कर्मचारीमा सरुवाको दौडधुप
काठमाडौँ । सामान्यतया २–२ वर्षमा हरेक निजामती कर्मचारीको आलोपालो सरुवा हुनुपर्ने नियम छ । तर, प्रभाव र पहँुच हुनेहरू लामो समयदेखि रोजेको ठाउँमा र कतै भनसुन नगर्नेहरू सबैले छाडेको स्थानमा बस्न बाध्य छन् ।
सामान्य प्रशासन मन्त्रालयले साउन महिना कर्मचारीहरूको अन्तर मन्त्रालय सरुवा र भदौ महिना मन्त्रालय मातहतका शाखा तथा विभागमा सरुवाका लागि समय छुट्याउने गरेको छ । अन्तर मन्त्रालयस्तर कर्मचारी सरुवा प्रक्रिया सुरु गरेको २ साताको अवधिमा सरुवा माग गर्दै २ हजार भन्दा बढीले निवेदन दिएका छन् ।
सरुवा गराइपाउन अहिले कर्मचारीहरू कर्मचारी संघ–संगठनका कार्यालय र नेताका घर धाउन थालेका छन् । तर, अहिले अधिकांशले नापी, मालपोत, यातायात, वैदेशिक रोजगार विभागलगायतका कार्यालयलाई रोजाइमा पार्न छाडेका छन् । यसअघि बढी मालदार निकाय भनेर चिनिने ती अड्डामा आउनका लागि सोर्सफोर्स मात्र होइन सिधै पैसाको चलखेल समेत हुने गरेकोमा यसपटक भने त्यस्ता अड्डामा कर्मचारीहरूको आकर्षण घटेको छ । अख्तियार दुरपयोग अनुसनधान आयोगले बढी टार्गेट गरेका निकाय भएकाले फस्न सकिने भन्दै कर्मचारीहरू ती मालदार भनिएका स्थानमा अचेल जान नपरे हुने भन्दै त्यस्ता बाहेकका स्थानमा सरुवा गराइमाग्न आउने गरेको बताइन्छ । तैपनि दुर्गमबाट सुगम तथा घरपायकको सरुवा गराउन आग्रह भने प्रशस्त आउने गरेको बताइन्छ ।
सामान्य प्रशासन मन्त्रालयका अनुसार सरुवाको माग गर्दै अहिलेसम्मं २ हजार कर्मचारीको निवेदन परेको छ । त्यसमध्ये २४ साउन २०७२ को ८४ कार्यालय सहयोगीको सरुवासमेत गरी करिब ३ सय कर्मचारीको सरुवा गरिसकेको मन्त्रालयले जनाएको छ । निवेदन परेकामध्ये ३ सय कर्मचारीको मात्र रिक्त स्थान र अवस्था हेरेर सरुवा गरिएको तथा अरू सरुवा पनि केही दिनभित्रै हुने मन्त्रालय स्रोतले जनाएको छ । सरुवा हुने क्रम सुरु भएको र अधिकृत तहसम्मका गरी ३ सय जना कर्मचारीको सरुवा भइसकेको मन्त्रालयका प्रवक्ता सहसचिव बाबुराम अधिकारीले जानकारी दिए । नयाँ मापदण्ड अनुसार ५ वर्ष एकै स्थानमा रहेकाको अब स्वत: सरुवा हुने भएको छ ।
मन्त्रालयअन्तर्गतको दर्ता शाखाका अनुसार निवेदन पर्ने क्रम बढेको छ । दुई दिनमा ३ सय ५० भन्दा बढीको निवेदन परेको छ । सरुवाका लागि निवेदन दिनेमा राजपत्र अनंकितदेखि नायब सुब्बा तहका कर्मचारीको संख्या अत्यधिक छ ।
सुब्बासम्मका कर्मचारीको संख्या झन्डै ७० प्रतिशत र अधिकृतभन्दा माथिका कर्मचारीको संख्या झन्डै ३० प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
सरुवाका लागि निवेदन दिएकाको प्रमुख आकर्षक रोजाइ अर्थ मन्त्रालय र मातहतका निकाय देखिएका छन् । यसैगरी, स्थानीय विकास, पर्यटन, उद्योग मन्त्रालयमा जान चाहनेको संख्या पनि उल्लेख्य पाइएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सामान्यमा परेका सरुवाको निवेदनमाथि छानबिन र अध्ययन
भइरहेको छ ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवासम्बन्धी नयाँ मापदण्ड बनाइसकेकाले सोअनुसार नै कर्मचारी सरुवाको प्रक्रिया थालेको जनाएको छ । मन्त्रालयका अनुसार पाँच वर्षभन्दा बढी समयसम्म एकै कार्यालयमा बसिरहेका कर्मचारीलाई त्यहाँबाट अन्यत्र सरुवा गरिने तयारी गरिएको छ । ‘यसअघि गतिलो मापदण्ड नबनेकोले वस्तुगत र वैज्ञानिक हुँदैनथ्यो, यो पटक मापदण्ड पूर्ण रूपमा लागू हुने हो भने सबैले न्याए पाउछन् ।’ नेपाल निजामती कर्मचारी संगठनका महासचिव मोहन घिमिरेले भने ।
खासमा नियमित सरुवामा दुर्गमबाट सुगम, दु:ख परेकालाई सुख र अन्य मौका आलोपालो हुनेगरी हुनुपर्छ भन्ने संगठनको अडान रहेको महासचिव घिमिरेले बताए । ‘नयाँ बनेको मापदण्ड आफैं व्यवस्थित छ, त्यो पूर्ण लागू भएमा कोही कसै पनि असन्तुष्ट हुने ठाँउ रहँदैन’ घिमिरेले भने ।
यसैगरी, गाविस सचिवको सरुवा गर्दा विकल्प भएमा मात्रै सरुवा गरिने भएको छ । गाविस सचिवको सरुवा गर्नुभन्दा पहिला स्थानीय विकास मन्त्रालयको सहमति चाहिने नियम पनि सामान्य प्रशासन मन्त्रालयले बनाएको छ । स्थानीय निकायलाई रिक्त हुन नदिने सन्दर्भका लागि स्थानीय विकास मन्त्रालयको सहमति खोजिने नियम ल्याइएको बताइन्छ ।
कर्मचारीको सरुवा सुरु भएसँगै विभिन्न ट्रेड युनियनका पदाधिकारी आफूनिकट कर्मचारीलाई सरुवा गराउन मन्त्रालय धाउन थालेका छन् । मन्त्रालयले भने ट्रेड युनियनका पदाधिकारीको सोर्सकै आधारमा कर्मचारीको सरुवा नहुने स्पष्ट पारेको छ । मन्त्रालयका प्रवक्ता अधिकारीले सिस्टम र प्रक्रियाअनुसार मापदण्ड पुगेका सबै पक्षको सरुवा हुने बताए ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply