहमति भए पनि त्यसले संगठनमा ठूलो अन्तरविरोध राखेन ।
हाम्रो संगठनात्मक सिद्धान्तले हरेक व्यक्तिलाई कमिटीकै मातहतमा राख्दछ । अध्यक्षलगायत पदाधिकारी कमिटीकै मातहतमा हुन्छन्, व्यक्ति कार्यकारी हुन सक्दैन, कमिटी कार्यकारी हुने हाम्रो सांगठनिक मान्यता छ । हाम्रो सर्वाेच्च निकाय महाधिवेशन र त्यसपछि केन्द्रीय कमिटी, युवा परिषद्को व्यवस्था छ । स्थायी कमिटी चाहिँ केन्द्रीय कमिटीका निर्णयलाई कार्यान्वयन गर्ने, मूल्यांकन, अनुगमन र त्यसको व्यवस्थापन र केन्द्रीय कमिटीमा लैजाने प्रस्तावहरू तयार गर्ने, संयोजन र नेतृत्वदायी भूमिका प्रदान गर्ने उच्च तह मात्र हो । पछिल्लो समयमा स्थायी कमिटीभन्दा पनि अध्यक्षलगायत युवा संघका केही साथीहरूले विधान सम्मेलनबाट पारित विधानको मर्म र भावनाविपरीत प्रस्ताव ल्याउने र त्यसलाई स्वेच्छाचारी निर्णय गर्दै जाने प्रवृत्तिको विकास भयो । हाम्रो विधि र हाम्रो गरिने भाषणमा मात्र लोकतन्त्र, आचरण, संगठन सञ्चालनमा अलोकतान्त्रिक, अराजनीतिक क्रियाकलापबाट अगाडि बढ्न थाल्यो । दिन–प्रतिदिन कमिटीका निर्णयभन्दा पनि व्यक्तिगत महत्त्वाकांक्षी निर्णयहरू हुन थाले । मोरङको गोठगाउँ बैठकले महाधिवेशनको भावनाविपरीत संघका केही नेता, कार्यकर्तालाई कारबाही गरी संगठनमा आबद्ध भएका व्यक्ति र समूहको भीडभाड देखाउने र राजनीतिक चरित्र भएका विचारमा बहस गर्नेलाई अपमान गर्ने काम गर्यो । संगठनका केही प्रचारमुखी कार्यहरू गर्ने जस्ता थुप्रै चरम निरंकुश कार्यशैली अपनाइयो । पार्टीको जनसंगठन सञ्चालन कार्यविधिको पनि कुनै वास्ता नभएको र पार्टी नेताहरूको पनि मन नपरेको मान्छेलाई कार्यविधि व्याख्या गर्ने र मन परेको मान्छेसँग कार्य विधिको क पनि उच्चारण नगर्ने कारणले संगठनको पहिचान, विधि, प्रक्रिया प्रभावकारिता र छविलाई समेत बेला–बेलामा नकारात्मक प्रभाव परेको छ ।
पार्टी नेतृत्व तहमा त्याग, समर्पण, बलिदान र संगठनप्रतिको योगदानको कुनै मूल्यांकन आधार नबनाई आफ्नो वरिपरि चाकडी र चाप्लुसी गर्नुलाई मूल्यांकनको आधार बनाउने परिपाटीको थालनीले पनि यी महत्त्वाकांक्षी र स्वेच्छाचारी निर्णय हुने गरेका छन् । संगठनभित्र कमिटीगत र सामूहिक निर्णय नभई व्यक्तिगत निर्णयले विधि विधान प्रभावित हुने हुँदा निर्णयको स्वामित्व राजनीतिक मूल्य–मान्यता बोकेका नेता, कार्यकर्ताले लिन सक्ने कुरा भएन । त्यसले अन्तरविरोध विधि, प्रक्रिया, पद्धति मान्ने र नमान्नेको बीचमा उत्पन्न हुन्छ । यही समस्या युवा संघ इतिहासमा माघ २१ गते जुन निर्णय भयो, इतिहासमा नै थिएन र हाम्रो पार्टी नेकपा (एमाले)को परम्परामा पनि छैन । यदि त्यस्तो गर्ने हो भने हामीले किन महाधिवेशन गर्ने ? राष्ट्रिय युवा प्रतिनिधि परिषद् किन चाहियो ? किन कमिटी चाहियो ? शक्तिमा रहेको मानिसले आफू निकटका मानिसलाई विभिन्न पदहरूमा टीका लगाउने निरकुंश शैलीबाट कस्तो खालको संगठन निर्माण गर्न खोजिएको हो ? लोकतान्त्रिक विधि, समावेशी सहभागिता र लोकतान्त्रिक चरित्रको क्रियाकलाप अनुरूप अगाडि बढ्दा सामूहिक निर्णय र छलफल हुन्छ । बैठकमा आफैले अध्यक्षता गर्ने, आफैले राजीनामा दिएर आफै स्वीकृत गर्ने र रिक्त पदाधिकारी पदमा राजनीतिक संगठनमा व्युरोकेसी जस्तै आन्तरिक बढुवाको पदपूर्ति गर्ने जस्ता स्वेच्छाचारी निर्णयले विधिविधानको ठाडो उल्लंघन भएको छ । यस्तो बल मिचाइको निर्णयले संगठनमा राजनीतिक चरित्र भएका र लामो संघर्ष गरेका आम युवाहरूको अपमान भएको छ ।
हामीले समाज बदल्नु छ, सामाजिक कुसंस्कारको कालो बादल हटाउनु छ । राष्ट्रियता, लोकतन्त्र, जनजीविका र युवालाई मर्यादित काम र रोजगारीको ग्यारेन्टीका लागि संवैधानिक अधिकारसहित युवा हकहित र अधिकारको आन्दोलनलाई पूर्ण सार्थक परिणाममा पुर्याउनु छ । यी काम सम्पन्न गर्नका लागि संस्थागत पहल, संगठनका नीति र विधिको पालना हुनुपर्छ । तब हामीले युवा आन्दोलनले अपेक्षा गरेको कार्यदिशालाई सफलतामा पुर्याउन सक्छौं । अलोकतान्त्रिक, अराजनीतिक, स्वेच्छाचारी, अनुशासनहीन र बाहुबलको माध्मबाट जब संगठनलाई कुनै विचार समूहले आन्तरिक जीवनमा आँच आउने निर्णय गराउँछ, तब समस्या आइरहन्छन् ।
(शाही युवा संघ नेपालका सचिव हुन्)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply