भाषा बिगार्नेविरुद्ध कारण देखाऊ आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाली भाषाको हिज्जे बदल्ने मन्त्रीको निर्णय र विद्यालयको पाठ्यपुस्तकमा राख्ने कार्यबारे कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश जगदीश शर्मा पौडेलको एकल इजलासले आजको मितिले १५ दिनभित्र लिखित जवाफ दिन विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए ।
भाषाको हिज्जे बदल्ने विषयलाई लिएर विस्तृत छलफलका लागि आगामी असोज २ गतेका लागि सर्वोच्चले दुवै पक्षलाई बोलाएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्रलगायतलाई विपक्षी बनाई अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल) र पत्रकार टपेन्द्रबहादुर कार्कीले भाषाको हिज्जे बदल्ने निर्णयविरुद्ध यही भदौ २४ गते रिट निवेदन दायर गरेका थिए । पाठ्यक्रम विकास केन्द्रको प्रस्तावमा शिक्षा मन्त्रालयले सदर गरेको नेपाली भाषाको हिज्जे बदली पाठ्यक्रममा राख्ने निर्णयविरुद्ध उत्प्रेषणको आदेशले बदर गर्न रिट निवेदनमा माग गरिएको छ ।
‘वर्णविन्यास–विज्ञान व्याकरण तथा भाषा विज्ञानको विषय हो, संस्कृत वा नेपाली वर्णविन्यासको सम्बन्ध सृष्टि, अध्यात्म, तन्त्र, ज्योतिष आदि शास्त्रसँगसमेत गहिरो रूपमा सम्बन्धित छ,’ रिट निवेदनमा भनिएको छ ।
हिज्जे बदल्ने प्रक्रियागत निर्णयबाट हालसम्म सही मानिएको शब्द र वर्णविन्यासलाई अर्कै बनाएर लेख्नुपर्ने बाध्यता रहेको निवेदनमा उल्लेख थियो ।
सम्बन्धित समाचार
-
साना डिजिटल कारोबार नि:शुल्क गर्न छलफल गर्छु : प्रधानमन्त्री ओली
-
कृषिमा हामीले के सुधार गर्न सक्छौँ ?
-
दिल्लीमा देउवाको दौडधुप
- विशेष अदालत बार एसोसियसनमा एमाले निकट पीपीएलएको प्यानल नै निर्वाचित
-
टर्किस एयरलाइन्सको विमान ‘ओभरसुट’
-
सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
-
हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
-
भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
-
फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
-
कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
-
सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
-
भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
Leave a Reply