चन्द्रगिरिमा चहलपहल सुरु
काठमाडौं । चन्ऽागिरि हिल्स लिमिटेडद्वारा प्रवद्र्घन गरिएको बहुप्रतीक्षित चन्ऽागिरि केबलकारको टप स्टेसनस्थित भालेश्वर मन्दिरको वैदिक विधिपूर्वक प्राण प्रतिष्ठासम्पन्न भएको छ । कम्पनीका सञ्चालक तथा प्रवद्र्घकहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा काठमाडौंको चन्ऽागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय बासिन्दाहरूको भव्य उपस्थिति थियो ।
कम्पनीका सञ्चालकहरूले केबलकारको व्यावसायिक शुभारम्भ गर्नुभन्दा पहिले चन्ऽागिरि वरपरका स्थानीय बासिन्दालाई प्रसाद ग्रहणका लागि नि:शुल्क केवलकार चढ्ने व्यवस्था गरिएको थियो । काठमाडौंको चन्ऽागिरि नगरपालिका, मकवानपुरको चित्लाङ र फाखेल गाविसका स्थानीय बासिन्दाहरूलाई आमन्त्रण गरिएकोमा १० हजार ६ सय ४१ जना व्यक्तिहरूले सोमबार केबलकारको नि:शुल्क सेवा लिएको कम्पनीले जनाएको छ ।
प्रतिदिन १० हजारभन्दा बढी व्यक्तिहरूलाई चन्ऽागिरि चुचुरोमा पुर्याउने लक्ष्य रहेकोमा पहिलो दिनमै १० हजारभन्दा बढी व्यक्तिहरूलाई सफलतापूर्वक सेवा दिन सकेकोमा कम्पनीले खुसी व्यक्त गरेको छ । दुईतर्फी टिकटका लागि ७ सय रुपैयाा शुल्क निर्धारण गरिएको केबलकार गत मंगलबारबाट दर्शनार्थीका लागि आंशिक सञ्चालनमा ंआएको बताइन्छ । केही सुविधा सम्पन्न भएपछि केबलकार पूर्ण व्यावसायिक ढंगले सञ्चालनमा आउने बताइएको छ ।
काठमाडौंकै सबैभन्दा अग्लो स्थान चन्ऽगिरिको उचाइ २ हजार ५ सय ५१ मिटर रहेको छ । पर्यटकीय दृष्टिले यस पहाडका प्रमुख तीन विशेषता रहेका छन् । देवादिदेव महादेवले आफ्नी प्रिय सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्ऽागिरि पर्वतमा पुग्नुभएको हिमवत खण्डमा उल्लेख छ । भाल अर्थात निधार पतन भएर उत्पत्ति हुनुभएको महादेवलाई भालेश्वर भनी पुकार्न थालिएको धर्मग्रन्थहरूमा उल्लेख गरेको पाइन्छ । पौराणिक कालदेखि नै आफ्ना भक्तको मनोकांक्षा पूरा गर्ने भालेश्वर महादेवको दर्शन गराउन यहाा आकर्षक मन्दिर निर्माण गरिएको हो । भालेश्वर महादेवको दर्शन गरेर एउटा मात्र कुराको भाकल गरे पूर्ण हुने जनविश्वास रहिआएको छ ।
यस्तै, चन्ऽागिरि पहाड ऐतिहासिक रूपले महत्त्वपूर्ण स्थान हो । नेपाल एकीकरणका अभियन्ता पृथ्वीनारायण शाहले सबैभन्दा पहिले चन्ऽागिरिबाट नै यो सुन्दर काठमाडौं उपत्यकाको अवलोकन गरेका थिए ।
पृथ्वीनारायण शाह आप्mनो ससुराली मकवानपुरबाट आफ्नो राज्य गोरखा फर्कंदा चन्ऽागिरि हुादै फर्कनुभएको र काठमाडौंको अवलोकनपछि त्यसलाई जित्ने कल्पना गर्नुभएको उहााका दिव्योपदेशमा उल्लेख गरिएको छ । उहााको यो यात्रामा साथै रहेका दुई ज्योतिषी भानु अज्र्याल र कुलानन्द ढकालले त्यतिबेलै आफ्ना राजाको इच्छा पूरा हुने भविष्यवाणीसमेत गरेको इतिहासकार प्रा.डा. दिनेशराज पन्तले उल्लेख गरेका छन् । पृथ्वीनारायण शाहले यही चुचुरोमा बसेर आध्यात्मिक साधना गरेपछि काठमाडौं उपत्यकामाथि आक्रमण गरेर विजय प्राप्त गरेको जनविश्वाससमेत रहेको छ । चन्ऽागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथाको अवलोकन गर्न सकिन्छ । यहााबाट पूर्वोत्तर दिशामा सगरमाथा रहेको छ । नेपालका अधिकांश हिमालहरू यहााबाट हेर्न पाइन्छ । करिब १ सय ८० डिग्रीको रेन्जमा यहााबाट हिमालशृंखलाको अवलोकन गर्न पाइन्छ । सूर्योदय र सूर्यास्तको अवलोकनका लागि चन्ऽागिरि पहाड एउटा उपयुक्त गन्तव्यस्थल हो । हिमाल, हरियाली र राजधानी सहरको एकसाथ अवलोकन गर्न पाइने यो एउटा महत्त्वपूर्ण पर्यटकीय गन्तव्य हो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply