चुनाव नगर्ने सरकारको के उपदेयता ?
आज हाम्रा सामु धेरै अप्ठ्यारा र चुनौतीहरू छन् । माघ ७ हाम्रो लक्ष्मण रेखा हो । यो अवधिभित्रमा हामीले तीनै तहको निर्वाचन सम्पन्न गरिसक्नुपर्नेछ । को मान्छ, को मान्दैन त्यो प्रमुख कुरा होइन । के हो आवश्यकता, के हो हाम्रो राष्ट्रिय मूल दायित्व, त्यो महŒवपूर्ण कुरा हो । जसले राष्ट्रिय दायित्व पूरा गर्न सक्दैन, यो वा उ बहानालाई अगाडि सारेर, यो वा ऊ व्यक्तिहरूको मुख हेर्दै अनेक तर्कनाहरू अगाडि सार्नुको कुनै अर्थ छैन । मुख्य कुरा भनेको हामीले निर्वाचनको लोकतान्त्रिक विधि पालना गर्नुपर्छ ।
लामो समयदेखि हामीले स्थानीय निकायलाई जनप्रतिनिधि बनाइरहेका छौं । जनप्रतिनिधीविहीन भएका कारण गाउँमा जुन हिसाबको राजनीतिक माहोल हुनुपथ्र्यो त्यो हुन सकेको छैन । त्यसैले, अब कुनै हिसाबले पनि निर्वाचनका लागि विलम्ब गरिनुहुँदैन । अहिले देशको शासन सञ्चालन गर्ने जिम्मेवारी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरिरहनुभएको छ । उहाँले अब राष्ट्रिय राजनीतिलाई ध्यानमा राख्नुपर्छ । व्यक्तिपिच्छे, पार्टीपिच्छेका स्वार्थलाई ध्यानमा राखेर साध्य हुँदैन । होइन भने हामी एउटा ठूलो चक्रव्यूहमा फस्नेछौं । चक्रव्यूहमा फस्दाखेरि हामी मात्र होइन, सिंगो देश डुब्छ । धेरै मूल्य चुकाएर हामीले देशलाई यो बिन्दुसम्म ल्याइपु¥याएका छौं । ठूला–ठूला परिवर्तनहरू गरेका छौं । परिवर्तनका हामी अभियन्ता हौं, साक्षी मात्र होइनौं । त्यसैले, हाम्रो सामुमा फेरि पनि मुलुकलाई अगाडि डो¥याउने, अगुवाइ गर्ने जिम्मेवार रहेको छ ।
नेकपा (एमाले) अहिले सिंगो देशलाई जोड्न मुलुकमा एक किसिमको राष्ट्रिय एकताको माहोल सिर्जना गर्न गइरहेको छ । हाम्रा मनहरू भाँच्चिएका छन् भने अलिकति दूरी बढेको छ भने यो दूरी घटाउन, भाँचिएको मनलाई फेरी जोड्न एमालेले सिंगो देशलाई, देशका सबै जातजातिका जनतालाई एकताबद्ध बनाउन चाहन्छ भन्ने सन्देश दिन फागुन २१ गतेबाट देशव्यापी अभियान मेची–महाकाली अभियानमा जुटिरहेको छ । अहिले हामीले सत्ताधारी दलहरूलाई सचेत गरिरहेका छौं, बारम्बार आग्रह गरिरहेका छौं, ‘अब हामीले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्दछ । बाँकी भएको निर्वाचनसम्बन्धी एउटा विधेयकलाई छिटो टुंग्याउनुपर्छ ।’ तर, विडम्बना त्यो बाँकी रहेको एउटा विधेयक नटुंग्याईकन १७ दिनका लागि संसद स्थगन गरिएको छ । यो दुःखद् कुरा हो । समयले कसैलाई पनि पर्खदैन । जसले समयको मागअनुसार काम गर्न र अघि बढ्न सक्दैन, त्यसलाइ इतिहासले धिक्कार्छ । निर्वाचन गराउने जिम्मेवारी सरकारको काँधमा छ । सरकारले निर्वाचनको काम पूरा गर्न सक्यो भने त्यसपछि यो सरकारको पनि उपदेयता रहन्छ । नत्र भने सरकारको उपस्थितिको कुनै अर्थ रहँदैन, कुनै उपदेयता रहँदैन । तपाई मुलुकको परिवर्तनको बाधक हुनुहुन्छ ।
हामी देखिरहेका छौं, चुनावको हकमा काला बादलहरू मडारिइरहेका छन् । हामीले प्राप्त गरेका उपलब्धिहरू फेरि धरापमा पर्ने हुन् कि भन्ने चिन्ता छ हामीलाई । कहिलेकाहीँ गणतन्त्रबारे प्रश्न खडा हुन्छ । कहिले संविधानका केही प्रावधानबारे प्रश्न उठ्छ । र, ती प्रश्नहरूलाई लिएर कहिलेकाहीँ नेकपा (एमाले) तर्फ पनि मान्छेहरूले औंला ठड्याउने गरेका छन् । म भन्न चाहन्छु, यो परिवर्तनको सम्पूर्ण प्रक्रियामा नेकपा (एमाले) अग्रपंक्तिमा छ र परिवर्तनलाई संस्थागत गर्न, साकार पार्न एमालले नेतृत्वदायी भूमिका खेलेको छ । चाहे गणतन्त्रको कुरा होस्, चाहे लोकतन्त्र सुदृढ गर्ने कुरा होस्, चाहे समावेशिताको कुरा होस्, चाहे संघीयताको कुरा होस्, ती सबै कुराहरूको सन्दर्भमा हामी ती विचार, धारणाहरूप्रति प्रतिबद्ध छौं । त्यसैले, एमाललेलाई अन्यथा हिसाबले सोच्नु जरुरी छैन । जहाँसम्म मुलुकलाई परिवर्तन र विकासको बाटोमा डो¥याउने कुराको सवाल छ, हामी चाहन्छौं, शान्तिपुर्ण परिवेश स्थापित होस् । बन्द, हडताल, चक्काजाम र प्रत्येक तहमा ढिलासुस्तीको अन्त्य होस् । समाजमा रहेका विकृति, विसंगतिहरूको, भेदभावपूर्ण क्रियाकलापहरूको अन्त्य होस् । उच्च राजनीतिक र वैचारिक संस्कार स्थापित गर्नका हामी सबैले महŒवपूर्ण भूमिका खेल्नुपर्ने जरुरी छ । (सम्बोधनमा आधारित)
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply