सोल्टी होटल लागूऔषधको अखडा !
काठमाडौं । मुलुककै प्रतिष्ठित र अन्तर्राष्ट्रिय छवि भएको होटल सोल्टी खुलेआम लागूऔषध प्रयोगकर्ता (ड्रगिस्ट)को अखडामा परिणत भइरहेको भन्दा पत्यार नलाग्न सक्छ । तर, त्यहाँको वास्तविकता थाहा पाउनुभयो भने तपाईंले यो कुरा नपत्याई सुखै छैन ।
विदेशबाट आएका धनाढ्य व्यक्ति, पर्यटक तथा अन्य उच्च अधिकारीहरूले विभिन्न अन्तर्राष्ट्रिय सम्मेलनस्थलका रूपमा प्रयोग गर्ने गरेको होटल सोल्टीमा केही दिनअघि होटलको केन्द्रीय कार्यालय सोल्टी होटेल लिमिटेडमा कार्यरतसागर जोशी बाथरुममा सिरिन्जसहित भेटिएपछि कसरी नपत्याउनु ?
क्याम्पस पढ्दा नै गलत संगतमा लागेका जोशी सो लिमिटेडमा सहायक तहमा कार्यरत छन् । कार्यालय समयभित्रै नियमित रूपमा बाथरुम जाने र सुई लगाउने गरेका जोशी केही दिनअघि भने रंगेहात नै फेला परेका थिए । जोशीले अरू केही युवालाई पनि त्यस्तो संगतमा लगाएको र लागूऔषध दुव्र्यसनीका कारण अन्य कर्मचारीहरू हैरान भएका छन् ।
पहिलेदेखि नै दुव्र्यसनीको अखडा बन्दै गएपछि अन्य कर्मचारीले व्यवस्थापन र सुरक्षा विभागमा उजुरी गरेका थिए । तर, व्यवस्थापनले सुनुवाइ नगरे पनि सुरक्षाकर्मीले भने त्यो दिन जोशीलाई रगतपच्छे भएर सिरिन्ज घोपिरहेको अवस्थामा बाथरुमबाटै फेला पारेका थिए ।
वयोधा अस्पतालमा ल्याएर सिरिन्ज परीक्षण गर्दा लागू पदार्थ प्रयोग गरेको प्रमाणित भएको थियो । दुव्र्यसनी जोशी एमाओवादी निकट मजदुर युनियनका उपाध्यक्ष पीआर जोशीका छोरा हुन् । त्यही भएकाले पनि व्यवस्थापनले उनलाई कारबाही गर्ने आँट गरेको छैन । सर्टमा रगत लत्पतिएको अवस्थामा सुरक्षागार्डले पक्राउ गरेपछि होटलको लगबुकमा रेकर्डमा समेत जनाइएको थियो ।
आफ्नो डिउटीमै कर्मचारीहरूले ड्रग खाने धन्दा जारी रहँदा पनि व्यवस्थापनले भने ‘थाहा नभएको’ प्रतिक्रिया दिएको छ । पहिले आफूलाई यसबारे थाहा नभएको प्रतिक्रिया दिएका विष्टले दोस्रो पटक भने ९८०१०७१०० मोबाइल नम्बरमा फोन गर्दा आफ्नो नभएको भन्दै आफू दिनेश विष्ट नभएको झूट बोले । मासिक ५ लाखभन्दा बढी तलब खाने गरेका होटेलका कार्यकारी अध्यक्ष दिनेश विष्टले आफूलाई यसबारेमा थाहा नभएको प्रतिक्रिया दिए ।
होटलका अध्यक्ष विष्ट छन् भने विभिन्न व्यापारीहरू समेत गरी ९ जनाको बोर्ड अफ डाइरेक्टर छन् । बोर्डमा राजेशकाजी श्रेष्ठ, रभिभक्त श्रेष्ठ, निरञ्जन टिवडेवालालगायत रहेको बताइन्छ । दरबारको स्वामित्वमा रहँदै आएको सो होटलको सेयर ४० प्रतिशत अझै दरबारको नाममा छ भने अरू व्यापारीहरूले बाँडचँुड गरेका छन् । जोशीलाई जागिर खुवाउने बेलामा पनि शालिकराम जमरकट्टेलको दबाबमा सहिदको बच्चाको कोटामा जागिर खुवाइएको कर्मचारीहरू बताउँछन् ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply