नयाँ शक्तिका असन्तुष्टहरूको बाबुरामसँग ११ माग
काठमाडौं । मधेसका केही नेताबाहेक अधिकांश निर्वाचनको पक्षमा उभिएपछि नयाँ शक्ति, नेपालका संयोजक डा. बाबुराम भट्टराईलाई असन्तुष्ट पक्षलाई सम्हाल्न गाह्रो परिरहेको छ । पार्टीका कुनै पनि नेतासँग छलफल नै नगरी उपेन्द्र यादवसँग मिलेर स्थानीय तहको निर्वाचन रोक्न वक्तव्य जारी गरेपछि सो पार्टीका अधिकांश नेताहरू डा. भट्टराईप्रति रुष्ट बन्दै आएका छन् ।
डा. भट्टराईको कदमप्रति आवाज उठाउँदा कोपभाजनमा पर्दै आएका केही नेताहरूले भट्टराईलाई आग्रहपत्र बुझाएका छन् । तर, डा. भट्टराई भने मधेसमा झरेर चुनावविरोधी माहोल बनाउनमै तल्लीन रहेका छन् । असन्तुष्ट पक्षको आवाजलाई सुन्ने धैर्य डा. भट्टराईमा नरहेको बताइन्छ । असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका सो पार्टीका राष्ट्रिय परिषद् सदस्य निर्मल भट्टराईले भने, ‘हामी चुनावको पक्षमा छौं । पार्टीका अधिकांश नेताहरू चुनावकै पक्षमा छन् । तर, बाबुराम मात्र चुनावको विपक्षमा देखिएका छन् ।’ उनले थपे, ‘आखिर चुनावमा जति मत पाउँछौं, त्यही मतलाई सम्मान गर्दै जनताबीच राजनीति गर्न जानुपर्छ ।’
असन्तुष्ट भट्टराई, देव लिम्बूलगायतले आफ्नो असन्तुष्टि मेटाउन पहल नभए फागुन २६ गते भेला गर्ने टुंगोसमेत गरिसकेका छन् । तर, असन्तुष्टहरूलाई मनाउन केन्द्रीय नेता देवेन्द्र पौडेललगायतले भने पहल गरिरहेका छन् ।
असन्तुष्ट पक्षले डा. भट्टराईको कदमलाई सुधार्नका निम्ति निम्न फरक मत दर्ता गराएका छन् । ती मतहरू यस्ता छन् ः
१. जम्बो केन्द्रीय परिषद् विघटन गरी राम्रो राजनीतिक अभ्यास राख्ने नेताहरू सम्मिलित केन्द्रीय नेतृत्व बनाउनुपर्छ । यो अभ्यास माओवादी केन्द्रको नक्कल भयो, राम्रो सन्देश गएन ।
२. जातिगत, आंगिक संगठन, पेसागत संगठन खारेज गरी सम्पूर्ण शक्ति भूगोलकेन्द्रित गर्नुपर्छ ।
३. स्थानीय तह र कुनै पनि निर्वाचनमा नयाँ शक्तिले निःसर्त भाग लिनुपर्छ ।
४. मधेसलगायत आन्दोलनरत क्षेत्रमा हाम्रो छुट्टै अवधारणा तय गर्नुपर्छ ।
५. संघीय समाजवादी फोरमसँग भएको संयुक्त आन्दोलनमा सहभागी हुने गरी भएको हस्ताक्षर गरिएको वक्तव्य फिर्ता लिनुपर्छ ।
६. पार्टीको आन्तरिक लोकतन्त्रको ग्यारेन्टी गर्नुपर्छ । वर्तमानमा भएका दमन र निषेध फिर्ता गर्नुपर्छ । व्यक्तिगत स्वतन्त्रतासँग गाँसिएका फेसबुक, ट्विटर, भाइबर आदि चलाउन बन्देज गर्नुहुँदैन ।
७. पार्टीको नारा ‘आन्दोलनमुखी राजनीति धेरै ग¥यौं, अब गरौं विकासमुखी राजनीति’ भनिएको हुँदा कुनै पनि आन्दोलनमा जानुहुँदैन । सत्याग्रह, राजनीतिक अभियान र सामाजिक अभियान सञ्चालन गर्नुपर्छ ।
८. हामीलाई लागेको भारतपरस्त आरोप खण्डन गर्ने विशेष योजना बनाउनुपर्छ ।
९. दस्तावेजमा उल्लेख भएको ४० प्रतिशत युवा पार्टीका हरेक तहमा सामेल गरिनुपर्छ ।
१०. पार्टीको नेता–कार्यकर्तालाई अविलम्ब स्थानीयकरण गर्नुपर्छ ।
११. तोकिएकै मितिमा महाधिवेशन गर्न अविलम्ब प्रक्रिया सुरु गर्नुपर्छ ।
सम्बन्धित समाचार
- सत्ता गठबन्धन फेरिएकै दिन नेप्से परिसूचक ११७.७० अंकले बृद्धि
- हङकङमा टी-२० सिरिज खेल्ने १४ सदस्यीय टिम घोषणा
- भ्रष्टाचारमा मुछिएका माओवादी नेता पुरीले दिए पदबाट राजीनामा
- फर्जी हाजिरी गरेर १ लाख तलबभत्ता लिने चार शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा
- कृष्ण कँडेलविरुद्ध करणी उद्योगमा मुद्दा दर्ता
- सन्दीप लामिछानेविरुद्ध मुद्दाको पेसी आज
- भूकम्पबाट घाइते भएकाहरुकाे नि:शुल्क उपचार गर्ने मन्त्रिपरिषदको निर्णय
- नेपाल ओमानसँग पराजित
- सुन्धाराको गेस्ट हाउसमा ललितपुर कि राउत मृत फेला
- आज राष्ट्रिय विज्ञान दिवस
- पशुपति क्षेत्रमा आजदेखि मासु र मदिरा निषेध
- नेम्वाङलाई अध्यक्ष ओलीले दिए अन्तिम श्रद्धाञ्जली
Leave a Reply