भिक्षु नहुँदा फाइल रोकियो
काठमाडौं । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोधले काठमाडौं छाड्न नचाहेपछि नजिकिँदै गइरहेको बुद्ध जयन्तीको काम प्रभावित बन्न पुगेको छ । आगामी जेठको पहिलो साता लुम्बिनीमा बुद्ध जयन्ती मनाउने तयारी भइरहँदा उपाध्यक्ष निग्रोध भने काठमाडौंमै बसिरहेका छन् र निग्रोधको काठमाडौं बसाइँ लम्बिँदै जाँदा कतिपय फाइलहरू सदर गर्नुपर्नेमा त्यत्तिकै रोकिइरहेको छ ।
काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भाग लिन आउने अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट पाहुनाहरू बुद्ध जयन्तीमा लुम्बिनी घुम्न आउने सम्भावना रहेको छ । तर, लुम्बिनी क्षेत्रभित्र देखिएको अस्तव्यस्तताले गर्दा विशिष्ट पाहुनाहरूले सोचेजस्तो नहुने हो कि भन्ने आशंका पनि उत्तिकै बढेको छ । केही दिनयता हेलिप्याड र बुद्ध जयन्ती मनाउन तयार पारिएको मञ्चवरिपरिका घाँसहरू काट्ने काम भए पनि अरू महŒवपूर्ण कामहरू भने अझै सुरु भएको छैन । मायादेवीको मन्दिर रङरोगन, सरसफाइ र खानेपानीको व्यवस्थाका लागि टेन्डर आह्वान गरे पनि कसैले टेन्डर नहालेपछि ती कामहरू पनि प्रभावित बन्ने देखिएको छ ।
बुद्ध जयन्ती नजिकिँदै गए पनि उपाध्यक्ष निग्रोध भने १५ दिनदेखि काठमाडौंमै रमाएर बसिरहेका छन् । उनी बीचमा लुम्बिनी गए पनि एकाध घन्टा बसेर मात्रै फर्किएका थिए । उपाध्यक्ष नहुँदा कतिपय कामका फाइल सदर हुन सकिरहेको छैन र लुम्बिनीको काम नै ठप्प हुन पुगेको छ । बुद्ध जयन्ती मुखैमा आइसकेको हुँदा सरसफाइ, रङरोगन, खानेपानीजस्ता कार्यको व्यवस्था गर्न नसकिने हो कि भन्ने चिन्ता र अलमल देखा परेपछि सदस्य सचिव अजितमान तामाङ अस्ति सोमबार केही फाइल बोकेर काठमाडौंतिर दौडिएका छन् । ती कामहरूका लागि बोलपत्र आह्वानको निर्धारित समय कटेपछि पुनः तीन दिन थपे पनि कसैले पनि टेन्डर नहालेपछि कोषका पदाधिकारीहरू रन्थनिन पुगेका हुन् । फेरि, रूपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले बुद्ध जयन्तीलाई भव्य रूपमा मनाउनुपर्ने भन्दै कोषका पदाधिकारीहरूलाई बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन दिएपछि पदाधिकारीहरू तनावमा परेको बुझिएको छ ।
यसैबीच, जापानी राजदूत मासासी ओगावाले कोषलाई एउटा दमकल दिने इच्छा जनाएका छन् । वैशाखको तेस्रो साता सपरिवार तिलौराकोट घुम्न गएका राजदूत ओगावा लुम्बिनी पनि घुम्न पुगेका थिए । उनी जुन दिन लुम्बिनीको होटल कासाईमा बास बसे, त्यही दिन होटल वरिपरिको क्षेत्रमा भीषण आगलागी भएको थियो । आगलागीले होटल क्षेत्र पूरै कुइरीमण्डल भएपछि राजदूतले आगलागी नियन्त्रण गर्न दमकल दिने इच्छा देखाएका हुन् । तर, यसअघि कोरियन संस्था कोइकाले दिएको ७० वटा रिक्सा अहिलेसम्म सञ्चालनमा ल्याउन कोष असफल रहेको हुँदा अरू दाताहरूले खासै चासो नदेखाइरहेको बताइन्छ ।
सम्बन्धित समाचार
-
लुकेका समस्या खुल्दै! ऊर्जा क्षेत्रमा पारदर्शिता ल्याउने सरकारको ठुलो कदम
-
आमाको मुख हेर्ने दिन (मातातीर्थ औंसी)
-
काठमाडौंको खुलामञ्च पुनः सर्वसाधारणका लागि खुला
-
घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस: ऐनविपरीत नभएको मन्त्रालयको स्पष्टिकरण
-
हेटौँडा कपडा उद्योग फेरि खुल्ने तयारी, प्रहरी पोसाक अब देशमै बन्ने?
-
मेडिकल शिक्षा संकट: काउन्सिलको कडा निर्देशन, कलेजहरूलाई अल्टिमेटम
-
सवारी चालक अनुमतिपत्र वितरणमै ठूलो भ्रष्टाचारको खुलासा
-
ढोरपाटनमा सिकारका लागि पहिलो याम सुरू, झण्डै डेढ करोड राजस्व आम्दानी
-
हिमालदेखि समुद्रसम्म जोगाउने कार्ययोजना बनाऔं : प्रधानमन्त्री ओली
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
निगुरो टिपेर लाखौं कमाई
-
दिल्लीमा देउवाको दौडधुप
Leave a Reply