झलनाथको मत खाली !
काठमाडौं । राष्ट्र्रपति पदमा आकांक्षा राखेर पनि हुन नसकेका एमाले वरिष्ठ नेता झलनाथ खनालमाथि एमालेको एउटा वृत्तमा आशंका फैलिएको छ । विद्या भण्डारीलाई राष्ट्र्रपति बनाउने बेलामा खाली भेटिएका दुई मत उनै खनाल र उनका एक पूर्वसल्लाहकारको भएको चर्चा एमाले संसदीय दलमा छ ।
सांसद रामवीर मानन्धरले त ‘दुई जना पत्ता लागे, अब हेरौं तिनीहरूमाथि के कारबाही हुन्छ’ भनेर फेसबुकमै लेखेका छन् । तर, गोप्य मतदान भएका कारण उनीहरूले नै खाली राखेका हुन् भनेर कतै पुष्टि हुने कुरा भएन । एमालेको गत महाधिवेशनमा तटस्थ बसेर कतै पनि मत नहालेका खनालले राष्ट्रपति निर्वाचनमा पनि त्यसै गरे होलान् भनेर अनुमान गर्नुको कारण पनि त्यही हो । एमालेका एक सांसदले बुधबारसँग भने, ‘पार्टीको निर्वाचनमा पनि मतदान नगरेर उहाँ र उहाँका
समर्थकहरूले खाली राखेका कारण राष्ट्र्रपति निर्वाचनमा पनि उम्मेदवारबारे चित्त नबुझेका कारण उहाँले नै मत हाल्नुभएन कि भन्ने लागेको हो ।’
राष्ट्रपति निर्वाचनको वरपर खनालको निस्क्रिय भूमिका कारण पनि त्यस्तो भन्नेलाई बल पुगेको छ । एमालेका एक पोलिटब्युरो सदस्यले भने, प्रधानमन्त्री निर्वाचनका बेला केपी ओली जता फर्कनुहुन्थ्यो, जेएन कमरेड पनि त्यतै फर्किनुहुन्थ्यो । तर, के कारणले हो राष्ट्रपति निर्वाचनका बेलाचाहिँ उहाँलाई संविधानसभामा देख्न पनि मुस्किल पर्यो । हुन पनि खनाल कतै पनि दृश्यमा नदेखिने मात्र होइन, भेट्दा पनि कोहीसँंग खुलेर बोलेनन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply