‘नामांकन र सीमांकनमा अल्झिनु हुँदैन’
धनकुटा । नेकपा (एमाले)का उपमहासचिव विष्णुप्रसाद पौडेलले देशलाई गतिशील बनाउन यही साउन मसान्तभित्रमा जनमुखी संविधान निर्माण गरेरै छाडनुपर्ने बताउनुभएको छ ।
एमाले धनकुटाले ३७आँै पुष्पलाल स्मृति दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा नेता पौडेलले नामांकन र सीमांकनसहितको संविधान जारी गर्नुपर्ने आवश्यक भए पनि त्यसैका कारणले संविधान निर्माणमा अलमल गर्न भने नहुने बताउनुभयो ।
कार्यक्रममा वाम–प्रजातान्त्रिक आन्दोलनका क्रममा कारागार परेका जिल्लाका तत्कालीन ५९ राजबन्दीलाई सम्मान तथा अभिनन्दन (१९लाई मरणोपरान्त) गरिएको थियो । कार्यक्रममा विभिन्न दल परित्याग गरी एमालेमा प्रवेश गर्ने एक सय बढी नेता तथा कार्यकर्तालाई स्वागत गरिएको थियो । यसैबीच, संघीय समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम नेपालबीच एकता भएपछि असन्तुष्ट रहँदै आएका संघीय समाजवादी पार्टीका जिल्ला सचिव मीनबहादुर लामासहितका कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । एमाले प्रवेश गर्नेमा तत्कालीन समाजवादी पार्टीका जिल्ला सदस्य रघुवीर गुरुङ, आसबहादुर गोले तामाङ, गणेश गुरुङ, क्षेत्रीय कमिटी सदस्य मीनबहादुर महतो र रुमकान्त श्रेष्ठ छन् ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply